ट्रेंडिंग:

>> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा

गणतन्त्र प्राप्तिपछिको नेपाली अर्थतन्त्र

२० जेष्ठ २०८१, आइतबार
२० जेष्ठ २०८१, आइतबार

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा भएको १६ वर्ष पुगिसकेको छ । दश वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन, आदिबासी जनजाति आन्दोलन लगायतका आन्दोलनहरूबाट मुलुकमा यस्तो शासन व्यवस्था स्थापित भएको हो । योसँगै नेपालले २०७२ मा नयाँ संविधान पनि प्राप्त गरेको छ र उक्त संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा उल्लेख गरिएको छ । यस्तो उपलब्धी पश्चात् मुलुकमा आर्थिक असमानता कम गर्ने र गरिवी न्यूनिकरण गरी समावेशी आर्थिक विकास हुने अपेक्षा गरिएको थियो । त्यसो त १६ वर्षको अन्तरालमा मुलुकको सामाजिक, सांस्कृतिक एवम् आर्थिक अवस्थामा केही सुधार देखिएको पनि छ । यसमा पनि सामाजिक एवम् सांस्कृतिक परिवर्तनमा व्यापक प्रगति भएको देखिन्छ । तर, मुलुक र जनताको आर्थिक पक्षमा भने सोचेअनुरूप प्रगति भएको देखिँदैन । यद्यपि केही पक्षमा सुधार भने देखिएको छ ।

यो अन्तरालमा मुलुकको कूल ग्राहस्थ्य उत्पादन र प्रतिव्यक्ति आय दुवैमा सुधार देखिएको छ । आय असमानता कम भएको छ र भौतिक पूर्वाधारको विकासमा सुधार देखिएको छ । आर्थिक वर्ष २०६४/६५ मा ८ खर्ब १५ अर्बको आकारमा रहेको कूल ग्राहस्थ्य उत्पादन चालु आर्थिक वर्षसम्म आइपुग्दा ५७ खर्ब ५ अर्ब हुने अनुमान छ । प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १४५६ अमेरिकी डलर पुगेको छ । यसका साथै विद्युत उत्पादन ७ सयबाट बढेर ३ हजार ६० मेघावाट पुगेको छ । निरपेक्ष गरिबीलाई हेर्ने हो भने ३०.८ प्रतिशतबाट घटेर २०.३ प्रतिशतमा झरेको छ । त्यसैगरी आर्थिक वर्ष २०६०/६१ मा आय असमानता देखाउने ‘जिनीकोफिसेन्ट’ मा सुधार आई ०.३० कायम भएको छ । यस दौरानमा नेपालीको औषत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको छ । साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.२ वर्ष र आधारभूत खानेपानीको पहुँच ४५ प्रतिशतबाट ९७ प्रतिशत पुगेको छ । यसका साथै गणतन्त्रको स्थापना पश्चात् मुलुकको राजनैतिक एवम् प्रशासनिक क्षेत्रमा लैंगिक पहुँच समानताको दिशामा अगाडि बढिरहेको छ । शिक्षा र स्वस्थ्य क्षेत्रमा पनि व्यापक सुधार आएको छ ।
गणतन्त्रको स्थापनासँगै केही क्षेत्रमा भने अझै सुधार गर्नुपर्ने आवश्यकता छ । संघीय, प्रदेश र स्थानीय निकाय गरी तीन तहको सरकारको संरचनाले देशमा चालू खर्च बढ्दै जाँदा मुलुकलाई आर्थिक भार थपिएको छ । जसको परिणामस्वरूप विकास निर्माणका लागि सरकारले गर्ने पूँजीगत खर्चको अंश कम हुँदै गएको छ । राजस्वमा चाँप बढ्दै जाँदा सार्वजनिक ऋणको आकार पनि वृद्धि हुँदै गएको छ । जसले गर्दा सार्वजनिक वित्त व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ ।

लामो समयको राजनैतिक संक्रमणकाल, भारतीय सीमामा भएको नाकाबन्दी, कोभिड १९ को असर आदिले गर्दा मुलुकको आर्थिक क्षेत्रमा खासै प्रगति हुन सकेन । खासगरी सरकारको पूँजीगत खर्चको अनुपात घट्दै जाने र निजी लगानी प्रोत्साहन हुन नसक्दा औद्योगिकरणमा सुस्ती देखाप¥यो । बैंकहरू उत्पादनमुखीभन्दा पनि नाफामुखी भइदिँदा पूँजी निर्माणले गति लिन सकेन । विप्रेषणको भरमा पर्दा निर्यातबारे सरकारको सक्रियता बढ्न सकेन । यसको परिणामस्वरूप मुलुक उच्च आयात एवम् न्यून निर्यातको चपेटामा पर्दै गयो र व्यापार घाटा पनि चुलिँदै गयो ।

