ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कपिलवस्तुमा छात्रभन्दा छात्रा अब्बल

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

कपिलवस्तुको एक विद्यालयमा गरिएको अध्ययनमा छात्रभन्दा छात्राको शैक्षिक उपलब्धि बढी देखिएको छ । कपिलवस्तुको सनसाइन सामुदायिक आधारभूत विद्यालयमा तीन बर्षसम्म गरिएको अध्ययनमा यस्तो देखिएको हो । विद्यालयको सामाजिक परीक्षण प्रतिवेदनमा कक्षा १ देखि ५ सम्मको सबै कक्षामा लगातर छात्राको सिकाइ उपलब्धि धेरै छ ।  विद्यालयका प्रधानाध्यापक रामसुभाव यादवले विद्यालयले गरेको अध्ययनमा छात्रभन्दा छात्रा नै अब्बल देखिएको बताए । उनले यसको प्रमाणको रूपमा विद्यालयले उत्तरपुस्तिकासमेत देखाउन सकिने बताए । २०७२ सालमा छात्रभन्दा छात्राको सिकाई उपलब्धि २ ले बढी रहेको छ भने २०७३ मा ६ अंकले बढेको देखिन्छ । त्यसैगरी, २०७४ सालको शैक्षिक उपलब्धिमा ९ अंकले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
विद्यालयमा छात्राभन्दा छात्रको संख्या केही बढी छ तर सिकाई उपलब्धिमा भने छात्राहरू नै अगाडि रहेका छन् । एक वर्षको मात्र तथ्याङ्क हेर्दा संयोगबस् हुन सक्थ्यो तर लगातार ३ वर्षमा छात्राको शैक्षिक उपलब्धि बालिकाले नै हासिल गरेको देखिन्छ । मधेशी समुदाय त्यसमा पनि अति नै सीमान्तकृत समुदाय केवट र दलित जातजातिका बालिकाको शैक्षिक उपलब्धिबाट छिमेकी विद्यालयहरूका शिक्षक तथा अभिभावकहरूले नौलो मानेका छन् । अझै पनि कपिलवस्तुका दलित, गरिबी तथा सिमान्तकृत समुदायका करिब १० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । यो अवस्थामा सोही समुदायका छात्राहरूको प्रगति एउटा उत्साहजनक मान्नुपर्छ ।
यसको रहस्यबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्ति थारु यसको श्रेय समुदायका आमा तथा विद्यालयका शिक्षकलाई दिन्छन् । प्रधानाध्यापकले पनि कक्षा अभिभावकहरूको नियमित बैठक, बालमैत्री पठनपाठन, प्रतिबद्ध शिक्षक तथा अभिभावक विशेषगरी आमाहरूले गर्दा विद्यालय शैक्षिक क्षेत्रमा उदाहरणीय कार्य गर्न सफल भएको बताउँछन् । उनका अनुसार कुनैपनि बहानामा विद्यालय बन्द गरिएको छैन । ‘बालबालिका आएनन् भने उनीहरूको घरमा पनि पुग्छौं, महिनाको अन्तिम दिन सबैको हाजिरी मूल्याङ्कन गर्छौं र नियमित आउनेलाई तालीले स्याबासी दिँदै स्वागत गर्छाैं । विद्यालयको औषत उपस्थिति दर ९० प्रतिशत रहेको, कक्षा दोहो¥याउने दर २ प्रतिशतभन्दा पनि कम रहेको छ । कक्षा पूरा नै नगरी बीचमै विद्यालय छोड्नेको संख्या ११ प्रतिशतबाट ४ प्रतिशतमा झार्न सफल रहेको र आगामी २ वर्षभित्र १ प्रतिशतमा ओराल्ने लक्ष्य लिइएको छ । तीन जना राहत दरबन्दीबाट सञ्चालनमा रहेको विद्यालयमा २ जना निजी शिक्षक कार्यरत रहेका छन् । नेपाल सरकारले प्रतिविद्यार्थी लागत कोष दिँदै आएको रकम १ वर्षदेखि नआएकोले निजी स्रोतका शिक्षकलाई तलब दिन र विद्यालय सञ्चालन गर्न कठिनाई भएको विद्यालयको गुनासो छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?