ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

हुक्कादेखि ब्राउन सुगरसम्म

६ भाद्र २०७५, बुधबार
६ भाद्र २०७५, बुधबार

बुटवल कालिकानगरकी रूपा क्षेत्री (नाम परिवर्तन) साँझ परेपछि पब जाने र हुक्का तान्ने सुरमा हुन्छिन् । सामान्य परिवारकी उनी बेलुका भएपछि केटा वा केटी साथी खोजेर पब जाने नशा नै भएको छ । भर्खर ११ कक्षामा अध्ययनरत उनी पबमा हुक्कामात्र नभई नशा दिने पेय पदार्थहरू पिउने, झुम्ने गर्दछिन् । शरीरका विभिन्न अंगहरूमा टाटु खोपेकी उनी अधिकांश समय नशामा भेटिने गर्छिन् । समाज प्रतिष्ठित परिवार भएकाले परिवारका सदस्यहरूलाई समेत उनको आनीबानीका कारण धेरै चोट पुगेको छ । परिवारबाट धेरै पटक सम्झाउने काम भएपनि उनी आफ्नो दैनिकी परिवर्तन गर्न नसक्ने भएपनि एक महिनादेखि घर छोडेर होटल र साथीको घरमा बस्ने गरेकी छिन् ।

बुटवल दीपनगरका–१८ वर्षिय सोहन कुमाल (नाम परिवर्तन) लागूऔषध प्रयोग गर्दा ३ पटक प्रहरीबाट पक्राउ परे । पारिवारिक किचलोले उनलाई लागूऔषध सेवनकर्ता बनाएको उनी बताउँछन । आमाबुबाको सम्बन्ध विच्छेद भएपछि एक्लो भएका उनको जीउने साथी ड्रग बन्न पुग्यो । साथीभाईहरूको संगतले गाँजाबाट शुरु भएको उनको यात्रा ट्याब्लेट हँुदै ब्राउनसुगरसम्म पुग्यो । उनलाई यसको लत नै बसेको छ । आर्थिक अभावले ब्राउनसुगर किन्ने रकम नभएपछि उनी पटकपटक टिटी मार्फत नशा लिने गरेका छन् । बिहानसाँझ गुजारा गर्न समेत धौ–धौ पर्ने उनी लागूऔषध खानका लागि विभिन्न ठेकेदारसँग पार्किङ्गमा समेत काम गरे । शारीरिक रूपमा समेत कमजोर उनलाई ब्लड क्यान्सरसमेत देखिएको छ । रूपा र सोहन मात्र होइन बुटवलका केही यूवा जमातहरू हुक्का र ब्राउन सुगरको लतमा बसेका छन् । लतमा फसेका कारण यस्ता यूवाहरूले आफ्नो भविष्यलाई त चिम्लिएका त छदैछन् परिवार र आफन्तलाई समेत चिन्तामा डुबाएका छन् ।
क्लबले विभिन्न उमेर समुहका बालबालिकाहरूका बीच फुटबल प्रतियोगितामा सहभागी गराई मनोरञ्जनका साथै विज्ञमार्फत लागूऔषधबारे जानकारी दिँदै आएको हो । क्लबको चाँदबारीस्थित खेलमैदानमा १३ वर्षमुनिको फुटबल प्रतियोगिता गरि अभियान शुरु गरिएको थियो । जसमा ७ वटा टिमहरू विभिन्न वडाबाट टिमहरूले भाग लिएका थिए ।
बुटवल ट्राफिक चोकस्थित प्रहरी बिटले पछिल्लो जेठदेखि साउनसम्मको ३ महिना अवधिमा ३६ सय सेट लागूऔषध टिटीका सामग्रीहरू सहित ४२ जना प्रयोगकर्ता र कारोबारीलाई पक्रन सफल भएको छ । एउटा सेटमा सेरीजेक, नुर्फिन, फेनरागन र सिरिन्ज गरि ३ वटा सामग्रीहरू हुने प्रहरीले बताएको छ । रूपन्देहीमा अधिकांश कम उमेरका युवाहरूमा लागूऔषधको लत बसेको छ । जन्मदिनमा हुक्का उपहार दिने चलनले पनि उनीहरूमा पहिलो चरण शुरु हुने गर्दछ ।
यसरी हुन्छ कारोबार
पछिल्लो समयमा रूपन्देही लागूऔषधको हब भएको पुष्टि भएको प्रहरीको दाबी छ । रूपन्देही हुँदै काठमाडौं, पोखरा, बाग्लुङ्ग लगायतका शहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । विशेष गरि विहान साँझको समयमा लागूऔषध ओसारपसार बढी हुने गरेको छ । विभिन्न शहरबाट कारोबारीहरूले भारतका ब्यापारीहरूलाई बैंकमार्फत पैसा राखिदिने गर्दछ । ब्यापारीक डिल भएपछि लागूऔषध सामग्रीहरू भारतीय ब्यापारीहरूले नेपाली सिमाहँुदै बेलहिया नाका, नवलपरासी भुमही बाईपाससम्म ल्याइदिने गरेका छन् । विशेष गरि लागूऔषध कारोबारीहरूले साना सवारी साधन प्रयोग गर्ने गरेका छन् । प्रहरीले पछिल्लो समयमा कडा निगरानी गरेसंगै यो रुट परिवर्तन भएको छ । उनीहरू अहिले विभिन्न समूहमा बिभाजन भएर सार्वजनिक सवारीमा समेत लागूऔषध पठाउने गरेका छन् । यस क्षेत्रका धेरै कलिला बालबालिकाहरू लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा समेत