© २०२३
चर्तुभुज आत्रेय
देशले अंगिकार गरेको बर्तमान राजनीति अब प्रयोगको अबस्थामा छैन । यसको सही कार्यान्वयनमा सफलता हासिल गर्न सक्ने नसक्ने प्रसंगमात्र अब चर्चाको बिन्दु हुनुपर्दछ । जुनसुकै राजनीतिक दर्शन एवं प्रणलीलाई उसको व्यवहारिक प्रयोगमा लाँदा समाजको आवश्यकता र आकांक्षा अनुसार अग्रगतिका कार्यक्रमहरू बिस्तारै बिस्तारै अगाडि बढाइन्छ । जसले गर्दा लक्ष्यको नजिक अझ नजिक र झन् नजिक हँुदै एक दिन लक्ष्यको शिखरमा पुग्न सक्न्छि । हामीले अंगिकार गरेको राजनीतिक अभ्यासको सुरु बिन्दु ०६३ साललाई लिँदा अहिले २०७५ सालसम्मको गणितीय हिसाबले ७५ माइनस ६३ बराबर १२ बर्ष हुन आउँछ । यस अर्थमा १२ वर्षको अवधिलाई छोटो समय भन्न मिल्दैन । भलेही एकाध वर्ष संक्रमणकालको अलमलमा बिते पनि अरू हिसाबले यो अभ्यासको अवधि लामै हो । यति लामो समयसम्म हामीले गरेको अभ्यासले हामी लक्ष्यको कति नजिक पुगेका छौँ त भनेर आज विगतको सिंहावलोकन गर्दा लक्ष्यसितको हाम्रो फासला कम कम हँुदै जानु त के, झन् पछि झन् ठूलो अन्तरको क्रम बढ्दो छ । यस उसले भनाई हाम्रो यात्राको श्रीङ्खला अग्रगमन भनिए पनि व्यवहारमा हामी पश्चगमनतर्फ उन्मुख हँुदै छौँ । हाम्रो यात्रा प्रतिगामी दिशातिर उन्मुख हँुदैछ ।
हामी सिद्धान्तमा अग्रगमनका कुरा गर्छौँ, हिँडाइको रप्mतार प्रतिगमनको बाटोतर्फ उन्मुख छ । यही असंगति लाई चिर्न, प्रगेल्न र सच्चाएर सुध्रिँदै पाइला अगाडि बढायौँ भने त फेरि पनि समयले पुनः परीक्षाको मौका देला । नत्र भने हामी फेल सावित हुनेछौ । हामीले अपनाएका बाटो असफल सिद्ध गरी अर्को शक्तिले फाइदा उठाउने छ । मुलुकको हकका लागि हामीले अवलम्बन गरको संघीय लोकतान्त्रिक गणतन्त्र अफाप सिद्ध ठहरिएको सावित गरी देशले अर्कै मोड लिन बाध्य हुनुपर्नेछ । त्यसैले आज हरेक सजग नेपालीहरूले गम्भीर बनेर ध्यानपूर्वक बिचार गरी लोकतान्त्रिक संस्कृति र संस्कारलाई बल पुग्ने आचरणको अभ्यास गर्नु परेको छ ।
हजाराँै सहिदहरूले रगत बगाएर प्राप्त भएको लोकतन्त्र हामै्र अकर्मण्डयताका कारण लोप हुँदै जान्छ भने हामीलाई भोलिका सन्ततीले थुक्नेछन् भन्ने कुरा कसैले पनि नबिर्सौं । स्वीकृत राजनीतीक पद्दतिलाई जनमुखी आधारबाट परिचालन गर्दै लक्ष्यतर्फ उन्मुख हुने अभिभारा बोकेकाहरू भ्रष्टीकरणको ओरालोमा चिप्लिँदै जाँदा आफ्नो ठाउँमा पुगेपछि सडकमा मकै पोलेर गुजारा चलाइरहेका गरिवसित र गाउँमा बकेर्नो टकेर्नो पाडी पालेर करेसाबारी भन्न मिल्ने लंगोटीजत्रो बारीको टालो भएका गरिव किसानसित तथा सानो जागिर खाने तल्लो तहको कर्मचारीसित समेत जवरजस्ती उठाएको करबाट राजनैतिक नवसामन्तहरू करोडका चिल्ला गाडीमा घुम्ने साहस पलाउन सक्ने स्तरसम्म गिरेका छन् भन्ने चर्चा परिचर्चाले कसरी ठाउँ पायो ?
दश बाह्र बर्ष अगाडिसम्म जनताका अगाडि आफुले गरेका प्रतिज्ञा एवम् सामुहिक प्रतिवद्धता र भर्खरैसम्म जनताका अगाडि खाएका बाचाहरू यति चाँडै किन हावामा बाफ बनेर उडे ? यस किसिमको अवस्थालाई आज त सामान्य भनेर उपेक्षा गरिएला । तर, जसले मुलुकको समृद्दिको लागि कर तिरेको छ त्यसको चेतना र आत्माले कतै बिक्न नसकेर कुनै नवसामन्त नेताको दौराको फेरो समातेर जनतालाई झुक्काई भोट बटुलेर वडा अध्यक्ष, सदस्य भई टोपलेका डुकलण्ठुहरूलाई समेत मासिक तलव र भत्ता एवम् थरी थरीका सुविधाहरूले पोस्नु भन्दा बरु त्यो ठाउँमा जाने रकम गाउँ गाउँका स सानास्तरका कुटीर उद्योगहरू चलाएर गरी खाउ भन्ने मौका दिए के बिग्रन्थ्यो र भन्ने तर्क बितर्क गरिरहेछ जनमानस । जनमानसको यहि तर्क बितर्कले पछि यस्तो वातावरण सृष्टि हुनेछ जहाँ अहिले ठाउँ ठाउँमा खादा र फूलमाला लिएर स्वागतमा लामवद्ध जनता भोलि उनै पात्रहरूका बिरुद्ध अराजक र उत्तेजक भिड वनी ढुङ्गा मुढा गर्ने स्तरमा ओर्लिंदा कथिक जनप्रतिनिधिहरूको सुरक्षाका निम्ति प्रयोग भएका असू्र ग्यासले कामै गर्न नसकोस् ।
जनताको करमा करोडौँका चिल्ला गाडी चढ्न शरम नहुनेहरूलाई अहिले चर्को कर तिरीरहेका जनता सोध्न चाहन्छन् ०६२÷०६३ सालको आन्दोलनमा हामी सच्चियाँै, अब जनतालाई कहिल्यैै धोका दिनेछैनौँ भन्दै सहयोगका लागि अपिल गरिएको थियो । उक्त अपिलमा हामीले अङ्गीकार गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रमा यसरी जनतासंग उठाएको करबाट विलाशी पारामा नेताहरूले ऐयासी जीवन बिताउन पाउने छन् भन्ने कतै भनिएको थियो ? राजनीतिक नेताहरूका अबाञ्छित क्रियाकलापहरूलाई रोक्न र सहि बाटो हिँडाल्न खवरदारी गर्ने प्रेस र समाचार जगतलाई जबरजस्ती कालो ऐनका डल्लाले हिर्काएर मुख टाल्न खोजिए पनि सबै कुरा आफ्नै कारणबाट छरपष्ट भईरहेका अवस्थामा आप से आप सृजना हुने जनमत र असन्तोषको अभिमतलाई केही गरी रोक्न सकिन्न । संघीय शासन प्रणाली सफल भएन, प्रशासनमा भ्रष्टाचार बढ्यो, देशमा शान्ति सुरक्षा पाइएन किशोरीहरू र महिलाहरूको बलात्कार र जघन्य हत्याका श्रृङ्खला झन् बढ्न थाले । सामाजिक एवम् राजनीतिक अस्थिरताले गर्दा जनतामा व्यापक नैराश्यता छ । यो पुरिएको मनबाट निस्केको नैराश्यता सामान्य परिवारका गृहणी देखि लिएर क्यापसका प्रध्यापक बिश्व बिद्यालयका प्रोफेसर मात्र होइन, दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेहरूका लागि पनि यस्तै प्रतिकृया छन् । यो परिस्थितिको उचित समाधान के हो ? प्रश्न जान्छ जनताको करको दुरूपयोग गर्दै चिल्ला गाडी चढ्ने जनप्रतिनिधिहरूलाई । à