ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

स्तनपान गराउन छुट्टै स्थान

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

 दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी महिलाहरूका लागी स्थापना कक्ष सञ्चालनमा ल्याएको छ । उपमहानगरले सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तरगत स्थापना गरिएको उक्त स्तनपान कक्षकोे आईतबार उद्घाटन गरेको हो । बच्चालाई ६ महिना सम्म अनिवार्य रूपमा आमाको दुध खुवाउनुपर्ने, सुत्केरी प्रोत्साहन भत्ता लिन आउने सेवाग्राहीहरू र सानो बच्चा बोकेर आउने सेवाग्राहि, कर्मचारी महिलाहरूका लागी सजिलो होस भनेर उक्त कक्षको स्थापना गरिएको हो, संयोजक डा. दाहालले बताएका छन् ।
करिब दुई लाखको लगानीमा निर्माण गरिएको उक्त कक्षमा एउटा सुतेर दुध खुवाउनका लागी एक खाट राखीएको छ भने बस्नका लागि सोफा पनि राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक विष्णु गिरीले जानकारी दिएका छन् । सरकारले हरेक सरकारी कार्यालयमा स्तनपान कक्ष राख्ने नीति लियपछि उपमहानगरले यस्तो नीति लिएको बताईएको छ । तुलसीपुर उपमहानगरपालीकालाई नमुना स्मार्ट सिटिको रूपमा विकास गर्ने अवधारण अनुरूप सो कक्षको स्थापना गरिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले जानकारी दिएका छन् ।
सबै महिलाहरूले भोग्दै आएको समस्या रहेकाले बच्चा लिएर तुलसीपुर उपमहानगरपालीकामा काममा आएका सुत्केरीहरूले दुध खुवाउनलाई उचित स्थान नभएको बच्चा रोएको बेलामा दुध खुवाउन नपाइने, असुरक्षित तरिकाले खुल्ला रूपमा दुध खुवाउनुपर्ने बाध्यता, बस्ने ठाउँ नै नहुने, यी विविध समस्याहरूलाई समाधान गर्न सकियोस् भनेर बच्चा र आमा दुबैको स्वास्थ्यका लागी मध्यनजर गरेर स्तनपान कक्षको स्थापना गरेका हौं, उपमहानगरपालीकाका उपप्रमुख माया आचार्यले भनिन् ।
स्थापना कक्ष सञ्चालनमा आय संगै उपमहानगरमा काममा आउने सुत्केरीहरूलाई सहज हुने भएको छ ।कार्यक्रमका सहभागीहरूले स्तनपान गर्न पाउने बालबालिकाको अधिकारबाट उनिहरूलाई बञ्चित गराउन नहुनेमा जोड दिएका थिए । सोही कार्यक्रममा उपस्थित १० जना सुत्केरी सेवाग्राही महिलाहरूलाई न्यानोे झोला वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?