ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

धुर्काेटको विकासका आधारः कृषि र पर्यटन

४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

१५ औं शताब्दीमा धुर्काेट राज्यको स्थापना भएको मानिएको छ । वि.सं. १४६५ देखि धुर्काेट मल्ल राज्यको रूपमा अस्तित्वमा देखिन्छ । त्यसअघि यहाँ मगरहरूको नेतृत्व हावी थियो भनिन्छ । मल्लहरूको नेतृत्व सुरु भएपछि मगरहरू कता बसाई सरे भन्ने कुरा अनुसन्धानको बिषय छ । हाडहाडे धनमुढाका मगरहरू धुरबाट बसाई सरेको हुनसक्छ । कालिगण्डकी क्षेत्रमा स्थापित चौबिस (२४) राज्यहरू मध्ये धुर्काेट एउटा थियो । यि राज्यहरूलाई चौबिसे नामले पुकारिन्थ्यो । धुर्काेटको सबै भन्दा पुरानो बस्ती धुर गाउँ हुनुपर्छ । धुर गाउँले नै शिरमा कोट (कोत) स्थापना गरेको हुनुपर्छ । राजदरबार (राजास्थल) पनि कोतसँगै स्थापना र सञ्चालन भएको पाइन्छ । साविक धुर्कोट रजस्थल गाविस अहिले धुर्कोट गाउँपालिकाको ६ नं. वडा रजस्थलको नामकरण राजस्थलबाट अपभ्रम्स भई रजस्थल भएको हुनुपर्छ । यसरी धुर्काेट रजस्थल सात सय (७००) धुर्काेट अर्थात सातसय कुरियाको प्रशासनिक केन्द्र थियो, एक समय । पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित भई बनाइएको छ धुर्काेट राज्य । पखेरोमा बस्ती र बेँसी फाँटमा खेती । धुरको पखेरोमा बसोबास र त्यसको सिरानमा अवस्थित डाँडोमा राजस्थल (राजदरबार) अर्थात प्रशासनिक प्रबन्ध । जुन डाँडा शत्रुको आक्रमणबाट चारैतिरबाट सुरक्षित देखिन्छ । यहाँ मल्ल, थापा, जिसी, खत्री, भण्डारी, पोख्रेल, गाईने, विश्वकर्मा, सामत, दर्जी आदि विभिन्न जातजातीहरूको बसोबास पाइन्छ राज्यको स्थापनाकालदेखि नै । भण्डारीहरूको बसोबास घनारूपमा वस्तु र रजस्थलमा पाईन्छ । भण्डारी थर कसरी कायम भयो होला भनी केलाउँदा राजदरबारमा भण्डारे (भण्डारणको जिम्मेवारी पाएको) बाट भण्डारी भएको हुनुपर्छ भनी तर्क गर्न सकिन्छ ।

