ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दाङ्गमा मन जित्दै ज्ञानदीप

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

२०७० सालमा स्थापना भएको ज्ञानदीप कलेज ५ वर्षको छोटो अवधिमा नै यस क्षेत्रमा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराउँदै आइरहेको कलेजमा अहिले करिब ८ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
बजार क्षेत्र भन्दा केही पर शान्त वातावरणमा रहेको कलेजमा सरसफाईलाई पनि उत्तिकै ध्यान दिएको पाईन्छ । दाङ्गमा पहिलो पटक निजी स्तरबाट विज्ञान संकायमा स्नातक तहको अध्यापन गराउने चुनौति लिएको कलेजले भर्खरै प्रकाशित विज्ञान संकायको चौथो वर्षको नतिजामा शतप्रतिशत नतिजा ल्याएको छ । “शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु सामान्य कुरा होइन हामीले गरेको मेहेनतको नतिजा हो” कलेज प्रमुख सुरेन्द्र जिसीले भने । कलेजमा विज्ञान संकाय अन्तर्गत वायो र फिजिकल ग्रुपको अध्यापन हुने गर्दछ । कलेजले स्थापनाकालदेखि नै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेज प्रमुख जिसीले दावि गरे । “नतिजामा हामीले कहिल्यै पनि पछाडि फर्कनु परेको छैन, सधै जिल्लामा पहिलो नम्वरमा हाम्रो कलेजको नतिजा हुन्छ” जिसीले भने । कलेजमा व्यवस्थापन संकायमा अँग्रेजी र नेपाली माध्यमका दुइवटा सेक्सन रहेका छन् । दुवै सेक्सनमा विद्यार्थीहरूको उत्तिकै चाप पनि रहेको छ । “हामीले गुणस्तरियतामा कहिल्यै पनि सम्झौता नगरेकाले नै विद्यार्थीहरूको यस्तो माया पाएका हौ” प्रमुख जिसीले भने । उनले कलेजको शैक्षिक वातावरणका कारणले नै सबैको ध्यान तानिएको वताए ।
कलेजले स्थापना कालदेखि नै नतिजा र गुणस्तरियताका दृष्टिले उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको सहायक कलेज प्रमुख मनोज केसीले जानकारी दिए । केसीले विद्यार्थी र अभिभावकको विश्वासका कारण कलेजले छोटो समयमै उत्कृष्ट उपलिब्ध हासिल गरेको वताए । “सुरुवातदेखि नै हामीलाई सबैले सहयोग गर्नुभएकाले हामीले यो स्थान हासिल गरेका हौ ” केसीले भने । विद्यालयले दिने शैक्षिक र पारिवारिक वातावरणले विद्यार्थीहरूलाई आकर्षित गरेको विद्यार्थी शिला पोख्रेलले वताईन् । भर्खरै सार्वजनिक भएको स्नातक तह चौथो वर्षका नतिजामा जिल्ला प्रथम हुन सफल पोख्रेलले कलेज गुणस्तरियताका लागि निकै मेहेनत गरेर लागेको वताईन् ।
कलेजमा पश्चिम दाङ्गमै पहिलो पटक मानविकी संकायमा आमसञ्चार तथा पत्रकारिताको अध्यापन हुने गरेको छ । पत्रकारितामा आएका विकृति र विसंगतिलाई न्युनीकरण गर्नुका साथै दक्ष पत्रकार उत्पादन गर्नका लागि कलेजले पत्रकारिता विषयको अध्यापन सुरु गरेको कलेजका शैक्षिक संयोजक शरद गौतमले वताए । गौतमका अनुसार कलेजले पत्रकारिता बिषय अध्यापन गराउन थालेपछि विभिन्न पत्रकारहरूले समेत अध्ययन गर्दै आएका छन् । “फेजआउट जस्तो हुन थालेको विषयलाई आधुनिक विषयको रूपमा राखेर हामीले जोगाएका छौ” गौतमले भने । उनका अनुसार अहिले मानविकी संकायमा पनि विद्यार्थीहरूको चाप निकै रहेको छ । “पत्रकारिताका साथै विद्यार्थीहरूले अँग्रेजी र समाजशास्त्र विषय रोजेर पढ्न पाउँछन्” गौतमले भने । कलेजमा आमसञ्चार तथा पत्रकारिताका लागि विभिन्न सञ्चार माध्यमसँग सहकार्य गरेर व्यवहारिक तवरले शिक्षण गरिएको पत्रकारिता विषयका शिक्षक वसन्त आचार्यले जानकारी दिए । “आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेर विद्यालयबाट जाँदा विद्यार्थीले ज्ञानसँगै सीप पनि सिकेको हुन्छ ” आचार्यले भने ।
अध्ययन अध्यापनका अतिरिक्त विभिन्न सामाजिक कामका साथै अतिरिक्त क्रियाकलाप र खेलकुदमा पनि विद्यार्थीहरूलाई सामेल गराउँदै आएको छ । ‘यस कलेजले विभिन्न खेलकुदमा सामेल गराएका कारण मेरो खेलयात्रा अगाडि वढेको हो ’ फुटवलमा विभिन्न क्षेत्रीय प्रतियोगिता खेलिसकेका विद्यार्थी मोहन गौतमले भने । विद्यालयले विद्यार्थीहरूलाई विभिन्न सामाजिक काममा सामेल गराएर उनीहरूलाई समाजप्रति उत्तरदायी वनाउँदै लगेको छ । ‘मैले सामाजिक काममा लाग्नुपर्दछ भन्ने कुराको प्रेरणा कलेजबाटै पाएको हुँ ’ विविएसमा अध्ययनरत विद्यार्थी प्रतिक्षा पौडेलले वताइन् ।
विद्यालयले विद्यार्थीहरूलाई विभिन्न कार्यक्रममा सामेल गराउनका लागि क्लव समेत गठन गरेको छ । क्लव मार्फत विद्यार्थीहरूलाई विभिन्न कार्यक्रममा नियमित सामेल गराइने कलेजका शैक्षिक संयोजक शरद गौतमले वताए । कलेजमा विज्ञान संकायका लागि आधुनिक ल्यावको व्यवस्था गरिएको छ । विज्ञान विषयमा विभिन्न ल्यावहरू निर्माण गरेको छ । नमुनाका रूपमा रहेका ल्यावबाट विद्यार्थीहरूले प्रयोगात्मक रूपमा व्यवहारिक ढँगले अध्ययन गर्ने गरेको क्याम्पस प्रमुख जिसीले वताए । “हामीले आधुनिक ल्यावको व्यवस्था गरेका छौ जुन यो क्षेत्रमै नमुनाका रूपमा रहेको छ” जिसीले भने । तुलसीपुरमा सर्वाधिक रोजाईको कलेजका रूपमा रहेको ज्ञानदिपमा विद्यार्थीहरूको आकर्षण लोभलाग्दो तवरले वृद्धि हुँदै गएको छ । विद्यार्थीमैत्री व्यवहार, भौतिक सुविधा सम्पन्न, गुणस्तरिय र अनुभवि शिक्षकका कारणले ज्ञानदीपले दिनप्रतिदिन शैक्षिक उचाइ हासिल गर्दै गएको त्यहाँ अध्ययनरत विद्यार्थीहरूको भनाई
छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?