© २०२३
सल्यानको कपुरकोटमा हरेक साताको दुई दिन लाग्ने तरकारी बजारमा शुक्रबार १६ लाख ३४ हजार रूपैयाँ भन्दा बढिको ताजा तरकारी र फलफूल व्यापारीहरूले किसानबाट खरिद गरेका छन् । यहाँ हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ । शुक्रबार किसानले आआफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य उत्पादन बिक्री गरेका छन् । जसबाट १६ लाख ३४ हजार आठ सय ७५ रूपैयाँ किसानको हातमा परेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।
५४ हजार नौ सय २५ किलो मौषमी तथा वेमौषमी जातको ताजा तरकारी किसानले शुक्रबारको तरकारि बजारमा विक्रि गरेका छन् ।किसानले शुक्रबार टमाटर प्रतिकिलो १८ देखि २२, बन्दागोभी २० देखि २५, फुलगोभी ४० देखि ५५, भेडे खुर्सानी ५० देखि ७० र घीउ सिमी ४० देखि ५५ रूपैयाँमा विक्रि गरेको बजार प्रतिनिधी कृष्ण बुढाथोकीले जानकारी दिए ।यस्तै लसुन ४० देखि ५०, हरियो खुर्सानी २० देखि २५, काँक्रा ३० देखि ३५, मुला २५ देखि ३०, अकबरे खुर्सानी ७० देखि ८०, कागती ५० देखि ६० र अदुवा ८० देखि ९५ रूपैयाँ प्रतिकिलोमा किनबेच भएको बुढाथोकीले जानकारी दिए ।