© २०२३
चार वर्षे वि एड कार्यक्रम अन्तरर्गत चौथो वर्षमा अनिवार्य विषयका रूपमा अध्यापन हुने शिक्षण अभ्यासको पाठ्यक्रम तयार भएको छ ।
त्रिभूवन विश्वविद्यालयले पहिलो पटक यस्तो पाठ्यक्रम लागु गरेको हो । यस अघि निर्देशिकाको भरमा विधार्थीहरूलाई शिक्षण अभ्यासमा सहभागी गराइँदै आएको थियो । युके, युएसए, सिंगापुर भारत लगायतको मुलुकको पाठ्यक्रम हेरेर, नेपालको समयानुकुल र अनुभवलाई राखेर मस्यौदा तयार गरी सुझावको आधारमा पाठ्याक्रम तयार गरिएको विषय विज्ञ सह–प्रा.चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
शिक्षण अभ्यासको पाठ्यक्रमको सम्वन्धमा त्रिभूवन विश्व विद्यालय शिक्षा शासत्र संकाय डिनको कार्यालयको आयोजना बुटवल बहुमुखी क्याम्पसको सहआयोजनामा शनिवार प्रदेश स्तरीय प्रवोधिकरण कार्यक्रम सम्पनन गरिएको छ । प्रदेश ५ का स्नातकमा शिक्षाशास्त्र संकायमा अध्यापन गराउने १ सय क्याम्पसका २ सय २० जना क्याम्पस प्रमुख, अभ्यास शिक्षण विभाग प्रमखु, शिक्षा समितिका प्रमख शिक्षकहरू सहभागीता रहेको बुटवल बहुमुखी क्याम्पसका अभ्यास शिक्षण विभागिय प्रमुख नारायण पन्थले जानकारी दिए ।
त्रिभुवन विश्व विद्यालयका (डीन) सह–प्रा.कृष्णप्रसाद गौतमले शिक्षण पेशामा अग्रसर हुने मनष्तिथीलाई समय अनुरूप सुधार गर्न सकेको खण्डमा योग्य र दक्ष नागरिक तयार गर्न सकिने बताए । उनले पुरानो शिक्षण पेशालाई परिमार्जन गरि नयाँ र प्रविधियुक्त शिक्षण पेशाा गर्न यो तालिम योग्य हुने बताएका थिए ।
त्यस्तै कार्यक्रममा (सहायक डीन) डा. वौबालाल शाह, सह–प्रा.चन्द्रबहादुर श्रेष्ठ, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्रा.डा.शखिशरण सुवेदी, बुटवल बहुमुखी क्याम्पसका अभ्यास शिक्षण विभागिय प्रमुख नारायण पन्थ, नारायण बेल्वासे लगाएतले बोल्दै तालिमले शिक्षण पेशामा अझ निखारता ल्याउने बताएका थिए । उनिहरूले पुरानो शिक्षण पद्धतिलाई परिमार्जन गरि नयाँ शिक्षण विधि अपनाउनु पर्नेमा जोड दिएका थिए । à