© २०२३
दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं. १५ मा अबस्थित मलवार गाउँ तुलसीपुर देखी १० किलोमिटर पुर्व दक्षिणमा पर्छ । त्यस क्षेत्रमा धेरै जसो थारू समुदायका मानीस बसोवास गर्ने गर्दछन् । आफ्नो घरायसी प्रयोजनका लागि त्यस ठाउमा हाँस सबैको घरमा पालेको देखीन्छ । थारु समुदायमा धार्मिक कार्यका लागि हाँस र हाँसको अण्डा प्रयोग गर्ने भएकाले पनि हाँस धेरै पलीने गरेको छ ।
थारु जातिको बाहुल्यता रहेको उक्त गाउँमा दाङ मानपुरका बबि बस्नेत र आकाश कंडेल प्रत्येक घरमा पालीएको हाँसको तथ्याङ्क संकलन गर्दै हिड्ने गरेका छन् । दाङमा ब्यावसायीक रूपमा फर्म दर्ता गरेर हाँस पाल्नेको संख्या न्युन रहेको कृषि बिकास कार्यालयले बताएकाले दाङमा हाँसको अवस्था केछ भनेर मलवारबाट हाँसको खोजीमा लागेको ति युवाहरूले बताएका छन् । मलवारको एक सय घरमा सर्बेक्षण गर्दा कतै एकै घरमा ६५ वटा सम्म हाँस पालेको भेटीयो त कतै ५ वटा सम्म अनुसन्धान कर्ता दाङ मानपुरका बबि बस्नेत भने । एक सय घरमा गरेको सर्बेक्षणमा प्रती घरले औसत १६.१९ वटा हाँस पाल्ने गरेको पाईएको छ । खुल्ला रूपमा पालीएको हाँसलाई खाई भैसी संगै राख्ने गरीएको पाईएको बस्नेतले वताए । सर्बेक्षणका आधारमा उक्त गाउका किसानले हाँस र कुखुरा दुबै पाल्ने गरेको पाईएको छ । तर कुखुराको तुलनामा हाँस धेरै । हाँस र कुखुरालाई खुवाउने दाना स्थानीय मकै धेरै प्रयोग गर्ने गरीएको उनिहरूको सर्बेक्षणले देखाएको छ । ब्यावसायीक रूपमा नभई खुल्ला रूपमामा हास पालन त्यस ठाउमा गरीएको छ । हाँस पालनको बारेमा जानकारी र तालीमको अभावमा कृषकहरूले सोचेजस्तो फाइदा लिन नसकेको उनिहरूले बताएका छनत् । हाँस पालन सम्बन्धि ज्ञान कृषकलाई दिनसके उनिहरूको हाँस पालन व्यवसायबाट नै जीवनस्तर मजबुत हुन सक्ने आकास कंडेलले बताए ।
हाँस पालन परम्परागत तरीकाले गरीएको रहेछ । हाँस पालन ब्यवसाय कृषिमा पर्छ कृषिबाट फाईदा लिन कृषिलाई आधुनिकी करण गर्नका लागि कृषि सहकारी संस्था गठन गर्नुपर्नेमा उर्बर कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल खड्काको जोड छ । सहकरी सस्थामा सबैजनाको सहकार्य हुने भएकाले परम्परागत तरीकाले चल्दै आएको ज्ञानलाई आत्मसात गर्दै, थोरै आधुनिकतामा ढाल्न सके कृषिको आम्दानी बढाउन सकिन कुरामा उनले जोड दिएका छन् । त्यस्तै कृषीलाई ब्यावसायिकरण गर्न अहिले चल्दै आएको निर्बाहमुखी कृषि प्रणालिलाई तोड्न आधुनिक कृषी उपकरणहरूका साथै कृषि ज्ञानको उचित प्रयोग गर्न जरुरी रहेको अनुसन्धानकर्ता आकास कंडेलले बताएका छन् । उनले किसानका लागि क्षमता अभिबृदी, ब्यवसाय अभिबृदी, ब्यबसाय ब्यबस्थापनको बारेमा उचित तालिम स्थानीय तहले दिन आवस्यक रहेको बताए । केही दिन पहिले मात्र मकै भन्डारणमा लाग्ने प्रमुख शत्रु, जिवहरू तथा तिनीहरूको एकीकृत ब्यवस्थापन भन्ने विषयलाई प्राथमिकता दिदै उनिहरूले किसानहरूलाई मकै पोस्ट हार्बेस्ट प्रविधीका बारेमा पनि मानपुरका किसानहरूलाई जानकारी गराएको बताएका छन् ।
हाँस पालन ब्यवसाय र धान खेती संगै गर्न सके दुवैमा फाईदा पुग्ने पनि युवाहरूले बताएका छन् । धानलाई नोक्सानी पुर्याउने किरा हाँसले खाईदिने भएकाले हासको आहारा पनि हुने धानमा नोक्सानी पुर्याउने किरा पनि नस्ट हुने बस्नेतको भनाई छ । नेपालमा किसानले पाल्नकै लागी बिभिन्न प्रजातीका हास बिदेसबाट भित्र्याउने भएकाले हासको प्रजाती कती छन भनेर पत्ता लगाउन नसकीय पनि मलवारमा चाईनिज, पानी, राज हास पाल्ने गरीएको छ । à