© २०२३
दिपक रोका
अंगे्रजी साहित्यका महान नाटककार तथा कवि शेक्सपियरले ठान्छन् कि जीवन एक नाटक हो । हामी मानिसहरू भनेका सो नाटकका पात्रहरू हौँ । हाम्रो जन्म र मृत्यु त्यही नाटकको पात्रको आगमन र बहिर्गमन जस्तै हो । जब नाटकमा हाम्रो रोल सकिन्छ अनि हामी त्यहाँबाट बाहिरिन्छौँ । आफ्नो रोल सकिएपछि पर्दा बन्द हुन्छ । अनि उसको लागि त्यो कदापि खुल्दैन । केवल उद्वारा नाटकमा देखाइएका कलाहरू मात्र अन्य पात्रको दिमागमा रहन्छन् । जीवनको अवसान पश्चात नाटकमा रोल सकिएका पात्रको गुणहरू झैँ मानिसका गुणहरू चिनेजानेका मानिसको मानसपटलमा मात्र सिमित रहन्छन् । नाटकबाट बाहिरिएको पात्रसरह भौतिक अस्तित्व समाप्त भएर जान्छ ।
यदि संसारमा केही कुरा सत्य, निश्चित छ भने त्यो प्राणीको मृत्यू हो । जीवन निश्चित छैन तथापि मृत्यू निश्चित छ । कसैले पनि भौतिक जीवनको समयावधि यकीन गर्न सक्दैन तर मृत्यू हुन्छ भन्ने वारे भने प्रष्ट रूपमा भन्न सक्छ । कोही पनि प्राणी अमर छैनन् र मानिस त्यसको अपवाद हुन सक्ने सवाल भएन । मानिसको जन्म सँगै मृत्यू निश्चित हुन्छ । केवल तिथिमिती मात्र अनिश्चित छ । कतिपय मानिसहरू एक श ताब्दिसम्म बाँचेका हुन्छन् भने कतिपय सारै कम उमेरमा नै मृत्यूवरण गरेका हुन्छन् । यसकारण कसलाई कुन बेला कसरी मृत्यूवरण गर्नुपर्ने हो त्यो पटक्कै अनिश्चित छ । संसारमा अहिलेसम्म विज्ञानले पत्ता लगाउन नसकेको विषय पनि मानिसको मृत्यको ठ्याक्कै विन्दु नै हो ।
धार्मिक विश्वास अनुसार मानिस जन्मँदै उसले आफ्नो आयु लिएर आएको हून्छ । भावीले जन्मेको छैटौँ दिनमा नै हाम्रो निधारमा हामीले जीवनमा भोग्नुपर्ने सुख, दुख देखि मृत्यूको तिथीमिति समेत लेखिदिएको हुन्छ । भावीले तोकिदिएको पलसम्ममात्र हाम्रो जीवन रहने हो भन्ने विश्वास गरिन्छ । तथापि आधुनिक अवधारणाले त्यस प्रकारको धार्मिक विश्वासलाई पूर्ण रूपमा स्वीकार गर्दैन । आजको पढेलेखेको पिँढीले पनि यसप्रकारको आलौकिक बिचारलाई मान्न तयार हुँदैनन् । आधुनिक समाजले धार्मिक विश्वासलाई केही रूपमा स्वीकार गरे पनि विज्ञानले मृत्यूलाई भाविको लेखाभन्दा तत्कालिक कारण भनी व्याख्या गर्छ ।
यसप्रकारको अत्यन्तै अस्थायी जीवनमा हामी मानिसहरू किन एक अर्कामा सधैँ सौहार्दपूर्ण सम्वन्धमा रहन सक्दैनौँ ? किन द्वेष, रिसराग राख्छौँ । किन हामी अजम्बरी झैँ ठान्छौँ आँफूलाई ? किन हामी अरूको खेदो खन्छौँ । किन हामी आफूँ स्वर्ग त अरू नरकमै बसुन् भन्ने सोच्दछौँ ? किन हामी आफ्नो स्वार्थ पुरा गर्न अरूलाई प्रयोग या घात गछौँ ? स्वार्थ पूर्तिका खातिर आत्मकेन्द्रित बन्छौँ । किन पूर्वाग्रही बन्छौँ ? किन कपटी बन्छौँ ? कतिपय अवस्थामा किन हामी मानवता समेत प्रस्तुत गर्न सक्दैनौँ ? किन हामी दानवका रूपमा प्रस्तुत हुन समेत पछि पर्दैनौँ ?
जीवन छोटो छ । मृत्यू निश्चित छ भन्नेजस्ता सोचले हामी प्रगतितर्फ निराशाजनक भने हुनु भएन । तथापि स्वार्थको सिमा हुनु आवश्यक छ । मनोबैज्ञानिकहरू भन्छन् कि कुनै पनि मानिस स्वाभाविक रूपमा स्वार्थी हुन्छ । कुनै अप्रत्यासित घटना आइ पर्न गएमा प्रत्येक प्राणी पहिले आफ्नो ज्यान जोगाउनतर्फ लाग्छ अनिमात्र सम्भव भएसम्म आफूँ निकट रहेका व्यक्तिहरूलाई बचाउने प्रयत्न गर्छ । आफ्नो ज्यान नै जोखिममा राखेर कसैले पनि अरूको उद्धार गर्दैन । प्राकृतिक रूपमा मानिस स्वार्थी हुन्छ नै । जन्मपछि उ जसरी पनि पहिला आफू बाँच्न चाहन्छ । बाँच्नका लागि ऊ संघर्ष गर्छ । पहिला आफू अनि अरू भन्ने मनोविज्ञानको विकास त्यहीँबाट शुरु हुन्छ । यसबाट पनि मानिस सबैभन्दा पहिलो प्राथमिकतामा आँफूलाई राख्छ भन्ने प्रष्ट हुन्छ । आँफूलाई केन्द्रमा नराखि कोही अरूको भलाइ गर्दैैन । तथापि आफ्नो लगाएत परिवार, गाउँ, समाज र देशको समेत स्वार्थलाईजोडेर व्यक्तिले काम गरेमा सबैको भलाइ हुन्छ । आफ्नो स्वार्थ पुरा गर्ने नाममाअरूको कुभलो हुने कामतर्फ उद्धत्त हुनु भएन । आफ्नो मात्र भलो हुने काम गर्नुभएन । आफ्नो साथै अरूको समेत स्वार्थपूर्ति हुने गरी काम गर्नुप¥यो ।
वास्तवमा स्वार्थ कति उचित छ त भन्ने विषयमा आफ्ना आप्mना तर्क छन् । एक सिमासम्म स्वार्थ आवश्यक पनि छ । सिमित स्वार्थ नभई कुनै पनि क्षेत्रको विकास सम्भव छैन । स्वार्थले गर्दा नै मानिसमा परिवर्तन, समृद्धि, विकासको भावना बिजारोपण गराउँछ । व्यक्तिको विकास, समृद्धि हुनु भनेको परोक्ष रूपमा देशकै लागि सकारात्मक कुरा हो । त्यसैले मानिसमा स्वार्थ हुनु आवश्यक छ । स्वार्थ नै भएन भने मानिसले प्रगति गर्न सक्दैन । स्वार्थले आफ्नो विकास र समृद्धि चाहन्छ जो कालान्तरमा देश र संसारकै लागि समेत समृद्धिको एक पक्ष बन्न जान्छ । त्यसैले जो कोही पनि आफ्नो स्वार्थ पुरा गर्ने सिलसिलामा समाजको स्वार्थलाई साथै लिएर अगाडि बढ्नु आवश्यक छ । आफ्नो भलाईको खातिर अरूलाई घात गर्नु जीवनको एक महान भूल र पाप समेत हो ।
जहाँसम्म सामाजिक उत्तरदायित्वको सवाल छ त्यसमा पनि व्यक्तिको स्वार्थ गाँसिएर आउनु आवश्यक छ । समाजमा आफू रहने भएकोले त्यसको सकारात्मक विकासमा पनि आफ्नो स्वार्थ केन्द्रित हुनु जरुरी छ । आफू व्यक्तिगत रूपमा समाजप्रति उत्तरदायी हुनु नै समाजको विकास र समृद्धि हुुनु हो । आफू कुनै संस्थामा आवद्ध भएको भए कर्पोरेट सामाजिक उत्तरदायित्वका आधारमा समाजका लागि देन दिनु आवश्यक छ । आजको समाजमा विकास निर्माण देखि समस्त सामाजिक क्रियाकलाप सही ढंगले चल्न र चलाउन व्यक्तिमात्र नभएर सस्थाहरू पनि लागि पर्नु जरुरी छ । व्यक्ति र संस्थाहरूको समाज समृद्ध बनाउने स्वार्थ मिलेमा देशले विकासको गति लिन सक्छ ।
अमेरिकी विद्वान जेम्स डिन भन्छन् सपना यति महान देख्नुस् कि तपाई सधैँ बाँच्नुहुनेछ र जीवन यसरी जीउनुस कि तपाईँ आजै मर्दै हुनुहुन्छ । वास्तवमा क्षणिक जीवनमा हामी आफ्नो मात्र नभएर अरूको खातिर समेत काम गर्नुपर्दछ ता कि आफू मृत्यू पश्चात पनि अमर रहन पाइयोस् । आफूले त्यस्तो वृहद सपना देख्नु आवश्यक छ जस मार्फत आफूमात्र नभई अरूको समेत भलाई गाँसिएर आओस् । त्यसो गरेमा जीवनलाई तनावबिहीन तरिकाले अगाडी बढाउन सकिन्छ । त्यसैले क्षणिक जीवनमा आफ्नो स्वार्थ केन्द्रितमात्र भएर अरूको इच्छा, चाहना, कर्ममा नियतवस कुठाराघात गर्नु भएन । सबैको जीवन सुन्दर बनाउन हामीले आफ्नो मात्र नभई अरूको स्वार्थ समेतलाई बुझेर जीवन संचालन गर्नु उचित हुन्छ ।à