ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

मानव सामाजिक प्राणी भएकै कारण उसले गर्ने हरेक क्रियाकलाप समाजसँग जोडिनु स्वभाविक नै ठहर्छ; यद्यपि समाजबाट स्थापित मूल्य र मान्यतालाई आफ्नो ठाउँमा राखेर त्योभन्दा माथिको बाटो पनि हिड्न सक्नुपर्छ । यसो गर्न किनपनि जरुरी छ भने कतिपय सामाजिक मूल्य मान्यता सही पनि हुँदैनन् । सामाजिक मूल्य मान्यतालाई विश्लेषण गर्न सक्ने र आफ्नो आत्माले उपयुक्त ठानेको काम गरेपछिमात्रै पूर्ण आकारको जीवन बन्न सक्छ । यस्तो पूर्ण आकारको जीवनले नै व्यक्ति रूपान्तरणसँगै समाजमा सकारात्मक चिन्तनसहितको परिवर्तन ल्याउन मद्दत पु¥याउँछ साथसाथै व्यक्तिमा नवीन उर्जालाई आमन्त्रण पनि गर्दछ ।

मानवजीवनका हरेक कर्मका अगाडि सकारात्मक सोचको ठूलो भूमिका रहन्छ । त्यस्ता सोचले गरिएका काम युगौँयुगसम्म जीवन्त रहन्छन् । नकारात्मक सोच वा चिन्तन बोकेर गरिएका काम कहिल्यै सफल हुँदैनन् । ती केही क्षण वा समयका लागि सफल जस्ता देखिए पनि अन्ततः परिणाम नकारात्मक नै हुन्छ । यसबाट पुष्टि हुन्छ, सहज र सरल जीवनका निम्ति नकारात्मकता विनाशतिरको यात्रा हो । यो यात्रा गर्नेहरू कहिल्यै यथार्थको गन्तव्यमा पुग्दैनन् वा पुगे पनि स्थिर रहँदैनन् ।

पुर्खाका सकारात्मक सोच र चिन्तनकै कारण हामी विश्वसामु शिर ठाडो बनाउँदै उभिन सफल भएका हौँ । उनीहरूले सुख–दुःख, खुसी र घरपरिवार त्यागेर बलिदान गरेकाले हामी अग्ला र सग्ला बनेका हौँ । अन्यथा के वा कस्तो हुने थियो कल्पनामात्र गर्न सकिन्छ यसै भन्न सकिँदैन ।

कृतघ्न नबन्ने हो भने सकारात्मक कर्म गरेर पुर्खाले हामी सबैलाई ऋणी बनाएका छन् । त्यो ऋणबाट मुक्तिका लागि सबैले यथास्थानबाट योगदान गर्नु आवश्यक छ । योगदान यो वा त्यो भन्ने हुँदैन । सकारात्मक सोचले जुनसुकै तह र तप्काका नागरिकले त्यो गर्न सक्छ । कर्म नै असल योगदान हो ।

हाम्रा पुर्खाहरुले देखाएका सुरता, वीरता, त्याग, समर्पण, कर्तव्यपरायणता र माटोप्रतिको निष्ठाले हाम्रो शिर सगरमाथा झैँ अग्लिएको हो । हामीले विगतदेखि वर्तमानसम्म कसैको दासता स्वीकार्नुपरेको छैन । यो पुर्खाका सकारात्मक सोच र चिन्तनको प्रतिफल हो । उनीहरूभित्र सकारात्मक सोच नभएको भए आफू र आफ्नो परिवार तथा आफन्त भुलेर भावी पिँढीलाई देश दिन मरिमेट्दैनथे । आज हामी त्यो बाटोबाट क्रमशः विचलित बन्न लागेको हो कि भन्ने आभास हुन्छ । आफूलाई जान्ने–सुन्ने र टाठो–बाठो देखाउन अनावश्यक हर्कत गर्ने मनसुवा उम्रन खोजिरहेका छन् । अर्थात् मन मस्तिष्क विगतबाट टाढा बन्न थालेको छ । वर्तमान बाँच्ने नाममा जे–जस्तो गर्न र बन्न पनि अग्रसर बनिरहेछौँ । यो सकारात्मक यात्रा र यथार्थ बाटो हुन सक्दैन । अहिले राम्रो देखिए पनि भविष्यमा आउने परिणाम पक्का नकारात्मक हुनेछ । तसर्थ, बेलैमा हाम्रो ध्यान यता सोझिनु आवश्यक छ । निश्चित छ– नसोझिए हाम्रो बाटो अग्रगामी हैन पश्चगामी हुन्छ । त्यसो नभए त्यसले पु¥याउने ठाउँ भनेकै निराशा, कुण्ठा र वितृष्णामात्र हो । सधैँ अग्रगामी सोच र सकारात्मक चिन्तन बोक्ने पुर्खाका सन्तान हामी त्यो बाटो परित्याग गर्दै क्षणिकता वा लघुताभासतिर उन्मुख हुन खोजिरहेछौँ । सामूहिकता र सामाजिकता मनमस्तिष्कबाट विस्थापनको बाटो हिँड्न अग्रसर बनिरहेछन् । अराजकता र विशृङ्खलता हाबी बन्न खोजिरहेको देख्न सक्छौं । वर्तमानमा हाम्रा चिन्तन नकारात्मकता समाएर हिँड्ने प्रयासमा छन् । हरेक मनमस्तिष्क गालीगलौजले भरिएको छ । विश्वास चुहिँदै गएको प्रतीत हुन्छ । आलोचना, हिंसा, प्रतिशोध र विचार शून्यताले सबैतिर स्थान पाउँदै गएको छ । यो कुनै हालतमा सकारात्मक पाटो हुन सक्दैन । हत्या, हिंसा, द्वन्द्व, प्रतिशोध र कुण्ठा नकारात्मक चिन्तन हुन् । यसले कसैलाई अगाडि बढाउँदैन । यसलाई आत्मसात् गर्न खोज्नेहरू जति हिँडे पनि कहीँ पुग्दैनन् । अर्थात् जहाँको त्यहीँ हुन्छन् । जेको त्यही हुन्छन् र जस्ताको त्यस्तै हुन्छन् । किनकि नकारात्मकता जीवनको एउटा भुलभुलैयामात्र हो । त्यसलाई आत्मसात् गर्नेहरू जहिले पनि पछिको पछि पर्छन् र जीवनको बाटोबाट छुट्ने सम्भावना रहन्छ ।

मनुष्य जीवन सुख दिन, सुख लिन, प्रेम सद्भावना बाँड्न, प्रेम सद्भावना प्राप्त गर्न, खुसी रहन, खुसी बाँड्नका लागि नै प्राप्त भएको अनुपम उपहार हो । मनमा यदि सकारात्मक विचार र सङ्कल्प चल्छन् भने मानिसभित्रको शक्ति पनि त्यही अनुपातमा वृद्धि हुन पुग्छ तर यसको विपरीत नकारात्मक प्रकृतिका विचार मात्र मनमा उत्पन्न भइरहन्छन् भने परिणाम पनि त्यहीअनुसारको प्राप्त हुन जान्छ । निश्चित रूपमा हामी जस्तो सोच्दछौँ, त्यस्तै प्रकारको व्यक्तित्व र जीवनशैली हामी निर्माण गरिरहेका हुन्छौ“ । त्यसैले मानिसको मनमा चिन्ता, भय, तनाव र हिंसाको भावना उत्पन्न हुनुका मूल कारण पनि यही सत्य ज्ञान र सकारात्मक सोचको अभाव नै हो भन्न सकिन्छ । मानिस भौतिक सुख सुविधामा मात्र अत्यधिक लिप्त नभएर आध्यात्मिक ज्ञानबाट पनि ओतप्रोत हुनुपर्छ । यसबाट हामी आफ्नो कर्मक्षेत्रमा निश्चिन्त र निर्भिकताका साथ सजग र चेतनशील बनेर लाग्न सक्छौँ । अतः मौन व्रतको अभ्यास गरौं । व्यर्थ बकवास नगरौं । आत्म प्रशंसाको त्याग गरौं । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो भन्ने जानौं । प्रत्येक कार्य शान्तिपूर्वक गरौं । आफ्ना इच्छा, आकाङ्क्षाहरुलाई आफ्नो अधीनमा राख्ने प्रयत्न गरौं । असल कार्यको प्रशंसा गर्न कत्तिपनि कन्जुस्याइँ नगरौं । सृष्टिका सम्पूर्ण अवयबहरुलाई आहा! भन्न सकौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?