ट्रेंडिंग:

>> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी >> त्रिशूली नदीमा कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त, चालकको ज्यान गयो >> सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो >> वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोडको निर्यात >> कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने >> १०० रुपैयाँको कारणले ओमप्रकाशको हत्या,आरोपी बुढामगर पक्राउ >> प्रतिगमन दिवा सपना >> पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम >> अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित >> एसईईपछि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो >> दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला >> चना उत्पादनमा बाँके पहिलो >> गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी >> प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो >> क्षयरोगको अवस्थाः संख्या बढ्दै उमेर घट्दै >> सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन >> आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुन सक्ने >> एमालेको जनजागरण अभियान >> दाङको प्लाइ उद्योगमा आगलागी, ५० करोड बढी नोक्सानी भएको अनुमान >> विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त >> १ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ >> बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ >> संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा >> प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी >> ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवास >> सेयर बजारमा सोमबार वृद्धि, नेप्से परिसूचक १.१६ प्रतिशत बढ्यो >> एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने? >> बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावनाः मुख्यमन्त्री आचार्य >> पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै >> काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन >> फागुन महिनामा नेपालमा चार हजार भन्दा बढी आपराधिक घटना दर्ता >> बाँकेको नौवस्ता औद्योगिक क्षेत्र अतिक्रमणका घर टहरा हटाउन सुरु

बजेटमा पर्यटन क्षेत्रलाई बेवास्ता किन ?

२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

सरकारले आर्थिक वर्ष २०८१/८२ को संघीय बजेटमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोडको बजेट विनियोजन गरेको छ । यसपालि बजेटमा सरकारले पाँच प्राथमिकताका विषयहरू छानेको छ । जसमध्ये दोस्रो क्रममा कृषि, उर्जा, सूचना प्रवद्र्धन, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण रहेका छन् । यी पाँच क्षेत्रलाई बजेटले पाँच रूपान्तरणकारी क्षेत्र मानेको छ । बजेटमा कृषि, उर्जा र सूचना पवद्र्धन पश्चात् पर्यटनलाई प्राथमिकताको चौथो क्रममा राखिएको हो । नेपालमा तुलनात्मक लाभका क्षेत्रहरूमध्ये उर्जापछिको क्षेत्र भनेको पर्यटन नै हो । यसरी सरकारले बजेटमै पर्यटनलाई प्राथमिकतामा राखेको हुँदा यसलाई आफैमा राम्रो सुरुवात मान्न सकिन्छ । तर, सरकारले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड पुयाएको सन्दर्भमा पर्यटनका लागि छुट्याइएको बजेट भने कूल बजेटको ०.६४ प्रतिशतमात्र हुन आउँछ । यसरी सरकारले पर्यटनलाई रूपान्तरणकारी क्षेत्र माने पनि बजेटको सन्दर्भमा कूल बजेटको एक प्रतिशत पनि विनियोजन नगरिनु दुर्भाग्य नै मान्नुपर्दछ ।
कोभिड १९ को प्रभावका कारण विश्वबजार आर्थिक मन्दीको चपेटामा परेको हुँदा त्यसको असर नेपाली पर्यटन उद्योगमा पनि पर्न गएको थियो । सन् २०१९ को करिब १२ लाखको संख्यामा पर्यटक आगमनको उचाइबाट सन् २०२० मा जम्मा दुई लाख ३० हजारको सङ्ख्यामा पर्यटकको आगमन भएको थियो । हालै २०२३ मा आउँदा १० लाख १४ हजार ८७४ को सङ्ख्यामा पर्यटकको आगमन भएको छ । जबकि सरकारको लक्ष्य भने १० लाख पर्यटक भित्र्याउने रहेको थियो । यसरी सन् २०२३ मा लक्ष्य भन्दा बढी पर्यटक भित्र्याउन सकेकोमा आगामी बजेटमा सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । कोभिड १९ को असर क्रमशः कम हुँदै गएको हुँदा पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको हो । १६ लाख पर्यटक भित्र्याउन सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकास एवम् बजारीकरणका निम्ति पनि खर्च गर्न डराउनु हुँदैन । तर, बजेटमा पर्यटन क्षेत्रका निम्ति छुट्याइएको रकमको अंशलाई हेर्दा सरकार पर्यटनप्रति त्यति उदार भएको भने देखिँदैन ।
सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटक दशकका रूपमा मनाउने घोषणा पनि गरेको थियो । यस अवधिमा ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । यस हिसाबले प्रति वर्ष बाह्र लाख वा मासिक एकलाख पर्यटकहरू भित्र्याउने हो भने यो लक्ष्य भेट्न त्यति गाह्रो छैन ।

पर्यटन क्षेत्रमा आर्थिक सहुलियतको सुविधा र कर छुट तथा तालिम आदिको व्यवस्था गर्नु जरुरी छ । त्यसैगरी राज्यले पर्यटन व्यवसायलाई उच्च प्राथमिकता दिई पूर्वाधारको विकासमा बजेट बिनियोजन गर्नु आवश्यक देखिन्छ । छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सव जस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने कुरा बजेटमा व्यवस्था गरिएको छ । यसले नेपालको पर्यटनको बजारीकरणमा मद्दत पुग्ने अनुमान गर्न सकिन्छ । निजी क्षेत्रको सहकार्यमा भारतको सीमानाका क्षेत्रमा पशुपतिनाथ, मुक्तिनाथ र स्वर्गद्वारी दर्शन यातायात सेवा सुरु गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने रणनीति बजेटले लिएको छ । त्यसैगरी बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ र किराँत साँस्कृतिक परिपथको निर्माण गरी धार्मिक एवम् सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरू बजेटमा उल्लेख छन् । यो आफैमा एक सुन्दर सुरुवात हो । विगतका बजेटहरूलाई हेर्ने हो भने यस्ता खालका कार्यक्रमहरू नआएका भने होइनन् तर, तिनको कार्यान्वयन पक्ष कमजोर हुँदा बजेटबाट पर्यटनले प्रतिफल लिन सकेको देखिँदैन । यही कारणले पर्यटनबाट अर्थतन्त्रले सोचे अनुरूप प्रतिफल लिन पाइरहेको छैन ।

आगामी बजेटमा सातै प्रदेशलाई समेट्दै चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तब्यस्थलमा पर्यटनको विकासका लागि पूर्वाधार विकास गर्ने लक्ष्य लिइएको छ । यसरी सरकारले हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारका लागि ४ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । रामजानकी विवाहस्थल जनकपुरलाई ‘वेडिङ हब’ र गौतमबु्द्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’ को रूपमा प्रवर्धन गर्ने योजना बजेटमा रहेको छ । तर, धार्मिक स्थललाई त्यसरी व्यावसायिक रूप दिँदा त्यसको महत्व र गरिमालाई भने ख्याल गर्नु जरुरी हुन्छ । अतः तीर्थस्थलको गरिमालाई यी कार्यक्रमहरूले ठेस नपुयाउन् भन्ने सन्दर्भमा सरकार सचेत हुनु जरुरी देखिन्छ । बजेटमा ‘हिमालयन रिसोर्स सेन्टर’ को स्थापना गर्ने कार्यक्रम पनि रहेको छ । यसले हिमाली क्षेत्रको सभ्यता, जीवनशैली, स्रोत तथा सम्भावनाको पहिचान, अध्ययन अनुसन्धानमा सहयोग पुग्ने कुरामा आशावादी हुन सकिन्छ । विश्वको अग्लो चुचुरो सगरमाथा नेपालको लागि सानमात्र होइन गरिमा पनि हो । पर्यटनको प्रमुख आधार पनि हो । यही कुरालाई मध्यनजर राख्दै बजेटले २९ मे लाई ‘सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवस’ का रूपमा मनाइने कुरा उल्लेख गरेको छ । यसलाई नेपालको पर्यटनको इतिहासमा एक महत्वपूर्ण कदम मान्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल निर्माण गरिने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ढाँचा परिवर्तन गरी निजी क्षेत्रसँगको साझेदारीमा अगाडि बढाउने व्यवस्था बजेटले गरेको छ । त्यसैगरी भरतपुर विमानस्थलको विस्तार, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका साथै सञ्चालनमा नआएका केही पहाडी क्षेत्रका विमानस्थललाई साहसिक पर्यटनका रूपमा विस्तार गर्ने पनि योजना लिइएको छ । पर्यटनका क्षेत्रमा यी आफैमा उपलब्धीमूलक कार्य योजना भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सन्दर्भमा बजेटले केही कुरा पनि उठान नगर्नु अत्यन्य दुःखद विषय हो ।

नेपालको लागि उर्जापछिको सम्भावनायुक्त क्षेत्र भनेको पर्यटन नै हो । यसले आयात निर्यातको झमेलाबाट दुई कदम अगाडि बढ्दै विदेशी मुद्रा आर्जनको सहज माध्यमको रूपमा काम गर्न सक्दछ । नेपालका अन्य क्षेत्रहरू सुस्ताउँदै गइरहेको सन्दर्भमा पर्यटनको विकास गर्नसकेमा बिप्रेषणमा आधारित मुलुकको अर्थतन्त्रलाई पर्यटनले टेवा दिन सक्थ्यो । त्यसैले अवका दिनहरूमा नेपालले पर्यटनको विकासका निम्ति पर्यटन पूर्वाधारको विकास गर्दै पर्यटन शिक्षा, बजारीकरण र कुटनैतिक पहललाई समेत ध्यान दिनु पर्दछ । धार्मिक, सांस्कृतिक, साहसिक, प्राकृतिक आदिका निम्ति नेपाल पर्यटनको मुख्य केन्द्र बन्न सक्दछ । खासगरी लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथको विकास गर्दै बौद्ध एवम् हिन्दु पर्यटनको विकास गर्न सरकारले ढिला गर्नुहुँदैन । यसैगरी सगरमाथा र प्राकृतिक मौसमको विविधताको मजा लिन नेपालजस्तो सुन्दर र सस्तो गन्तब्य मुलुक पर्यटकका लागि उपयुक्त हुने कुराको सन्देशसहितको पर्यटन बजार प्रवद्र्धनका निम्ति कार्य गर्नु आवश्यक छ । बजेटले पर्यटनका सन्दर्भमा जेजस्ता रणनीति एवम् उद्देश्यहरू राखे पनि तिनको कार्यान्वयनको पक्ष निकै महत्वपूर्ण मानिन्छ । त्यसैले बजेट कार्यान्वयनको निम्ति संयन्त्रलाई बलियो बनाउनु जरुरी छ । खासगरी शान्ति, स्थायित्व र बजारीकरणका पक्षहरूलाई बलियो बनाउँदै जानु नेपालको पर्यटन विकासको लागि अति जरुरी छ । त्यसैले यसप्रति पनि बजेट परिलक्षित हुँदै जानुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?