कृषि क्षेत्रमा सिचाई, विउविजन, मलखाद, भण्डारण र बजारीकरणका समस्याहरू समाधान हुन सकेका छैनन् । उद्योग क्षेत्रले श्रम समस्या झेल्नु परिरहेको छ । पर्यटनमा पूर्वाधार र प्रचार प्रसार बढ्न सकेको छैन । जलविद्युत उत्पादनमा आयोजना सम्पन्न गर्नमा चुस्तता आवश्यक छ । वास्तविक मुद्रास्फीति तीब्ररूपमा बढ्दै जाँदा आम मानिसको क्रयशक्ति क्षीण हुँदै गएको छ । त्यसैले उच्च ज्यालाको आसमा ‘ब्रेनड्रेन’ र ‘बडिड्रेन’ को क्रम बढ्दै गएको छ । आर्थिक वर्ष २०६१/६२ मा करिब एक लाखको हाराहारीमा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर, आर्थिक वर्ष २०६२/६३ पछि कामको खोजीमा विदेशिने नेपालीको सङ्ख्या वार्षिक रूपमा बढिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७ लाख ७१ हजार ३ सय २७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

एकातिर गरिबी र आय असमानताले मुलुकमा जरो गाडेको छ भने अर्काेतिर स्वदेशी उत्पादन क्षमता खस्कँदै गएको अवस्था छ । त्यसैगरी आयात र निर्यातको खाडल बढ्दै गएको छ । कृषि तथा उद्योग दुवै क्षेत्रमा लगानी न्यून छ । भौतिक पूर्वाधारको अभाव, उर्जा सङ्कट तथा राजनैतिक अस्थिरताले अर्थतन्त्रलाई अगाडि बढ्न दिएको छैन । आयातमा निर्भर भएको हुँदा चर्काे सीमान्त उपभोग प्रवृत्ति हुँदाहुँदै पनि लगानी गुणक कमजोर छ । यति हुँदाहुँदै पनि नेपाली अर्थतन्त्रमा बैदेशिक रोजगारीले केही राहत नदिएको भने होइन । तर, बढ्दो विप्रेषण आप्रवाहले एकातिर आयातलाई बढाएको छ भने अर्काेतिर मुलुकभित्र उत्पादनका गतिविधिहरूमा नकारात्मक प्रभाव पारेको छ । यसले गर्दा मुलुक ‘रेमिट्यान्स ट्रयाप’ मा फस्ने खतरा देखिन्छ ।

गणतन्त्र प्राप्तीपछि पनि मुलुकको अर्थतन्त्र गरिबी, बेरोजगारी, आय असमानता, मुद्रास्फीति, उच्च व्यापार घाटा, न्यून आर्थिक वृद्धिजस्ता विविध समस्याले ग्रसित छ । त्यसैले बिरामी अर्थतन्त्रको उपचारका लगि राजनैतिक स्तरबाटै अर्थतन्त्रका सन्दर्भमा साझा दृष्टिकोण कायम गर्दै समयमै पूँजीगत खर्च गर्ने, निजी लगानी आकर्षित गर्ने, गैर आवासीय लगानी भित्र्याउन रणनैतिक पहल गर्ने र प्रत्यक्ष वैदेशिक लगानीलाई पनि आकर्षित गर्नु आवश्यक छ । जति पनि परिवर्तनहरू भएका छन्, सबैको मुख्य उद्देश्य भनेको आम जनताको आर्थिकस्तर उकास्नु नै हो । अतः राजनीतिको गाडी सत्ताको फोहरी खेलबाट आर्थिक–सामाजिक समुन्नतितिर मोडिनु जरुरी छ ।

जनताको जीवनस्तर माथि उठाउनु आजको मुख्य विषय हो, जसको नम्ति गणतन्त्र सदैव अग्रसर रहनु पर्दछ । उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवम् सुशासन कायम गर्न नसकेसम्म यस्तो उपलब्धी प्राप्त गर्न सम्भव छैन । त्यसैले जबसम्म प्रत्येक नेपाली नागरिकको जीवनस्तरमा सुधार आउँदैन, तबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुन सक्दैन । गणतन्त्रले आर्थिक सम्वृद्धिलाई प्राथमिकतामा राख्नु आवश्यक छ । जनताको आधारभूत आवश्यकताको प्रत्याभूतिसहित आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि संघीयता बलियो बनाउँदै गणतन्त्रप्रतिको विश्वास बढाउँदै जानु जरुरी छ । खासगरी आर्थिक समुन्नतिका निम्ति सरकारले भौतिक पूर्वाधारको विकास गर्दै नीतिगत अनुकुलता बनाएर निजी क्षेत्र र बाह्य क्षेत्रको लगानी आकर्षित गर्नु आवश्यक छ । अतः समग्र राजनैतिक दलहरू आर्थिक विषयमा एक भई समृद्धिको यात्राका लागि हातेमालो नगरेसम्म गणतन्त्रबाट अर्थतन्त्रको सुधार सम्भव हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?