संलग्नता भेटिनुले यो कुरा पुष्टि गर्दछ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले खुल्ला सिमानाका कारण लागूऔषध ओसारपसारको विगविगी भएको बताए । ईलाका प्रहरी कार्यालयले १० जना शंकास्पदलाई पक्राउ गरेर परिक्षण गर्दा ५ जनामा गाजा र २ जना ब्राउन सुगर प्रयोगकर्ता भेटिनुले पनि युवाहरूमा लागूऔषधको भयाबहस्थिति रहेको प्रमाणित भएको उनको दाबी छ । अभिभावकहरूले छोराछोरीको दैनिकीको बारेमा लापरवाही गर्दा पनि यस्तो स्थिती आएको उनी बताउँछन । कस्तो साथी बनाएको छ ? कहाँ हिँड्छ ? के गर्छ भन्ने विषयमा अभिभावक चनाखो हुनुपर्ने उनको सुझाव छ । परिवारकै सदस्यले नै ८ वर्षको बच्चालाई हुक्का उपहार दिने प्रचलनले बाल मानसिकतामा लत बसालेको उनी बताउँछन । यहाँका सामान्य जीवनयापनमा रहेकादेखि सामाजिक प्रतिष्ठा कमाएका ब्यक्तिहरूका छोराछोरी लागूऔषधमा फसेको भेटिएको उनले बताए । एक वर्षको अवधिमा ईलाका प्रहरी कार्यालय बुटवलले १ सय ३७ जनालाई लागूऔषधसहित पक्राउ गरि ८४ मुद्दा दर्ता गरि कारबाही अघि बढाएको छ । एक वर्षको अवधिमा ईलाका प्रहरी कायालर्यले १ सय ६ ग्राम ५४ मिग्रा ब्राउन सुगर, ६ केजी ७ सय ४० ग्राम गाजा, १ हजार ४ सय ४३ सिसि सेरीजेक, २ हजार ७ सिसि नुर्फिन, ७ सय ३५ सिसि डाईजेपाम, २ हजार १ सय ४८ सिसि फेनरागन, १ सय १५ सिसि टालिजेसिक, १ बोटल कोरेक्स, ८ सय १४ चक्की नाईट्रोजाम, ९ सय ७८ चक्की स्पास्मो र ३ सय ९७ चक्की नाईट्रोभ्याट बरामद गरेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्
लागूऔषधविरुद्ध फुटबल
बुटवल, ५ भदौ– बालबालिकाहरू देशका कर्णधार हुन् । उनीहरूलाई सानै उमेरबाट किताबी ज्ञानको साथमा ब्यवहारिक र रचनात्मक ज्ञान दिन जरुरी छ ।
घरबारविहीन धेरै सडक बालबालिकाहरू कुलतमा लागेर लागूऔषधको सिकार भएका छन् । यसले समाज नै विकृत हुने डर छ ।
बालबालिकाहरूलाई लागूऔषधबारे सचेतना जगाउँदै उनीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित मुनफिल क्लबले नियमित फुटबल प्रतियोगितामार्फत अभियान शुरु गरेको छ ।
प्रतियोगितामा टाईगन टोल विजेता रहेको थियो । विजयी टिमले नगदसहित शिल्ड, मेडल र नगदबाट पुरस्कृत गरिएको थियो । यसैगरि अघिल्लो हप्ता १४ वर्षमुनिका बालबालिकाहरूको बिचमा प्रतियोगिता आयोजना भएको क्लबका संस्थापक संरक्षक योगेन्द्र गौतमले बताए । जसमा ८ वटा टिमले प्रतिस्प्रर्धा गरेका थिए । क्लबले स्थापनाकालदेखि निरन्तर सामाजिक गतिविधि गर्दै आएको उनले बताए । खेलकुद गतिविधिमार्फत बालबालिकाहरूलाई सचेतना जगाउन सहज हुने उनले बताए । बालप्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम फुटबल प्रतियोगिता भएकाले पनि यसलाई रोजेको उनले बताए । उपमहानगरपालिकाका सबै वडाहरूमा यो प्रतियोगिता अभियानका रूपमा चलाउने सोंच बनाएको उनले बताए । अहिले आफै लगानी गरेर प्रतियोगिता गर्दै आएका गौतम स्थानीय सरकारको सहयोग र चासो जरुरी रहेको बताउँछन् । कुलतबाट बचाउने र उमेर समूहको खेलाडी छनौट हुने भएकाले प्रतियोगिता प्लटफर्म भएको उनले दाबी गरे । प्रतियोगितालाई निरन्तता दिने उनले बताए । ‘१३ वर्षमुनि देखि शुरु गरेको प्रतियोगिता अब १९ वर्ष मुनिसम्म खेलाउने छौं ।’– उनले भने । विभिन्न उमेर समुहका युवाहरूको मनोविज्ञान बुझने र उनीहरूलाई लागुऔषधबारे प्रहरीहरूमार्फत जानकारी दिने काम भएको उनले बताए । ‘यो बालबालिकाहरू कुलतमा फस्नबाट बचाउने अभियान हो,’–उनले भने । खेलकुदमार्फत युवाहरूलाई रचनात्मक ज्ञान दिएर लागूऔषध दुब्र्यसनमुक्त समाज निमार्ण गर्न सहज हुने वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक अमर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission