ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जैविक विविधता योजनाको हिस्सा किन र कसरी बन्ने ?

वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमूल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही, बाध्यता र केही स्वार्थले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् ।
९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

विश्वको अग्लो शिखर सगरमाथादेखि समुन्द्री सतहदेखि ५७ मिटर मात्र उचाइमा रहेको मुसहरनिया विचको दुरी छोटो भएपनि यी दुइ ठाँउ बिचको भोगोलिक विविधता निकै धेरै छ । यही भौगोलिक विविधतामा रहेका हिमाल, पहाड, तराइ अनि नदी र पहाडले बनाएका खोच, गल्छी, उपत्यका र बेसीले नेपाललाई जैविक विविधतामा समेत सम्पन्न राष्ट्र बनाएका छन् । अहिले सम्म विश्वमा १७ लाख २९ हजार सात सय प्रजातिका जीवजन्तु र वनस्पतिहरु पहिचान भएका छन् । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा हालसम्म पत्ता लागेका वनस्पतिहरुका प्रजातिहरू मध्ये ३.३ प्रतिशत अर्थात १२ हजार ४८० प्रजातिहरु र जीवजन्तु प्रजातिहरू मध्ये १.१ प्रतिशत (११,७०६ प्रजाति) नेपालमा पाइन्छन् । वन्यजन्तु विभागका अनुसार नेपालमा २०८ प्रजातिका स्तनधारी, १२३ प्रजातिका घस्रने जीव, ११८ प्रजातिका उभयचर जीव र २३० प्रजातिका माछा पाइन्छन् । चराको लागि त नेपाल स्वर्ग नै मानिन्छ । पंक्षी संरक्षण संघ नेपालका अनुसार नेपालमा ८६७ प्रजातिका चरा पत्ता लागेका छन् र अर्का नयाँ प्रजाति भेटिने क्रम वर्सेनि बढिरहेको छ । त्यसैगरी ६५१ प्रजातिका पुतलीहरु नेपालमा भेटिएका छन् । सानो क्षेत्रफलमा यति धेरै प्रजातिहरू पाइएकोले जैविक विविधताको दृष्टिमा नेपाल विश्वमा २५ औं र एशियामा एघारौं सम्पन्न राष्ट्र मानिन्छ ।

पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । वन्यजन्तुहरुले वनको पारिस्थितिक प्रणालीलाई संचालन गरिरहेका हुन्छन् । वनको संरक्षण र विस्तारमा वन्यजन्तुहरूको भूमिका ठुलो हुन्छ । बाली विविधिकरण, बाली विकास र कृषिकार्यमा जैविक विविधताले मुख्य भूमिका खेलेको पाइन्छ । वन्य वनस्पति र वन छेउँछाउँका खेतबारीहरुमा लगाइने बालीहरुमा परागसेचन गरी वनस्पति उत्पादकत्व वृद्धि गर्न चरा, किराफट्यांग्रा, मौरीले सहयोग पु¥याएका हुन्छन् । बाघ, गैंडा, अजिंगरजस्ता जीवले वन संरक्षणमा सहयोग गर्दछन् । वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यताको रक्षा गर्दछन् र पर्यटनमा सघाउँछ । नेपाल आउने अधिकांश पर्यटकहरु जंगल सफारी, पदयात्रा गरी गैंडा, बाघ, हात्ती, चरा लगायतका जीवजन्तुहरु अवलोकनमा आफुलाई केन्द्रित गर्ने भएकोले नेपालमा पर्यटन विकासमा ठुलो मद्दत पुगिरहेको छ । नेपालका आदिवासीहरुको परम्परा र जीविकोपार्जन वन्यजन्तुसंग पनि सम्बन्धित भएको देखिन्छ । जडिबुटी, वनस्पतिहरु संकलन गरेर खाने, विक्री गर्ने कार्य मानव सभ्यताको विकासक्रमसंगै चलिरहेको छ ।

विश्वब्यापी रुपमै अहिले जैविक विविधता संकटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरी शिकारी, वन विनास, तीब्र शहरीकरण र प्रदुषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अंगहरुको ठूलो माग भएकोले विश्वभरी वन्यजन्तुहरुको शिकार गर्ने कार्य भैरहेको छ । पछिल्लो समयमा नेपालमा कमजोर वन व्यवस्थापन, प्रदुषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनासले वन्यजन्तु विनासमा मुख्य भूमिका खेलेको छ । सुकुम्बासीको नाममा जंगल विनास भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका विरुवा र कन्दमूलहरु तथा मिश्रित प्रजातिका झाडीहरु निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हँुदै गएको छ । रुख काँटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहोरिने वन डढेलोको कारणले वनस्पति र वन्यजन्तु उपस्थिति पातलिदै गएको छ ।

अचेल वन छेउँछाउँका खेतवारीमा किटनाशक विषादीको प्रयोग निर्वाध बढिरहेको छ भने शहरी क्षेत्र नजिकका वनहरू अघोषित डम्पिङ साइट बनिरहेका छन् । वनमा फ्याँकिएको फोहर वर्षातको पानीले वनमा छरिदा चरनक्षेत्र असुरक्षित बन्दै गएको छ । बाँच्नको लागि खेतवारीमा विषादीयुक्त अन्न, विषादीले मरेका साना जिव र वनको फोहर समेत खाँदा जिवजन्तुहरु मर्ने क्रम बढिरहेको छ । पछिल्लो समयमा भूक्षयले वन क्षेत्रमा भएका पोखरी, ताल, खोल्सा र खोलाहरु पुरिदै गएका छन् । यस्ता कार्यहरुले वन क्षेत्रमा पानीको अभाव हुन गई वन्यजन्तुको आहार विहार र वनस्पति विकासमा प्रतिकुल असर परिरहेको छ । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर छेउँछाउँको जैविक विविधतामा परिरहेको छ । वृक्षारोपण गर्दा आयातित विरुवाहरु रोप्ने, अधिक उत्पादनको लागि हाइब्रिड बिउ रोप्ने जस्ता कार्यले नेपालका रैथाने जीवजन्तु र वनस्पतिहरु हराउने चिन्ता बढेको छ ।

वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमूल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही, बाध्यता र केही स्वार्थले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् । अहिलेको चुनौती भनेको जैविक विविधतामा भैरहेको निर्भरतालाई घटाउँदै यिनीहरुको संख्या विस्तार गर्नु हो । वृक्षारोपण गरेर, मानिस र समुदायलाई कारवाही गरेर र वन प्रवेशमा रोक लगाएर मात्र जैविक विविधता संरक्षण गर्न सकिदैन । जैविक विविधता संरक्षणका कार्यलाई सिमसार संरक्षण, वन व्यवस्थापन र दिगो अर्गानिक कृषिसँग जोडेर एकीकृत गरेर लैजानुपर्छ । राज्यका विकास निर्माण र अन्य योजनाहरु बनाउदा जैविक विविधता संरक्षण र उपयोगलाई अनिवार्य रुपमा ध्यान दिएमा जैविक विविधतामा हानी नपु¥याई त्यसबाट लाभ लिन सकिन्छ । यसवर्षको जैविक विविधताको नारा “योजनाको हिस्सा बन्नुहोस्” भन्ने रहेको छ । यो नाराले राज्यका सबै तह र समुदायले हरेक योजनाहरु बनाउँदा जैविक विविधतालाई त्यसमा समावेश गर्ने र जैविक विविधताको संरक्षणका योजनामा राज्यका सबै अंग र समुदायलाई संलग्न हुन आव्हान गरेको छ ।

जैविक विविधता संरक्षण र प्रयोग सम्बन्धी समाजमा अनेकौ रैथाने ज्ञान र सिप छरिएर रहेका छन्, यस्ता ज्ञान र सिपको संकलन, प्रचार र व्यावहारिक रुपमा लागु गर्ने काम गर्नुपर्छ । रासायनिक विषादीले जैविक विविधताको संरक्षणमा ठुलो चुनौती थपेको छ, त्यसैले यसको उत्पादन, आयात, विक्री र प्रयोगमा कडाई गर्नुपर्छ । डढेलो रोकथाम, जडिबुटी र अन्य वनस्पतिको व्यवस्थित संकलन, जैविक करिडोर निर्माण, शहरी हरियाली वृद्धि जस्ता कार्यहरुलाई जैविक विविधता संरक्षणको अभिन्न अंगको रुपमा संचालन गर्नुपर्छ । तिनै तहका सरकार र संरक्षणमा संलग्न निकायहरुले यी कुराहरु समयमै बुझ्न सकेमा नेपाल जैविक विविधताको स्वर्ग रहिरहनेछ र यसबाट नेपालीले लाभ लिईरहन सक्नेछन् ।

[email protected]

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?