ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

नयाँ महामारी ‘सुपरबग्स’ को उदय

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

१३ औं शताब्दीमा ब्ल्याक डेथदेखि २०२० मा कोभिडसम्म, आधुनिक मानव सभ्यताले कैयौँ महामारीको सामना गरिसकेको छ । प्रत्येक पटक मानिसले यी चुनौतीहरूलाई सामना गर्ने उपाय पनि पत्ता लगाएको छ । तर, अहिले सुपरबग्स नामक एउटा नयाँ खतराको उदय भएको छः । जसको उदयले एउटा फरक चुनौती थपिएको छ । सुपरबग्स कुनै एउटा जिवाणुको नाम भने होइन, एन्टिबाओटिक बिरुद्ध प्रतिरोध हासिल गरेका जीवाणु नै सुपरबग्स हुन् । यी ब्याक्टेरियाहरूलाई एन्टिबायोटिकजस्ता परम्परागत औषधि उपचारहरूबाट प्रभावहिन रहने हुनाले जनस्वास्थ्यको लागि ठूलो जोखिम खडा गरिरहेका छन् । सन् १९४० भन्दा पहिले, सानो चोटपटक र घाउको कारणले पनि मान्छेको मृत्यु हुन्थ्यो । यो चोटले गर्दा नभई चोटमा इन्फेक्सनको कारणले हुने गथ्र्यो । तर, सन् १९२८ मा लन्डनको सेन्टमेरी अस्पतालका ब्याक्टेरियोलोजीका प्राध्यापक अलेक्ज्याण्डर फ्लेमिङले पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाए । पेनिसिलिनको खोजले एन्टिबायोटिकको युग सुरु ग¥यो, जसलाई चिकित्सा क्षेत्रमा सबैभन्दा ठूलो प्रगतिको रूपमा लिन सकिन्छ । यस पश्चात सन् १९४० देखि १९६२ सम्म अन्य थुप्रै एन्टिबायोटिकको खोज गरियो । हामीसंग लगभग सबै ब्याक्टेरियाको बिरुद्ध एन्टिबायोटिक उपलब्ध भएकोले अहिले मानिसले चोटपटकको कारणले ज्यान गुमाउनु पर्दैन ।

हामीहरू मध्ये प्रायले रुघाखोकी, ज्वरो, पखाला आदिमा सहजै एन्टिबायोटिक सेवन गर्छौं । यहि कारणले नयाँ समस्याको जन्म भएको छ, जुन हो– “एन्टिबायोटिक प्रतिरोधी गुण” । एन्टिबायोटिक प्रतिरोध तब उत्पन्न हुन्छ, जब रोग फैलाउने ब्याक्टेरियाविरुद्ध एन्टिबायोटिक ब्याक्टेरियाले आफ्नो अनुकूल बनाइदिन्छ । एन्टिबायोटिकको नियमित प्रयोगले ब्याक्टेरियाले बिस्तारै आफ्नो जीनमा परिवर्तन ल्याई एन्टिबायोटिक बिरुद्ध प्रतिरोधात्मक क्षमता गर्न सक्छन् । प्रतिरोधी ब्याक्टेरियाले आफ्नो प्रतिरोधी जीनलाई विभिन्न प्रजातिका ब्याक्टेरियाहरूमा पनि स्थानान्तरण गर्न सक्छ जसलाई होरिजेन्टल जीन स्थानान्तरण भनिन्छ । यो डार्विनको ‘प्राकृतिक चयन’ सिद्धान्तको उदाहरण हो । एन्टिबायोटिक रेसिस्ट्यान्स (प्रतिरोधी) कुनै नयाँ खोज भने होइन, पेनिसिलिन पत्ता लागेको १५ वर्षपछि नै यसको प्रतिरोधात्मक क्षमता पत्ता लागेको थियो । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेजिस्ट्यान्सका अनुसार सन् १९९० देखि २०१९ को बीचमा हरेक वर्ष १० लाख मानिसको मृत्यु एन्टिबायोटिक प्रतिरोधकै कारणले हुने देखाएको छ । उपलब्ध तथ्याङ्कको आधारमा प्रमुख एन्टिबायोटिकहरूको प्रतिरोध दर सन् २००१ मा लगभग १६% बाट २०२० मा ४४% मा बढेको देखिन्छ । ल्यान्सेटमा प्रकाशित एउटा नयाँ अध्ययनले एन्टिमाइक्रोबियल प्रतिरोधी रोगजनक वा एएमआरले सन् २०५० सम्ममा ३ करोड ९० लाखभन्दा बढी मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकको सन् २०१७ मा प्रकाशित प्रतिवेदन अनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वले वार्षिक ३.४ खर्बसम्म आर्थिक घाटा व्यहोर्नुपर्ने हुन सक्छ । विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य चुनौतीमा सामेल गरेको छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्ने उपाय भनेको एन्टिबायोटिकको विकल्प खोज्नु वा नयाँ एन्टिबायोटिकको खोज हो । यी दुवै गर्न विज्ञान जगत सफल भएको छैन । पछिल्लो एन्टिबायोटिक सन् १९८७ मा पत्ता लागेको थियो र एक एन्टिबायोटिक विकास गर्नको लागी औसत लागत १.५ बिलियन अमेरिकी डलरसम्म हुन सक्ने वैज्ञानिकले आँकलन गरेका छन् ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्सको फैलिँदो दर निम्न तथा मध्यम आय भएका देशमा बढी हुन्छ, जसमा नेपाल पनि पर्दछ । नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक्स उपलब्ध छन् र करिब ५० कम्पनीले एन्टिबायोटिक देशभित्र उत्पादन गर्दै आएका छन । नेपालले प्रति वर्ष १ बिलियन अमेरिकी डलर बराबरको एन्टिबायोटिक आयात गर्दछ, जुन कुल औषधि आयात मूल्यको लगभग ३०% हो । एन्टिबायोटिकको सहज उपलब्धताले नै नेपाललाई एन्टिबायोटिक रेसिस्ट्यान्सको उच्च जोखिममा पारेको छ । एन्टिबायोटिकको अत्यधिक प्रयोग, स्व–औषधि अभ्यास, सुबिधा सम्पन्न अस्पताल र क्लिनिकहरूको अभाव र पशु कृषिमा वृद्धि प्रवद्र्धकको रूपमा एन्टिबायोटिकको प्रयोग जस्ता कारकहरू नेपालमा एन्टिबायोटिक रेसिस्ट्यान्सको उच्च जोखिमको कारक हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा प्रकाशित एक अध्ययन अनुसार २८% बिरामीले चिकित्सकको परामर्श बिना औषधि प्रयोग गर्दछन् । चिकित्सकको परामर्श लिएपनि धेरैजसो बिरामीहरूले औषधिको डोज नै पूरा गर्दैनन् र लक्षणहरू कम हुन थालेपछि सामान्यतया २–३ दिनपछि औषधिहरू खान छोड्छन्, जसले रोगको अवधि लम्ब्याउँछ र प्रतिरोधको विकासको दरलाई गति दिन्छ । चिकित्सकले सेनसिटिविटी (संवेदनशीलता) परिक्षण गराई र त्यसलाई सहि विश्लेषण गरि मात्र एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिनुपर्छ । एन्टिमाइक्रोबियल संवेदनशीलता परीक्षणहरू ब्याक्टेरियामा एन्टिबायोटिकको सम्भावित प्रभावकारिता निर्धारण गर्न र ब्याक्टेरियाले निश्चित एन्टिबायोटिकहरूप्रति प्रतिरोधात्मक क्षमता विकास गरेको छ कि छैन भनी निर्धारण गर्न परीक्षण प्रयोग गरिन्छ । यस परीक्षणको नतिजाहरू संक्रमणको उपचारमा प्रभावकारी हुने औषधि छनोट गर्न प्रयोग गर्न सकिन्छ । तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (ल्ज्च्ऋ) को २०२१ को अध्ययन अनुसार एन्टिबायोटिक संवेदनशीलता (सेनसिटिविटी) परीक्षणका लागि ३२ प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीको मात्र प्रयोगशालामा पहुँच छ । तीमध्ये केवल ४९ प्रतिशतले बिरामिको लागि एन्टिबायोटिक सिफारिस गर्नु अघि एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्न सिफारिस गर्छन् । हालै नेपालमा क्लेब्सेलाका सुपरबग फेला परेसंगै स्वास्थ्य क्षेत्र नै त्रसित बनेको छ ।

