© २०२३
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका साविकका ६ वटा गाविस मिलेर बनेको गाउँपालिका हो । जसमा ६ वटा वडा रहेका छन् । साविकका हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ्ग र दौँघा गाविस ८७.०१ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २१ हजार ४ सय ८१ रहेको छ । अधिकांस कृषि क्षेत्रका लागेका यो गाउँपालिका को मुख्य विशेषता नै कृषि हो । तर सरकारी क्षेत्रबाट २ जना मात्रै कृषि प्राविधिकहरू रहेका छन् । कृषि क्षेत्रमा २ जना र पशु क्षेत्रका २ जना गरी जम्मा ४ जना कर्मचारीहरू रहेका छन् । २ जना अधिकृत स्तरका कर्मचारी हुन भने २ जना मात्रै कृषिमा १, पशुमा १ गरी २ जना मात्रै कृषि प्राविधिक (जेटिए) रहेका छन् । गाँउपालिकाका कृषि प्राविधिकहरूको खडेरी नै लागेको छ भन्दा फरक पर्दैन । छत्रकोट गाउँपालिका अनुसार कृषि क्षेत्रका अधिकृतमा बढुवा भएका शिव प्रसाद बन्जाडे रहेका छन् ।
उनी तत्कालिन जिल्ला कृषि विकास कार्यालयबाट गाउँपालिकामा हाजिर भएका थिए । तर विभागमा बढुवा भएपछि उक्त पोष्ट पनि खाली हुने पक्का पक्की भएको छ । यस्तै पशु क्षेत्रमा भने नायव प्राविधिक सहायक(जेटीए) प्रमोद भट्राई कार्यारत रहेका छन् । जुन स्थायी कर्मचारी हुन । यसको अलवा एक जना करार (एक गाउँ एक प्राविधि) अन्तरगतका महिला कर्मचारी कृषि र पशु क्षेत्रका कार्यरत रहेका छन् । एउटा नायव प्राविधिक कृषि सहायक (नाप्रस) जेटीएले सबै गाउँपालिका ६ वटै वडामा हुनुपर्ने बाध्यता रहेको छ ।
हाल विभागमा बढुवा भएका कृषि शाखा अधिकृत शिव प्रसाद बन्जाडे भन्छन्–‘केही समय मात्रै यहाँ कार्यरत रहे, मन्त्रालयमा हाजिर भएको छु, यहाँ केही दिनको लागि मात्रै आएको हुँ ।’ सिंगो गाउँपालिकामा कृषि प्राविधिकहरूको कमी भएको मसहुस आफुले पनि गरेको उनी बताउँछन् । यता, वडा नम्बर १ का अध्यक्ष धातानन्द भण्डारी कृषि प्राविधिक जिल्लाबाट नै कम संख्यामा खटाएको कारण कमी भएको बताउछन् । लोक सेवाबाट अव प्राविधिकहरू आएमा परिपुर्ती हुने उनको भनाई रहेको छ । गाउँमा व्यवसायीक कृषि गरेका किसानहरूलाई सिंगो गाउपालिकाले नै कृषक प्रोत्साहन रकम वितरण गर्न लागेको बताउँछन् । गाउँमा अहिले पैचो पसल प्रालि ले गाउँ गाउँमा जेटिए नियुक्ती गरि परिचालन गरेको कारण पनि किसानहरूलाई सहज भएको वडाअध्यक्षको भनाई छ ।
कृषक पेन्सन अभियान जस्तै गरी कृषिक पोत्साहन रकम किसानलाई प्रदान गर्ने योजना रहेको भण्डारी बताउँछन् । उनी भन्छन्–‘जुन किसानले ८ लाख ७५ हजार रूपैयाँको कृषि जन्य उत्पादन गरी विक्रि गरेको छ त्यसलाई प्रति महिना एक जना अधिकृत स्तरको कर्मचारीले पाउने तलब प्रदान गर्ने योजना बनाएका छौं ।’
हाल गाउँपालिकामा कुल १ सय ८७ जना किसानहरूले व्यवसायीक रूपमा कृषि तथा पशुपालन क्षेत्रमा काम गरेको तथ्यांका आफुहरूले प्राप्त गरेको भन्दै उनले यस बाट वडा नम्बर १ मा ६७ जना किसानहरूलाई उक्त अनुदान प्राप्त गर्न लागेको वडाअध्यक्ष भण्डारीको भनाई छ । महिनामा २३ हजार ५ सय रूपैयाँ बराबरको रकम किसानलालाई प्रोत्साहनको रूपमा प्रति महिना प्रदान गर्ने योजना गाउँपालिकाले बनाएको छ । जसको कार्यविधि निर्माणको क्रममा रहेको वडा अध्यक्ष भण्डारी बताउँछन । किसानलाई विभिन्न वर्ग क, ख र ग मा विभाजन गरि सोही अनुसारको अन्य अनुदान लगायतका सहयोग प्रदान गर्नेगरी कार्ययोजना अगाडी गाउँपालिकाले बढाएको छ ।