ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’

२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

आज विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ज्यानको बाजी थापेर अग्रपंक्तिमा उभिने सवै संचारकर्मीहरूप्रति नमन । नेपाली प्रेसले राजनैतिक अधिकारका लागि भएका आन्दोलनमा भूमिका नखेलेको भए देश बर्तमान अवस्थामा हुन्थ्यो कि अर्कै दिशामा जान्थ्यो ? कल्पना गर्न सकिदैन । प्रेसकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको छ । अहिलेसम्म भएका राजनैतिक आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण थियो र अहिलेपनि छ । त्यो इतिहासले प्रमाणित गरेको बिषय हो । नेपाली प्रेसले पञ्चायती कालखण्डदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आईपुग्दा धेरै संघर्ष, प्रताडना र आन्दोलन गर्नुपरेको छ । पञ्चायती कालरात्रीमा मात्र होइन, नेपाली प्रेस अहिलेसम्मपनि कुनै न कुनै नाममा आन्दोलित हुनुपरेको छ । पछिल्लोपटक सर्वोच्च अदालतसंग जोडिएको बिषय चर्चामा छ । सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रसारित सामाग्री युट्युब लगायतका सामाजिक सञ्जालबाट तत्काल हटाउन तथा सामाग्री तयार गर्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ । यो प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । नेपाली प्रेसलाई नियन्त्रणमा राख्ने काम कदापि सैह्य हुन सक्दैन ।

नेपाल पत्रकार महासंघ लगायत प्रेस सम्बद्ध संस्थाहरूले अदालतमा परेको मुद्दाको बिषयमा धारणा सार्वजनिक गर्दै प्रेसलाई नियन्त्रित गर्ने कुनैपनि प्रकारको कदम सैह्य नहुने चेतावनी दिएका छन । निश्चितरूपमा प्रेसमार्फत सार्वजनिक भएका सूचना, समाचार तथा अन्य प्रकाशन सामाग्री चित्त नबुझे कानुनी बाटो प्रयोग गर्न पाईने व्यवस्था छ तर अदालतमै मुद्दा दायर गरेर सिधै सामाग्री हटाउन र कारवाही गर्न माग गरिनु कुनैपनि अवस्थामा न्यायोचित छैन । नेपालको पे्रस यस प्रकारका कदमबाट भयभित हुँदैन बरु आन्दोलनमार्फत सशक्त विरोध गर्दछ । नेपालको संविधानले नै नेपाली जनताको सुसूचित हुने अधिकारको ग्यारेण्टी गरेको छ । तसर्थ समाचार दिन पाउनु प्रेसको अधिकार हो । सूचना तथा समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचारको बाटो प्रयोग गर्न सकिन्छ । बिडम्वना नेपाली प्रेसले निषेध र नियन्त्रणको मार खेप्दै आउँदै गर्दा लोकतान्त्रिक व्यवस्थामा पनि त्यस्तै खाले प्रवृत्तिसँग जुध्ने अवस्था आउनु चिन्ताको विषय हो । झण्डै तीन दशकमा सञ्चार क्षेत्रले व्यावसायिकताको बाटो समातेको छ । प्रेसले आफूलाई जनताको पहरेदारका रूपमा उभ्याएको छ । तर, चिन्ताको बिषय अहिलेपनि नेपाली प्रेसमाथि अंकुश लगाउने प्रयास बेलाबखत हुने गरेको छ । प्रेसमाथि अंकुश लगाउन खोज्नु कुनैपनि सर्तमा नेपाली सञ्चार जगतलाई स्वीकार्य हुँदैन । प्रेसमाथि कुनै न कुनै रूपमा आक्रमणको प्रयास भैरहेको छ । नेपाली प्रेसले पेसागत दायित्व पालनामा सावधानी र संयम अपनाउनुपर्छ भन्ने मान्यता सञ्चारकर्मीहरूले स्वीकार्दै आएका छन् । तसर्थ नेपाली प्रेस आफ्नो मर्यादा र आचारसंहिताभित्रै जिम्मेवारी निर्वाह गर्छ । नेपाली प्रेसको अहिलेको भूमिका विवेकसम्मत छ । व्यक्तिको अधिकार र अभिव्यक्तिको स्वतन्त्रता प्रजातान्त्रिक शासन व्यवस्थाका शाश्वत मूल्य हुन् । तसर्थ नेपाली प्रेसले देशको सुरक्षा, हित र नेपाली माटोसंग जोडिएको राष्ट्रियताको कुरामा जिम्मेवार भूमिका निर्वाह गर्दछ । बिडम्वना भन्नुपर्दछ– प्रेसमाथि अझैपनि बक्रदृष्टि राख्नु न्यायोचित होइन । नेपाली प्रेसलाई नियन्त्रित गर्ने कुचेष्टा कदापि स्वीकार हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?