© २०२३
जिल्लाको मायादेवी गाँउपालिकाको वडा नं. ५ (साविक बलुहवा गाविस) लाई बाल विवाह मुक्त तथा शत प्रतिशत भर्ना युक्त वडा घोषणा गरिएको छ ।
सेभ द चिल्डे«न, मायादेवी गाँउपालिका तथा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) को सहयोगमा गाँउपालिकाको वडा नं. ५ को आयोजनामा घोषणा कार्यक्रम सम्पन्न भएको हो । बाल विवाह मुक्त घोषणाका लागी तोकिएका सुचकहरू पुरा भए सगै वडाका ५ देखि १२ बर्ष उमेर समुहका बिद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा भर्ना गराए सगै घोषणा कार्य सम्पन्न हुन सकेको हो । वडाले तयार पारेको सुचकका बिभिन्न सुचकांक पुरा भए सगै पछिल्लो २ बर्ष यता वडामा कुनै पनि बालविवाह नभएको वडा अध्यक्ष सन्दिप चौधरीले बताए । बालबालिकालाई शिक्षा सगै बाल विवाह बारे सचेतना प्रवाहमा सामुहिक प्रयासको आवश्यकतामा जोद दिदै घोषणा पश्चात पनि सचेतनाका कार्यमा निरन्तरता दिइने चौधरीले बताए ।
यस वडामा भएको सफल अभ्यासलाई अन्य वडामा समेत कार्यान्वयन गर्न गाँउपालिकाले आवश्यक योजना बनाउने गाँउपालिका अध्यक्ष बजरंगी कुर्मीले प्रतिबद्धता जनाए । दुई बर्ष यता बाल विवाह रोक्न समुदायको सक्रियता उदाहरणीय रहेको बताउदै चौधरीले सो अभ्यासलाई अन्य वडामा समेत कार्यान्वयनको लागी योजनाबद्ध रूपमा अगाडी बढन आफुहरू प्रयासरत रहने प्रतिबद्धता जनाए । घोषणा कार्यले समुदायमा सचेतना प्रवाह भएको अनुभुती गरेको जनाउदै घोषणा पछिका सचेतना प्रवाह र बाल विवाह रोक्न समुदायको क्रियाशिलता कायमै रहनु पर्ने प्रदेश सभा सदस्य सहसराम यादवले बताए । बालबालिकाको शिक्षामा पहुच तथा बालविवाह रोक्नका लागी नेपालले अन्तरराष्ट्रियस्तरमा गरेका प्रतिबद्धता पुरा गर्न समेत घोषणा कार्यक्रमले सहयोग पुर्याउने संघिय साँसद अतहर कमालले बताए ।
उनले बाल बालिकालाई शिक्षामा पहुच बृद्धि गराउने कार्य गरेर तथा बाल विवाहका असर बारे सचेत गरेर बाल अधिकार संरक्षण गर्न सकिने सुझाव दिए । घोषणा पछि समेत सचेतना अभियान र रोकथामका लागी सबै पक्षको साझा प्रयास आवश्यक रहने साँसद कमालले सुझाव दिए ।