© २०२३
रुपन्देहीको सियारी गाउँपालिका–४ दयानगर छपियामा रहेको पब्लिक माविमा समुदायिक विद्यालयतर्फ पहिलो पटक डिप्लोमा तहमा सिभिल ईन्जिनियरिङ्गको पढाई सुरु भएको छ । यहि शैक्षिक सत्रदेखि सिटिईभिटीबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा तहमा सिभिल ईन्जिनियरिङ्ग तहको पढाई सुभारम्भ गरिएको विद्यालयले जनाएको हो ।
विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले विद्यालयलाई प्राविधि विद्यालय तर्फको नमुना विद्यालय बनाउने योजना अनुरुप प्राविधिक धारको अध्यापन सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार तीन बर्षे उक्त कोर्ष अध्यायपन गराउनको लागि शिक्षक तथा प्रशिक्षकहरुको समेत व्यवस्थापन विद्यालयले गरिसकेको छ । विभिन्न स्थानमा सिटिईटिभीटीको प्रवेश परिक्षामा नाम निकालेका विद्यार्थीहरु अहिले भर्ना भैरहेका छन् । ४८ जनाको कोटामा विद्यालयले विद्यार्थी संख्या कम भएमा पुन प्रवेश परिक्षा लिनको लागि समे सिटिईभिटीबाट अनुमती प्राप्त गरिसकेको छ ।
हाल सम्म २१ जना विद्यार्थी भर्ना भैसकेका छन् भने अन्य ४ जना सिटिईभिटीबाट छात्रवृत्तीमा सिफारिसमा पर्दछन् भने थप विद्यार्थीको लागि प्रवेश परिक्षा लिने प्रधानाध्यापक खनालको भनाई छ । तिन बर्षे कोर्षको लागि कुल १ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
विद्यालय उक्त प्राविधिक धारमा अध्यायन गर्न आउने विद्यार्थीहरुको लागि आफ्नो विद्यालयमा होस्टेलको व्यवस्था नभएपछि विद्यालय आसपासमा रहेका विभिन्न घरधनीहरु संग छलफल गरी विद्यार्थीलाई सहज रुपमा डेरामा बस्ने व्यवस्थापन मिलाउनको सहमती समेत गरेको छ । विद्यालयका सहकाय प्रधानाध्यापक ईन्द्र प्रसाद तिवारीका अनुसार वि.सं. २०२२ सालमा स्थापना भएको पब्लिक माध्यमिक विद्यालमा ८७ प्रतिशत भन्दा बढि गरिव, विपन्न, दलित, मुस्लीम समुदायका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
हाल सम्म साधारण तर्फ कक्षा नर्सरी देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ भने ३ देखि १२ सम्म नेपाली माध्यममा अध्यापन हँुदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा सास्त्र संकायमा समेत पढाई हँुदै आएको छ । हाल विद्यालयमा कुल ७ सय २४ जान विद्यार्थी रहेका छन् ।
यता सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ्गले सियारीका ३ वटा विद्यालयमा हाल प्राविधिक धारको पढाई हँुदै आएको जानकारी दिदै पब्लिक माविलाई पनि गाउँपालिको आवश्यकता अनुसार जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी बताईन् । पत्रकार सम्मेलनमा उनले भनिन्–‘यो विद्यालय भनेको हाम्रो गाउँपालिकाको गहना हो, हामी जे जस्तो सहयोग गर्नुपर्छ हामी जहिले पनि तयार छौं । ’ à