ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

त्यसो त केन्द्रीय बैंकले निकालेको २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको देखाएको छ । यस हिसाबले हेर्दा मुद्रास्फीतिलाई उचित दरमा नियत्रण गर्न केन्द्रीय बैंक सफल रहेको मान्न सकिन्छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । तर, तथ्यांकलाई अझै गहिरिएर हेर्ने हो भने अवस्था फरक छ । यति मात्रै होइन कोभिड १९ का कारण अधिकांशको रोजगारी गुमेकाले पनि आयको तुलनामा वास्तविक मूल्यस्तर झनै बढेको देखिन्छ । त्यसैले पनि अहिले आम उपभोक्ताहरू देहोरो मारमा परेका छन् ।

फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । यी सबै हाम्रो भान्सामा प्रयोग हुने वस्तुहरू हुन् । यसले के प्रष्ट पार्दछ भने मुद्रास्फीतिका कारण हाम्रो जीवन निर्वाहको लागत बढ्दै गएको छ । यही कारण हो सामान्य जागिर वा व्यवसाय गरी जीवन धान्नेहरू पनि अहिले उच्च ज्यालाको लोभमा वैदेशिक रोजगारी ताकिरहेका छन् । यस प्रकार औषतमा मुद्रास्फीति न्यून देखिनुको अर्काे कारण छ । त्यो के हो भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको देखिन्छ ।
नेपालको मुद्रास्फीतिमा संरचनात्मक प्रभावले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । महङ्गो यातायात र उच्च आयातले मुल्यस्तर बढाउन सहयोग गरेको देखिन्छ । यसमा पहिलो अवरोध हटाउन सरकारले पूँजीगत खर्च मार्फत् कालोपत्रे बाटो तथा रेलवे ट्रयाक आदि निर्माण गर्नु पर्दछ । यसका साथै सार्वजनिक यायतायातका साधनहरूमा लाग्ने करको दरमाथि पनि विचार गर्नु जरुरी छ । यसले गर्दा दूर दराजमा रहेको कृषिजन्य उत्पादनलाई सहरी क्षेत्रसम्म पु¥याउन सहज हुन गई मुद्रास्फीतिको चाँपमा कमी ल्याउन सकिन्छ । दोस्रो अवरोधलाई हटाउन मुलुकमा लगानीमैत्री वातावरणको निर्माण गरी उद्योगका लागि आवश्यक पूर्वाधारमा सरकारी लगानी बढाउनु आवश्यक छ । यसका साथै आन्तरिक एवम् बाह्य लगानी अकार्षित गर्नु पनि उत्तिकै जरुरी हुन्छ । देशमा उत्पादन नहुने, आयातले निर्यात धान्न नसक्ने र विशेष गरी पेट्रोलियम पदार्थको आयातमा उच्च वृद्धि हुने र यसको मूल्य पनि निरन्तर उकालो लाग्ने कारणले गर्दा र विशेष गरी विप्रेषण आयका कारण मुलुकको मुद्रास्फीति उच्च रहने गरेको छ । एकातिर खाद्यान्न उत्पादन अपेक्षित रूपमा बढ्न नसक्ने र अर्काेतिर औद्योगिक क्षेत्रमा पनि लगानी बढ्न नसक्ने कारणले गर्दा अहिले देशको आर्थिक वृद्धि पनि बढ्न सकेको छैन । यसरी आर्थिक वृद्धि पनि घट्दै जाने र मूल्यवृद्धि पनि बढ्दै जाने हो भने देशमा दैनिक ज्यालादारीमा गुजारा गर्ने न्यून आय भएका मानिसहरू र मध्यवर्ग बढी प्रभावित हुनेछन् । त्यसबाट श्रमको उत्पादकत्वमा पनि प्रतीकूल प्रभाव पर्नजार्न सहजै अनुमान गर्न सकिन्छ ।