भण्डारीहरूको बाक्लो बस्ती रहेको वस्तु शिक्षा क्षेत्रमा धुर्काेटको अग्रणी केन्द्र रह्यो । १९८२ सालमा वस्तुको हटियामा स्थापना भएको दावी गरिएको हटिया प्राथमिक विद्यालय सम्भवतः गुल्मी जिल्लाकै पुरानो एवं पश्चिम गुल्मीको सबै भन्दा पुरानो पाठशाला हो । यद्यपी यसको तथ्य परीक्षण हुन भने बाँकी छ । गुल्मीको सबैभन्दा पुरानो विद्यालय रुरुको संस्कृत पाठशाला हो । हटिया प्रा.वि. र रुरु संस्कृत पाठशाला समकालिन हुन सक्छन् । यसको खोज अनुसन्धानमा हामी अग्रसर हुनु जरुरी छ । शताब्दी पुगेको शिक्षण संस्था वस्तुमा हुनु हाम्रो लागि गौरवको विषय हो । धुर्काेटकै पिपलधारामा सञ्चालित गणेश माध्यमिक विद्यालय पनि पश्चिम गुल्मीको सबैभन्दा पुरानो शिक्षण संस्थामध्ये एक हुनु हाम्रो लागि अर्को गौरवको विषय हो । २००१ सालमा गुरुकुल पाठशालाको रूपमा सञ्चालन भई २०१५ सालमा साधारण प्राथमिक विद्यालयमा रूपान्तरण भएको प्रमाणित आधार छ । पश्चिम गुल्मीको सबैभन्दा पुरानो माध्यमिक विद्यालय वस्तुको हिमालय माध्यमिक विद्यालय भएको तथ्य निर्विवाद छ । २०१४ सालमा निम्न माध्यमिक विद्यालय तहमा स्थापित भएको यो विद्यालय २०१५ सालमा माध्यमिक तह बन्यो । यसको जग हो हटिया प्रावि । यस आधारमा हटिया प्राविको इतिहास पुरानो हुनुपर्छ । धुर्काेट रजस्थल र वस्तु दुबै गाउँलाई पायक पर्ने स्थानमा सञ्चालन भएको देखिन्छ हटिया प्रावि (पाठशाला) । अहिलेपनि हिमालय मावि पश्चिम गुल्मीको केन्द्रिय संस्थाको रूपमा स्थापित छ । यसरी वस्तु पहिलेदेखिकै शैक्षिक गन्तव्य हो । अहिलेपनि स्नातक तहसम्म पढाई सञ्चालन भएको यही संस्था मात्र छ पश्चिम गुल्मीमा । अतः यसलाई पश्चिम गुल्मीको विश्वविद्यालयको पूर्वाधारको रूपमा विकास गराउन सकिन्छ । धुर्काेट गाउँपालिकाले यसलाई केन्द्रिय संस्थाको रूपमा पूर्वाधार विकासमा लगानी गर्ने एवं विकास र प्रवद्र्धन गर्ने । पश्चिम गुल्मीका सबै माध्यमिक विद्यालयहरूसँग समन्वय गरी स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने । धुर्काेट गाउँपालिका अन्तरगतका सबै वडाका घरधुरीबाट दान दातव्य सङ्कलन गर्ने हो भने निकट भविष्यमा यो योजना सफल हुन सक्छ । आगामी पुस्ताले थप ईट्टा लगाउने नै छ । हटिया प्रावि र गणेश माविलाई धुर्कोट गाउँपालिकाले विशेष संरक्षण र प्रवद्र्धन गर्न जरुरी देखिन्छ । जो धुर्काेटका शैक्षिक धरोहर हुन् ।
धुर्काेट गाउँपालिका अन्तरगत नयाँगाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, जैसीथोक, वस्तु र वाग्ला वार्ड (साविक गाविस) पर्दछन् अहिले । पहिले भनभने पनि थियो । जो अहिले अलग्गिएर मदाने गाउँपालिकामा मिस्सिएको छ । यो ८ गाविस क्षेत्र धुर्काेट कहलिन्थ्यो, केही बर्ष अघिसम्म । बडादशैँको टिकाको साइतको सूचना धुर्काेटको कोतमा नगरा (दमाहा) बजाएर बाँडिन्थ्यो । यसरी साँस्कृतिक रूपमा पनि धुर्काेट एकमत थियो र छ । बडादशैँको नवमी र पूर्णिमामा धुर्काेटको कोटमा लाग्ने सरायँ नाच मेला पश्चिम गुल्मीमै प्रसिद्ध छ । जो अहिले फैलिएर लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा पनि झरेको छ । बडादशैँका दिनदेखि पूर्णिमासम्म धुर्काेटका सबै वडा नयाँगाउँ, पिपलधारा, जैसीथोक, वस्तु र वाग्लामा पनि सरायँ नाच मेला लाग्छ । आगामी दिनमा धुर्काेटेहरू धुर्काेटको दीर्घकालीन विकासका लागि एकजुट हुनुपर्छ । गाउँपालिकाले सस्तो लोकप्रियताका लागि भन्दा दीर्घकालीन ढङ्गले योजना तर्जुमा गरी काम गर्नु जरुरी छ ।

नामकरण सम्बन्धमा सामान्य विश्लेषण गर्दाः
नयाँगाउँ अर्थात नयाँ विकास भएको गाउँ । पिपलधारा–लहरै पिपलहरू भएको डाँडा । पिपलडाँडाबाट अपभ्रम्स भई पिपलधारा भएको हुनुपर्छ। पिपल नजिकै धारा समेत भएको हुनसक्छ । पिपलको धाराबाट पिपलधारा भएको पनि हुनसक्छ । अहिलेपनि पिपलधारा भन्ने डाँडामा दुईटा पिपल बोट छन् इतिहासका साक्षीका रूपमा। वस्तु–सम्भवतः वस्तीबाट अपभ्रम्स भई वस्तु नाम रहेको हुनसक्छ । यो वस्ती पुरानो र बाक्लो हुनुपर्छ । दरबार निकटको सम्म परेको ठाउँको यो वस्ती रमणीय र आकर्षक छ। अहिलेपनि भण्डारीहरूले भरिएको गाउँ हो वस्तु । रजस्थल–राजस्थल, रजस्थल । जैसीथोक–बाक्लो संख्यामा बाहुनहरूको बसोबास भएकोले जैसीहरूको थोकबाट थैसीथोक भएको हुनसक्छ । यहाँ बडादशैँको त्रयोदशीको दिन भव्य सरायँ नाच मेला लाग्छ । जसलाई बाहुन गाउँको मेला भन्ने गरिन्छ, बोलचालको भाषामा । धुर्काेटको विकासका लागि पर्यटन र कृषि मुख्य श्रोत हुन सक्छन् । नयाँगाउँ र पिपलधारामा सुन्तला र कागती खेती फस्टाउन सक्छ । हाडहाडेमा पर्यटकका लागि होमस्टे फस्टाउन सक्छ । वस्तुको विचित्र गुफा, रजस्थलको ऐतिहासिक कोत तथा राजदरबार, पिपलधाराको थामाचौर र नयाँगाउँको कोत, जैसीथोक बाहुन गाउँको कोत, आदि थुमथुमका कोतहरू दर्शनीय स्थलहरू छन् । सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?