ट्रेंडिंग:

>> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

डेल्टा एजुकेशन मार्ट आगलागीको पाठ

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो निभाउन झण्डै ५ घण्टा लाग्यो । यो आगलागीको घटनाले सवैलाई पाठ सिकाएको छ । मिलनचोक जस्तो क्षेत्र जहाँ सयौं घनाबस्ती छ । पूर्व पश्चिम र उत्तर दक्षिण सवै क्षेत्रको बीच भागमा अवस्थित छ तर यही स्थानमा रहेको डेल्टा मार्टमा लागेको आगो निभाउन पाँच घण्टा बढी समय लाग्यो । यो घटनाले हाम्रो बिपदजन्य घटना नियन्त्रणको संयन्त्र कति कमजोर छ भन्ने प्रमाणित भएको छ । धन्न बस्ती जोगियो । नजिक रहेका दुई पेट्रोल पम्प जोगियो । डेल्ट मार्टको आगलागी घटनाले बिपदजन्य घटना नियन्त्रणमा हाम्रो संयन्त्र अझै कमजोर रहेको देखाएको छ । रूपन्देहीका अधिकांश पालिकाहरूको दमकलले आगो निभाउँदा पनि आगलागी नियन्त्रणमा आउन हम्मेहम्मे प¥यो । अर्कोतर्फ हाम्रा पालिकाका दमकलको क्षमता पनि कति कमजोर रहेछ भन्ने कुरा अहिले थाहा लाग्यो । अधिकांश दमकलको क्षमता जम्मा ४५ सय लिटर रहेछ । ठूलो आगलागीका घटनामा ४५ सय लिटर पानी सिद्धिन आधा घण्टा पनि लाग्दैन । तसर्थ दमकलको क्षमता पनि बढाउनु पर्ने रहेछ भन्ने कुरा यो घटनाले सवैलाई सजग गराएको छ । अवको दिनमा यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न दमकलको व्यवस्था नहुने हो भने बिपदजन्य घटना नियन्त्रणमा लिन गाह्रो रहेको कुरा सवैले महसुस गर्दै खासगरी पालिकाहरूले बढी क्षमताका दमकलको व्यवस्था गर्नु जरुरी छ । रूपन्देहीका पालिकामा रहेका दमकलको क्षमता थोरै मात्र होइन, माथिल्लो तलामा आगलागी भएमा नियन्त्रण गर्नै चुनौति छ । अहिले बनेका १०÷१२ तले घरमा आगलागी भएमा नियन्त्रणको कुनै उपाय छैन । त्यो अवस्थामा हेरेर बस्नुबाहेक अरू विकल्प छैन । तसर्थ बिपदजन्य घटना नियन्त्रण र न्यूनिकरणका लागि संघ, प्रदेश र पालिकाहरूले गंभीर भएर सोच्नुपर्ने बेला आएको छ । बिपदजन्य सामाग्रीको जोहो गर्न ढिलाई गरे आपतकालीन अवस्था आउन सक्ने हुनाले छिटोभन्दा छिटो त्यसतर्फ ध्यान दिनु जरुरी छ ।

तराईमा गर्मीयाम शुरु भएसँगै विभिन्न क्षेत्रमा आगलागीका घटना हुन्छन । मानवीय त्रुटिको कारणले पनि आगलागीको घटना हुने गरेका छन् । अधिकांश आगलागी विद्युत् सर्ट भएर हुने गरेको छ । ठूला प्रतिष्ठानहरूले आगलागीको जोखिमबाट छुटकारा पाउन आफैपनि सचेत हुनु जरुरी छ । आगलागी हुनै नदिन बिद्युतसम्वन्धि सामाग्रीको बिषयमा चनाखो हुनु आवश्यक छ । ठूलो मात्र होइन, साना साना घरमा पनि विद्यतु सर्ट भएर आगलागी भएको सुनिन्छ । तसर्थ विद्युत सर्ट हुनै नदिनेतर्फ पहल जरुरी छ । यसका लागि घरधनीले आफ्नो घरमा जडान गरेको विद्युतको लाइनको बारेमा जानकारी राख्नुको साथै थप मर्मत गर्नुपर्ने भएमा नेपाल विद्युत् प्राधिकरणलाई समेत समयमा नै आग्रह गर्नुपर्छ । वारुणयन्त्र जान नसक्ने अवस्थामा पनि आगो नियन्त्रणका लागि अन्य वैकल्पिक उपायको पहिचान गरेर तयारी अवस्थामा रहन सरकारले ढिला गर्नुहुँदैन । आगलागीबाट हुन सक्ने करोडौंको मानवीय र भौतिक क्षतिलाई रोक्नको लागि सावधानी अपनाउनुको अर्को विकल्प छैन । पछिल्लोसमय निर्माण भएका अग्ला भवन र भित्री गल्लीमा वारुणयन्त्रले काम गर्न नसक्ने अवस्था छ । एक तलादेखि १२ तलासम्मका घर निर्माण भएका छन् । त्यसका लागि पनि अहिलेदेखि नै सोच्नुपर्ने देखिन्छ । सामान्य घरमा आगलागी भएको अवस्थामा मात्र वारुणयन्त्रले काम गर्न सक्ने अवस्था छ । ठूला भवनमा आगलागी भएको अवस्थामा के गर्ने ? सरकारसँग कुनै योजना छैन । बुटवलको पछिल्लो डेल्टामार्ट आगलागीको घटनाले धेरैलाई सजग बनाएको छ । तसर्थ यस प्रकारका बिपदजन्य घटना नियन्त्रणमा ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%