© २०२३
राज्यद्वारा शिक्षा क्षेत्रमा पछाडि पारिएको रूपन्देहीको दक्षिणी भेक मर्चवार क्षेत्रको एक गाउँमा स्थानीयको पहलबाट विद्यालय तहमा व्यवस्थापन विषय समूहको पढाइ शुरु भएको छ । स्थानीयको पहलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको भुजहिया गाउँमा रहेको बि.सं.२०१९ सालमा स्थापित बलरामपुर माबिमा महायज्ञको पैसाले कक्षा ११ का पढाइ शुरु भएको हो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरिबहादुर यादवले दिएको जानकारी अनुसार महायज्ञमा बचेको रकम शिक्षा कार्यालयमा धरौटी राखी ११ कक्षा संचालन अनुमति लिई शिक्षा तथा व्यवस्थापन समूहमा कक्षा शुभारम्भ गरिएको हो । गाउँमा कक्षा ११ र १२ अध्ययन गर्न पाएपछि खास गरि मधेशी छात्राहरूको संख्यामा बृद्धि हुने अध्यक्ष यादवको भनाइ छ ।
त्यसैगरि भुजहिया गाउँ नजिकै रहेका बलरामपुर माबिमा कक्षा ११ मा पढाइ शुरु भएपछि आफूले कक्षा १० पास गरि घरमा बस्नु भन्दा भर्ना गराएकी छात्रा बिद्या चौधरीले बताइन् । उनले बिद्यालय टाढा भएकै कारण असुरक्षाका कारण कतिपय मधेशी छात्राहरू बीचमै पढाइ छाड्नु पर्ने बाध्यतालाई अन्त्य गर्न राज्यले सबै माबिहरूलाई शैक्षिक स्तरोन्नती गरि गाउँमै माथिल्लो कक्षा दिलाउनुपर्ने सुझाव समेत दिएकी छन् ।
त्यस्तै पहिलो शैक्षिक शत्रमै ४५ जना यसै बिद्यालयबाट एसइइ उतीर्ण विद्यार्थी र १५ जना अन्य बिद्यालयबाट भर्ना लिई अध्यापन भइरहेको अवस्थामा बलरामपुर माबिले प्राबिधिक शिक्षामा जाने रणनीति बनाएको हुँदा स्थानीय सरकारले बिशेष ध्यानदिनु पर्ने प्राचार्य राकेशलाल श्रीवास्तवले आग्रह गरेका छन् । आफ्नै गाउँमा रहेको २०१९ सालमा स्थापित बलरामपुर माबिले शिक्षामा ल्याएको खबर सुनेर बैदेशिक रोजगारको शिलशिलामा अष्ट्रेलियामा बस्दै आएकी दयाराम हेल्प फाउण्डेशन अध्यक्ष सुनिता यादवले उत्कृष्ट छात्राछात्रबृत्ति प्रदान गर्ने घोषणा समेत गरेकी छन् । à