मुद्रास्फीति कम गर्न उत्पादनमा जोड दिनु आवश्यक छ । पहाडमा भौतिक पूर्वाधारमा वृद्धि गरी लगानीको वातावरण सिर्जना गर्नु जरुरी छ भने तराईको जग्गा घडेरीकरण गरिने प्रवृत्तलाई सरकारले नीतिगत रूपमै समाधान गर्नतिर चाडोभन्दा चाडो पहल गर्नै पर्दछ । त्यसैगरी मुलुकमा हुने गरेका चोरी निकासी तथा वस्तुहरूको भण्डारण गरी अप्राकृतिक रूपमा मूल्य वृद्धि गर्ने प्रवृत्तिलाई अनुगमनको दायरामा ल्याउनु पर्दछ । नेपालमा वर्षेनी बढ्दै गरेको विप्रेषण आयका कारण पनि मुद्रास्फीतिमा चाँप देखिएको छ । यसको समाधानका लागि विप्रेषणलाई उत्पादनसँग जोड्नु पहिलो सर्त हो । यसो गर्न सकियो भने आयातित मुद्रास्फीति कम गर्न सकिन्छ भने उत्पादन बढाउन सके मूल्यस्तर कम गर्न सजिलो हुन्छ । तर, यसका लागि सरकारी स्तरबाट नीतिगत पहल गर्नु उत्तिकै जरुरी देखिन्छ । यसैगरी पछिल्लो समयमा नेपालले सिमेन्टमा ठूलो प्रगति गरेको छ । यसको उत्पादन वृद्धिको दरलाई पनि निरन्तर बढाउँदै लैजानु पर्दछ । अर्काेतिर घरेलु उत्पादन तथा कृषिमा व्यावसायिकीकिरण गरी निर्यातमा पनि प्रोत्साहित गर्नु आवश्यक भएको छ । यसैगरी गलैँचा उत्पादनमा गुणस्तर वृद्धि गरी निर्यात वृद्धिका लागि बजारको खोजी गरिनु पर्दछ । यति गर्न सके पनि केही न केही मूल्यवृद्धि माथिको नियन्त्रण गर्न सकिन्छ । अर्काे महत्पपूर्ण कुरा भनेको कालो बजारीको नियन्त्रण हो । यसका लागि सरकारी स्तरबाटै नियमनको एक बलियो संयन्त्र निर्माण गर्नु जरुरी छ ।

मुद्रास्फीति कम गर्न पेट्रोलियम पद्धार्थको विकल्पको रूपमा रहेको विद्युत उत्पादनमा जोड दिनु जरुरी छ । विद्युत उत्पादन मात्रै होइन, यसको उत्पादन लागत घटाउन पनि उत्तिकै जरुरी छ । यति गर्नसके मुद्रास्फीति घटाउन मात्र होइन, बढ्दै गरेको व्यापारघाटा कम गर्न पनि सहज हुन जानेछ । पछिल्ला दिनहरूमा नेपालको कृषि क्षेत्र निकै उपेक्षित देखिन्छ । उच्च ज्याला पाइने हुँदा वैदेशिक रोजगारीका लागि गाउँका जग्गाहरू बाँझो राखी विदेश पलायन हुने परम्परा मौलाउँदै गएको छ । यसले गर्दा कृषि क्षेत्रको उत्पादन बढ्न सकेको छैन । तथ्याङ्कगत रूपमा हेर्ने हो भने पनि आर्थिक वर्ष २०६९/७० मा कूल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ दशमलव तीन प्रतिशत रहेकोमा दश वर्षपछि अर्थात् २०७९/८० मा आइपुग्दा यो प्रतिशत घटेर २४ दशमलव १२ मा खुम्चिन पुगेको छ । त्यसैगरी कृषिमा आश्रित जनसङ्ख्या पनि ७८ प्रतिशतबाट ६७ प्रतिशतमा झरेको देखिन्छ । उदारीकरण र विश्वव्यापीकरणको लहरसँगै सन् १९८० को दशकमा खाद्य निर्यात गर्ने सूचीमा रहेको नेपाल हाल आएर खाद्य आयात गर्ने देशमा परिणत भएको छ । यसले पनि मुलुकको मुद्रास्फीतिमा चाँप सिर्जना गरेको छ ।
यति मात्र होइन आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरणका नाममा सार्वजनिक संस्थानहरू निजीकरण गरिए । तर, हाल आएर अधिकांश निजीकरण गरिएका ती उद्योगहरू बन्द भएका छन् । यसबाट उद्योग क्षेत्रको उत्पादन बढ्न सकेको छैन । यतिमात्र होइन यो क्षेत्रमा लगानी अभावको चरम समस्या पनि उस्तै छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय उद्योगहरू धाराशायी बनेका छन् । यसले पनि हाम्रो आयात–निर्यातको खाडल बढ्दै गएको छ । अतः उद्योग क्षेत्रको विकासका लागि उद्यामशीलताको विकास गर्ने र लगानी पूर्वाधारहरूको निर्माण गर्नु आवश्यक देखिन्छ । वास्तवमा मुद्रास्फीति भनेको मुद्राको मूल्यमा हुने ह्रास हो । अर्काे शब्दमा भन्नु पर्दा पैसाको वस्तु तथा सेवाहरू खरिद गर्नसक्ने सामथ्र्य घट्नु हो । यसले निश्चित आय हुने र विशेष गरी ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई नराम्ररी प्रभावित पार्दछ । त्यसैले अबको आवश्यकता भनेको आयात प्रतिस्थापन र निर्यात प्रोत्साहनको नीति नै हो । यसका लागि सरकारले कृषि एवम् औद्योगिक पूर्वाधार निर्माण गरी लगानीका लागि नीतिगत आधार बलियो बनाउनु जरुरी छ । वित्तीय क्षेत्रको तरलतालाई उत्पादनसँग जोड्न देशको केन्द्रीय बैंक पनि अग्रसर हुनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?