© २०२३
नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) को प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय चयन भएका छन् । प्रदेश नम्बर ५ को प्रथम अधिवेशनबाट बुटवलमा रहेको न्यु होराईजन संस्थाका संस्थापक प्राचार्य उपाध्याय सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
नेपाल अंग्रेजी भाषा शिक्षक एशोसियसन (नेल्टा) जिल्ला शाखाको आयोजना तथा केन्द्रिय सदस्य तारानाथ भट्टराईको संयोजनमा भएको भेलाले उपाध्यायको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रूपमा अंग्रेजी भाषाको पहिचान बनाएको बताएका थिए । नेपाली शिक्षा सुधारको प्रण गर्दै अब अंग्रेजी, गणित र विज्ञान विषयमा ध्यान दिने गरि अघि बढ्न सुझाव दिए । नवनियुक्त पदाधीकारीहरूको बरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद बस्याल, उपाध्यक्षमा दुर्गा प्रसाद पाण्डे, महासचिवमा कृष्णप्रसाद भट्टराई, सचिवमा अर्जून तिवारी तथा सदस्य सचिवमा देवीकुमारी गुरुङ्ग चयन भएका छन्् ।
यस्तै कोषाध्यक्षमा घनस्याम भण्डारी, सदस्यहरूमा होमनाथ आचार्य, बिष्णु प्रसाद भट्टराई, ओम प्रकाश बिष्ट, यमराज शर्मा, चेतलाल चौधरी, सञ्जीव कुमार सिंघल, प्रभा क्षेत्री, अम्बीका चापागाईं र प्रेमकुमारी थापा चयन भएका छन् । सभामा प्राध्यापक लक्ष्मण ज्ञवाली, केन्द्रिय सदस्य होमराज खड्का लगायतले विश्वका अधिकांश उत्कृष्ट पुस्तकहरू अंग्रेजीमा लेखिएकाले पनि यो भाषाको महŒव बढेको बताए । भेलामा ११ जिल्लाका ९० जना शिक्षकहरू सहभागी रहेका थिए । कार्यक्रमको संयोजन नेल्टाका केन्द्रिय सदस्य तारानाथ भट्टराईले गरेका थिए । à