ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

सुनवल अब बालमैत्री नगर (फोटो सहित)

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

नेपालकै पहिलो बालमैत्री सुनवल नगरपालिका घोषणा भएको साविक स्थानीय निकाय अहिले स्थानीय तह हँुदा थपिएका वडालाई पनि बालमैत्री घोषणा गर्दै नेपालको पहिलो स्थानीय तह बन्दै छ । भदौ ३ गते (आज) थप गरिएका तीन वटा वडा (साविक रामनगर गाविस) लाई पनि एक बर्ष भित्रै बालमैत्रीका सबै सुचकांक पार गरि बालमैत्री नगरपालिका घोषणा हुन लागेको हो । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगरपालिकाको पहिलो नगरसभाले लिएको संकल्प अहिले पुरा गर्दै एक बर्ष भित्र पुनः पहिलो नेपालको पहिलो बालमैत्री नगर घोषण गर्न सफल भएको जानकारी गराए । साविक नगररपालिका २०७२ साल जेठ ३२ गते नेपालको पहिलो नगरपालिका घोषणा भएको थियो । जस्मा सुनवल नगरपालिकामा वडा थपिएर भएको स्थानिय तहको निर्वाचन पश्चात भएको पहिलो नगरसभाले नै सुनवल नगरपालिकालाई नेपालकै पहिलो नगरपालिका कायम राखिराख्न संकल्प गरेको थियो । ‘आईतबार प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको बालमैत्री घोषणा कार्यक्रमको तयारी पुरा भएको छ,’ मेयर थापाले भने–‘यो घोषणाले सुनवलबासीलाई नै गौरवान्वित बनाएको छ । अहिले बालमैत्री गाउँ, टोल, वडा, तह घोषणा गर्ने योजनामा रहेका मुलुक भरिका प्रतिनिधिहरू अध्ययन र अवलोकन गर्नका लागि सुनवल नगरपालिकामा आउने गरेका छन्, मेयर थापा भन्छन्, ७ सय भन्दा बढि स्थानिय तह छन्,ति तहबाट सिकाइका लागि आउने प्रतिनिधिहरूले सुनवलको अनुकरणिय कार्यको देशभरि प्रशंसा गर्ने गरेका छन् ।
उनले जानकारी गराए अनुसार नगरपालिकाको तेश्रो नगरसभाले हालै बालसंरक्षण नीति तथा कार्यक्रम २०७५ पारित गरेको छ । बालमैत्री नगरलाई दिगोपना बनाई राख्नका लागि प्रत्येक वार्डमा बालमैत्री स्वम्सेविका परिचालन गरिने, विद्यालयमा बालमैत्री शिक्षक राखि राख्ने गरि योजना कार्यान्वयनमा रहेको छ । नगरपालिकाले बालसंरक्षण नीतिसंगै बालमैत्री स्थानिय शासन घोषणा पश्चातको पाँच बर्षे रणनीतिक योजना,बालबालिकाको लागि आवधिक लगानी योजना, बाल कोष सञ्चालन कार्यविधि २०७५ (आर्थिक बर्ष २०७५÷०७६ देखी २०७९÷०८० सम्म) बनाइएको प्रतिलिपि समेत उपलब्ध गराएका थिए ।
मेयर थापाले बालमैत्री घोषणा पश्चात नगरपालिकाले पाँच बर्षका लागि त्यसलाई निरन्तरता दिनका लागि बजेट कार्यकम समेत बनाइएको सार्वजनिक गरेका छन् । सार्वजनिक बजेट कार्यक्रम अनुसार बाल बचाउ क्षेत्रका लागि कार्यक्रम गर्नका लागि पुर्वाधार र क्षमता विकास गरि जम्मा १ करोड ९६ लाख, बालसंरक्षणका लागि पुर्वाधार र क्षमता विकास गरि ६७ लाख ६९ हजार, बाल विकासमा पनि पुर्वाधार र क्षमता विकासका लागि ७४ लाख ७५ हजार, बाल सहभागिताका लागि क्षमता विकासमा मात्र २५ लाख २९ हजार र संस्थागत विकासमा पुर्वाधार र क्षमता विकास दुबै गरि ४९ लाख १५ हजार बजेट समेत पाँच बर्षका लागि विनियोजित गरिएको छ । बालमैत्री नगरपालिका कायम गरि राख्नका लागि पुर्वाधारमा २ करोड २७ लाख ५० हजार, क्षमता विकासमा १ करोड २६ लाख ७३ हजार र अन्य थप हुन सक्ने कार्यक्रमका लागि ५९ लाख गरि कुल ४ करोड १३ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।
बालमैत्री घोषणा गर्नु ठूलो कुरा होईन,मेयर थापाले भन्छन्, त्यसलाई टिकाई राख्न पनि ठूलो चुनौती रहेको छ । त्यही भएर कम्तीमा पनि घोषणा पश्चात पनि पाँच बर्षका लागि रणनीतिगत योजना अहिले नै तयार गरि बजेट समेत विनियोजन गरिदिएका छौ । यसले निरन्तता दिन ठूलो योगदान दिइने छ । नेपाल सरकारले तोकेको बालमैत्रीका कुल ३९ वटा सुचक सबैमा सत प्रतिसत सुचक पुरा भएका छन् । त्यसमा पनि नगरपालिका आफ्नै स्तरबाट थप गरेको ३ वटा सुचक विद्यालयमा अपाँग विद्यार्थीका लागि ¥याम्प, लागूऔषध नियन्त्रण र आयोनुनको प्रयोगलाई पनि थप गरेर ४२ वटा सुचक पुरा गरि घोषणा गर्ने तयारीमा जुटेको उनले बताएका थिए ।
संसारका अन्य देशमा बालमैत्री घोषणा गर्ने प्रचलन भए पनि नेपालमा २०६८ सालमा मात्र यस्तो अवधारणा आएको नगरपालिकाका उपमेयर दधिराम अर्यालले बताए । त्यही अवधारणा अन्तरगत सुनवल नगरपालिका अहिले नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको हुँदा यसलाई ब्यापक बनाउन उपमेयर अर्यालले आग्रह गरे । सुनवल नगरपालिकाले ब्यापक बनाउनका लागि घोषणा कार्यक्रमको आयोजना गर्न लागेको हो , उनले भने , आम सञ्चार माध्यमले भुमिका निर्वाह गरेमा अन्य स्थानिय तहहरू पनि घोषणामा लाग्ने र निकट भविष्यमै नेपाल नै बालमैत्री हुन सक्ने बताएका थिए ।
यता बालमैत्री अभियानको नेतृत्व लिई बालमैत्री घोषणा सम्म पुर्याउनमा महत्वपुर्ण भुमिका गर्दै आएका बालमैत्री फोकल ब्यतिm रेशम शर्मा भन्छन्,–शुरुमा अवधारणा बुझेर काम गर्दा यति सजिलै गर्न भ्याइन्छ भनेर लागेको थिएन्, तर हरेक क्षेत्रबाट सहयोग हुदै गए पछि अहिले नेपालकै बालमैत्री स्थानिय तहमा सुनवल नगरपालिकाले अग्रता लिएकोमा खुशी लागेको छ । नेपालमा केही केही न केही विषयमा अग्रणी पहिचान बनाउनमा सफल सुवनल नगरपालिकामा कर्मचारी,स्थानिय संघ संस्था,सञ्चार माध्यमको पनि ठूलो योगदान रहेको नगरपालिकाका प्रवतmा कृष्ण देवकोटा भन्छन्, यो सबै नगरबासीका लागि गौरव गर्ने विषय भएको छ । 

