© २०२३
जनकपुरधाम, ५ कार्तिक । सत्ता गठबन्धनका दुई दलका शीर्ष नेताहरु जनकपुर पुगेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको आरोप लगाए ।
उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेको बताए ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको आरोप लगाए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् ।
ुनेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने धारणा राखे।