नेपालमा गाईवस्तु, सुँगुर र कुखुरामा वृद्धि प्रवद्र्धकको रूपमा र उत्पादन घाटा कम गर्न एन्टिबायोटिकको चरम दुरूपयोग हुदै आएको छ । एन्टिमाइक्रोबियलहरूको भन्सार शुल्क र दर्ता शुल्कको कम हुने हुनाले प्रायः फिड एडिटिभ वा फिड सप्लिमेन्टको रूपमा आयात गरिन्छ । एक अनुसन्धान अनुसार, पशु चिकित्सा को ७०% भन्दा बढी औषधि उचित भण्डारण सुविधा र पशु चिकित्सा प्रशिक्षण नभएका खुद्रा आउटलेटहरूबाट बिक्री हुन्छन । पशुपंक्षीमा अनावश्यक एन्टिबायोटिक्स प्रयोग भयो भने पशुपन्छीमा औषधिको प्रभाव वा अवशेष पशुपंक्षीको शरीरमा केही अवधिसम्म रहिरहन सक्छ । यस्तो बेला ती पशुजन्य उत्पादन जस्तै दुध, अण्डा र मासुको सेवनले ती औषधिको अवशेषहरू मानव शरीरमा जान सक्छन् । त्यसपछि शरीरमा भएका ब्याक्टेरिया ती प्रति जैविक औषधिहरूको सम्पर्कमा आउँछन् र यिनीहरूले औषधिको प्रभावबाट बच्नका लागि आफूमा प्रतिरोधात्मक क्षमताको विकास गर्छन् । यसरी मानव शरीरमा प्रतिरोधी प्रजातिको विकास हुन्छ ।

सरकारले एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) क्षेत्रमा चासो नदेखाएको भने होइन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बंगलादेशको प्राविधिक सहयोगमा एएमआरको निगरानी नेपालमा सन् १९९९ मा सुरु गरेको थियो । ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’ ले एएमआरलाई एक महत्वपूर्ण जनस्वास्थ्य सरोकारको रूपमा प्राथमिकता दिई एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने आवश्यकतालाई औँल्याएको थियो । ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७’ ले पनि एन्टिबायोटिक प्रतिरोधलाई जनस्वास्थ्य चुनौतीको रूपमा पहिचान गरि ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्सका लागि राष्ट्रिय कार्ययोजना २०२१–२०२६ तयार पारेको छ । यस कार्ययोजनाको उद्देश्य नेपालमा एएमआरको उदयलाई न्यूनीकरण गर्दै “एक स्वास्थ्य रणनीति“ का लागि अन्तरक्षेत्रीय समन्वय सुनिश्चित गर्नु हो ।

एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्न कोही बैज्ञानिक फेजथेरापी जस्ता अवधारणा अघि सार्दैछन् भने कोही बैज्ञानिक नयाँ एन्टिमाइक्रोबियलको खोज गर्न लागिपरेका छन् तर यी प्रभावकारी हुन केही समय लाग्ने देखिन्छ । सामान्य ज्वरो, रुघा र पखालामा एन्टिमाइक्रोबियलको दुरूपयोग हुने हुँदा, चिकित्सकको परामर्शबिना एन्टिमाइक्रोबियल खरिदमा रोक लगाउने प्रणाली कार्यान्वयन गर्न आवश्यक देखिन्छ । स्वास्थ्यकर्मीले एन्टिमाइक्रोबियल प्रयोगका मापदण्डलाई मध्यनजर राख्दै उपचार गर्नुपर्छ र समुदायलाई यसको बारेमा सचेत गराउने जिम्मेवारी बहन गर्नुपर्छ । कृषकले एन्टिबायोटिक प्रयोग घटाएर खोपको प्रयोग र राम्रो पशुपालन अभ्यासलाई प्रवद्र्धन गर्नुपर्छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२४ “प्रतिजैविक प्रतिरोधः बुझौँ, बुझाउ आजैबाट रोकथाममा जुटौँ” भन्ने मूल नाराका साथ मनाइँदै गर्दा सरोकारवालाहरू एकजुट भई एन्टिबायोटिक प्रतिरोधको कारण, नतिजा र रोकथामको बारेमा जनचेतना जगाई एन्टिबायोटिक प्रतिरोधको फैलावटलाई सुस्त बनाउन र भावी पुस्ताको भबिस्य त्रासरहित बनाउन आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
(लेखकःमहाराजगञ्ज मेडिकल क्याम्पसमा बिएस्सी एमएलटी मा अध्ययनरत छन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?