ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

किताब समेत पाउँदैनन् विद्यार्थी

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

ग्रामीण क्षेत्रका बिद्यालयहरूमा बिद्यार्थीहरूको संख्या घट्दो पाइएको छ । बिद्यालयमा बिद्यार्थीहरू अध्ययन नै गर्न नआएको बारे शिक्षक तथा बिद्यालय प्रशासनले अभिभावकलाई दोषी बताउँछन । जिल्लाको बिभिन्न बिद्यालयहरूमा छात्रवृत्तिको लागि अधिक बिद्यार्थी संख्या देखाउने तथा बालबालिका भर्ना दर बढी देखाई बिद्यालयको प्रगति देखाउन भए पनि बिद्यार्थी संख्या बढी देखाउने गर्दछन् ।
रोहिणी गाउँपालिका वडा नम्बर–२ मा रहेको पोखरभिण्डी माध्यमिक बिद्यालयमा वडा अध्यक्ष सरोज कुमार पाण्डेले गत बिहीबार अनुगमन गर्दा कक्षा ५ मा ५१ बिद्यार्थी मध्ये ९ जना, कक्षा ७ मा १ सय ३५ बिद्यार्थी मध्ये ३४ जना मात्र रहेको पाए । यसैगरि अन्य कक्षाहरूमा समेत बिद्यार्थीहरूको उपस्थिति न्यून देखिएपछि उनले गाउँपालिकामा सो बारे जानकारी गराएका थिए । यसै क्रममा गाउँपालिकाका बिद्यालय निरीक्षक नारायण लामिछाने, श्रोतब्यक्ति रामजित चौधरी, नेपाल शिक्षक महासंघका प्रतिनिधि मुबारक अली समेतले बिद्यालय अनुगमन गर्दा बिद्यार्थी संख्या न्यून पाएको बताए । आईतबार गरिएको अनुगमनमा बालबिकासमा ३० जना बिद्यार्थीमा ४ जना, कक्षा १ मा २२ जना बिद्यार्थी हुनु पर्नेमा ३ जना, कक्षा २ मा ३३ जनामा ११ जना बिद्यार्थी मात्र उपस्थित थिए । कक्षा १० सम्म पढाई हुने पोखरभिण्डी माध्यमिक बिद्यालयमा अधिकांश कक्षाहरूमा ५० प्रतिशत बिद्यार्थी पनि पढ्न आएका थिएनन् ।
कक्षामा बिद्यार्थीहरू उपस्थित नहुनुको कारण केही बिद्यार्थी तथा शिक्षकहरूले त्यसको दोष सिधै अभिभावकलाई लगाए । बिद्यार्थीहरूलाई बिद्यालय नपठाउने, अन्य काम गराउने लगायतका दोष अभिभावकमाथि आयो । ग्रामीण भेगका बिद्यालयहरूमा बिद्यार्थीहरू निरन्तरता दिन नसक्नुको प्रमुख कारणहरू मध्ये एक बिद्यालय तथा त्यस वरिपरिको वातावरण पनि एक रहेको बिद्यालय निरिक्षक नारायण लामिछाने बताउँछन । पोखरभिण्डी माविका अधिकांश बिद्यार्थीहरूले बिद्यालयको शौचालय जानै नसक्ने अवस्थामा रहेको बताए । प्राय बिद्यालयहरूको शौचालय फोहोर रहेको कारण पनि कतिपय बिद्यार्थी बिद्यालय नजाने र गए पनि बिद्यालय बस्न नसक्ने भएको कारण बिद्यालयहरूको शौचालयमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ ।
शैक्षिक सत्र शुरु भएको ५ महिना हुँदा पनि पोखरभिण्डीमा अहिले सम्म पाठ्यपुस्तक नपाएको बिद्यार्थीहरूले सुनाए । कक्षा ८ कि बिद्यार्थी खालिसा खातुनले यतिका दिन हुदा सम्म पनि अहिले सम्म अर्थशास्त्र बाहेक अरू बिषयका पाठ्यपुस्तक नपाएको गुनासो गरिन । बिद्यालयको बालविकास कक्षा र कार्यालयमा पाठ्यपुस्तकहरू भरिएर राखिए पनि शैक्षिक सत्र शुरु भएको ५ महिना बितिसक्दा पनि बिद्यार्थीहरूलाई पुस्तक बितरण गरिएको छैन । यस बिषयमा बिद्यालयका शिक्षक जुल्फेकार खाँले बिद्यालयमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापक नहँुदा पुस्तक बितरण गर्न नसकिएको बताए । उनले बर्षे बिदाको समय पुस्तक आएको र सो पछि बिद्यालयमा मूख्य दुवै जना शिक्षक नहुँदा पुस्तक बितरण नगरिएको बताए । प्रधानाध्यापक समसाद अहमद खाँ हज गर्न बिदेश यात्रामा रहेको तथा सहायक प्रधान अध्यापक राम अचल यादव पितृ शोकमा रहेको उनले जानकारी दिए ।
रोहिणी गाउपालिका अध्यक्ष सनोज कुमार यादवले बिद्यार्थीको भविष्यलाई ख्याल नगर्ने बिद्यालयहरूलाई कारबाही गर्ने बताउँछन । उनले पोखरभिण्डी माध्यमिक बिद्यालयमा बालविकासमा बिद्यार्थी संख्या नदेखिए त्यस बिद्यालयको सो कोटा अन्य बिद्यालयलाई प्रदान गरि बिद्यालयलाई दिइने अन्य सेवा समेत कटौती गर्ने बताए ।
शिक्षक र अभिभावकसंगै बिद्यार्थीमा अनुशासनको कमी भएको कारण बिद्यालयमा आशातित प्रगति नदेखिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिनोद यादवको भनाइ छ । उनले आगामी दिनमा बिद्यालयले घरदैलो अभियान सञ्चालन गरि बिद्यार्थीहरूको निरन्तरतामा ध्यान दिने प्रतिवद्धता जनाए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%