ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

२५ बर्षीय युवाको कृषि मोह, पाखाबारीमा तरकारी खेती बार्षिक ९ लाख आम्दानी

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

नाम : भुवन खराल
ठेगाना : छत्रकोट गाउँपालिका–१ हुँगा गुल्मी ।
उमेर : २५ बर्ष
पढाइ : वि.ए.पास
युवा उमेरका उनलाई नत कुनै सहरिया प्रवृत्तिले छोयो नत दक्षिण कोरिया मोहले नै । उनको ध्यान कृषिमै गयो, त्यसमा पनि आफ्नै गाउँको पाखाबारीमा । उमेरले भर्खरै २५ बर्षमा लागेका भुवन खरालको उमेर चुलबुले युवा उमेर हो । तर उनी विगत ४ बर्षदेखि आफ्नै पाखाबारीमा तरकारी स्याहार्दैमा व्यस्त छन् । साथीहरूले वैदेशिक रोजगारीमा गएर यति कमाए, उती कमाए भन्दै कहिलेकाँही ईन्टरनेट कुराकानीमा उनलाई भन्ने गर्दछन् । तर उनी आफ्नै पसिनाले सृजिएको भूमिबाट आएको आम्दानीबाट खुसी छन् । उनी भन्छन्–‘बर्षमा ९÷१० लाख कमाउनको लागि कहिँ कतै जानुपर्दैन, के कोरिया यहिँ भएन र ? ’ साथीहरूले कोरियाको सपनाको कुरा गर्दा उनले आफ्नै पाखाबारी ‘खोरियाको कुरा गर्न बिर्सदैनन् । उनी थप्छन्–‘खुर्सानी, टमाटर, काउली नै मेरा साथी हुन, उनीहरूबाट नै मलाई सन्तुष्टी मिलेको छ । ’
गुल्मी जिल्लाको छत्रकोट–१ का हुंगाका २५ वर्षीय भुवन खरालले पाखा बारी भरी २२ हजार खुर्सानी रोपेका छन् । ९ रोपनीमा टमाटर र १२ रोपनीमा खुर्सानी रोपेर खुर्सानी कृषकको रूपमा पहिचान बनाएका छन् । वार्षिक १० हजार तिर्नेगरी लिजमा १२ रोपनी जग्गा समेत लिएका उनी एक्लैले बारीभरी खुर्सानी रोपेका हुन् । युवा उद्यमी किसानको रूपमा पहिचान बनाउन सफल खरालले ५ जनालाई रोजगारी दिएका छन् ।
भिरालो जग्गा भएपनि पाखाबारीमा उनले खुर्सानी रोपेका छन् । उत्पादन भएको कृषि उपज बिक्री गर्न उनलाई कुनै पनि समस्या छैन । गाउँमा खोलिएको पंैचो पसल प्रालिले नै खुर्सानी लिने गरी सम्झौता नै गरेको छ । उनी भन्छन–‘विदेश जान पनि सक्थँे, तर यहि नै आफ्नै माटोमा केही गर्नको लागि कृषि क्षेत्रमा हात हालेको हुँ ।’
उनले यस बर्ष खुर्सानी मात्रै ६ लाख रूपैयाँ बराबरको बिक्री गर्ने अपेक्षा लिएका छन् । यस्तै अन्य बन्दा, काँक्राबाट ३ लाख गरी यो बर्ष ९ लाख आम्दानी गर्ने उनको अपेक्षा छ । गत बर्ष पनि सोही अनुपातमा उनले आम्दानी गरेका थिए । उनको बारीमा २२ हजार बोट खुर्सानी छन् भने काउली ५४ सय बोट र काँक्रा २ हजार बोट छन् ।
निर्वाहमुखी खेति गरेर जीवन गुजारा गरिरहेका पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूलाई ब्यवसायिक खेती गराउनको लागि यसरी पैचो पसल प्रालि सुरु गरिएको प्रबन्ध निर्देशक धु्रब न्यौपाने बताउँछन् । उनका अनुसार २०७१ जेठ ७ गते पैंचो स्थापना भएको हो ।
सुरुमा गुल्मी, पाल्पा र अर्घाखाँचीका कृषकहरूबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी खरिद गरी उपभोक्तालाई सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्यले खोलिएको उनको भनाइ रहेको छ । प्रसिद्ध धार्मिक स्थल गुल्मीको रुरु गाउँपालिकाको रिडी बजार नजिकै स्थापित पैंचो प्रशोधन उद्योगले जुस, जाम, सस, अचार, आटो, पिठो, सिन्की, मस्यौरा, केचप, फ्रोजन भेटिजेवल लगायत दर्जनौं कृषिजन्य वस्तुको उत्पादन र प्रशोधन गरिरहेको छ ।
प्रबन्ध निर्देशक न्यौपाने भन्छन्–‘पैंचो पसलले गुल्मी, पाल्पा र रूपन्देही गरि ८ पैंचो पसलका शाखा र १८ पैचो संकलन केन्द्रहरू संचालन गरेको छ ।’
गुल्मीको तम्घास र पाल्पाको तानसेनमा अत्याधुनिक डिपार्टमेण्ट स्टोर्स संचालन गर्दै आएको छ भने रूपन्देहीको बुटवलमा पश्चिम नेपालकै पहिलो तरकारी र फलफूलको सपिङ कम्प्लेक्स संचालन गरेको छ । गुल्मीमा मात्रै ४० हजार हेक्टर भूमिमा कृषकहरू कृषि उत्पादनमा सहभागी भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?