‘मेहनतको प्रतिफल हो’ 
भीम बहादुर थापा
नगर प्रमुख, सुनवल नगरपालिका, नवलपरासी
सुनवल नगरपालिकाको जनप्रतिनिधि भएपश्चातको पहिलो बोर्ड बैठकबाट वडा अध्यक्ष सहित सम्पूर्ण कार्यपालिका सदस्यले थपिएका वडालाई समेत बालमैत्री बनाउँदै संघीय संरचना पश्चात नेपालको पहिलो बालमैत्री नगर घोषणा गरि पहिलो बालमैत्री नगरको पहिचानलाई कायम राख्ने निर्णय गरेका थियौं । यसको लागि हामीले बालमैत्री घोषणा कार्य योजना, बालबालिकाको लागि लगानी योजना तयार गरी जिम्मेवारी बाँडफाँड गरी काम ग¥यौं, वडा अध्यक्ष र सदस्यहरूले बालमैत्री स्थानीय शासनलाई मुख्य प्राथमिकताको विषय निर्धारण गरी कार्य गर्न थाल्यौं । हाम्रा अनुभवी कर्मचारी, बालमैत्री नगर र वडा समितिको सक्रियता, बालसंजाल र बालक्लबहरूको सक्रियता, विद्यालय, स्वास्थ्य संस्था लगायत सबै सम्बन्धित संघसंस्थाको सकारात्मक सहयोग र आ–आफ्नो क्षेत्रबाट गरिएको प्रतिवद्धता र कार्यका कारण नेपालको पहिलो बालमैत्री नगर बन्न सफल भएको हो । यो हाम्रो मेहनतको प्रतिफल हो । वर्षौदेखि बालअधिकार र बालमैत्री स्थानीय शासनमा काम गर्दै आउनुभएका विभिन्न संघ संस्था निकाय र व्यक्तिहरूको लागि गौरवको विषय हो । त्यसकारण पनि खुशी महशुस भइरहेको छ । निरन्तरको खटाइ, समर्पण र प्रयासको नतिजा आउँदा निकै आनन्दको महशुस हुँदो रहेछ । जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको अनुभूति भइरहेको छ । अब हामी यतिमै मात्र सिमित नरहेर बालमैत्री स्थानीय शासनलाई दिगोपनाका लागि पनि काम गर्नेछौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission