ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

११ बजे नि खुल्दैन अस्पतालमा ओपिडी

१ भाद्र २०७५, शुक्रबार
१ भाद्र २०७५, शुक्रबार

तौलिहवा अस्पतालमा उपचारका लागी आउने बिरामीले समयमै ओपिडी नखुल्दा समस्या भोग्नु परेको गुनासो गरेका छन । बिहिबार अस्पतालको ओपिडी ११ बजे सम्म नखुले पछि अस्पताल व्यवस्थापन ठिक नभएको भन्दै बिरामीले गुनासो गरे । टुडेकर्मी बिहिबार बिहान पौने ११ बजे तौलिहवा अस्पताल पुग्दा ओपिडी कक्षमा ताला लागेको थियो । बिरामीहरु हातमा पुर्जी बोकेर यत्रतत्र बसेका थिए । आफुहरु दुई घण्टा अघि आएर ओपीडीको पुर्जी काटे पनि १० बजे खुल्नु पर्ने ओपिडी ११ बज्न लाग्दा समेत नखेलेको कपिलवस्तु नगरपालिका १ का दिनेश ज्ञवालीले गुनासो गरे । “सरकारले एका तिर कर बढाएको बढाई छ । अर्का तिर हामीले न्युनतम सुबिधा पाउने बिषयको पनि ग्यारेन्टी रहेन ।” उनले भने । अस्पतालमा लापरवाहीका कारण अधिकांस बिरामी अस्पतालमा उपचार गराउनु भन्दा भारत वा अन्यत्र जाने गरेको उनले बताए । उनी जस्तै उपचारका लागी आएका अर्का बिरामी नरेश उपाध्यायले अस्पतालको ओपीडीमा समयमा डाक्टर नबस्दा आफुहरुले समस्या भोगेको बताए । बिरामीलाई बस्नका लागी बनाईएको प्रतिक्षालय र ओपिडी कक्ष बाहिर फोहर र दुर्गन्धले आफुहरुलाई थप समस्यामा पारेको उनले गुनासो गरे । सो बारे बुझदा ओपीडिको डयुटी डाक्टर कात्यायनी पाण्डेयको रहेको र आवश्यकता अनुसार डाक्टर पुर्णलाई खटाईको जानकारी हुन आएको थियो । ओपिडीमा आउनु पर्ने डाक्टर कात्यायनी ईन्डोर कक्षका बिरामीको परिक्षणमा लागेकी थिईन भने डाक्टर पुर्ण अस्पतालमा भेटिएनन । सो बिषयमा फोन सम्पर्क मार्फत प्रतिक्रिया लिन खोज्दा अस्पतालका डाक्टर किशोर बन्जाडेले पहिले आफु व्यस्त रहेको र पछि फोन सम्पर्क गर्ने बताए पनि पछि फोन गर्दा फोन स्विच अफ गरिएको थियो ।
अस्तपतालमा भएको अस्त व्यस्तता र लापरवाहीको शिकार हुनेमा आम नागरिक सगै कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधी पनि छन । तिन दिन अघि दुर्घटनामा घाईते भएकी कपिलवस्तु नगरपालिकाकी एक महिला सदस्यका लाई तत्काल उपचार गराउन पुगेका नगर उपप्रमुख लक्ष्मी गुप्ता र वडा अध्यक्ष दिरिप कुमार चौधरीले अस्पताल व्यवस्थापनमा चरम लापरवाही भएको भेटेका थिए । अस्पतालमा व्यवस्थापकिय कमजोडि सगै निशुल्क उपलब्ध गराउनु पर्ने औषधी समेत बिरामीहरु बाटै खरिद गराईएको भन्दै नगर कार्यपालिका बैठकमा अस्पताल व्यवस्थापनको बिरोध गरेका थिए । “वडा सदस्यलाई उपचार गराउन अस्पताल पुग्दा अस्पताल अस्त व्यस्त अवस्थामा देख्यौ । निशुल्क पाउनु पर्ने औषधी समेत अस्पतालमा छैन भन्दै बाहिर किन्न पठाएको जानकारी पायौ । ” उपप्रमुख गुप्ताले भनिन । अस्पताल व्यवस्थापन समितीले तत्काल सो बिषयमा कडाई नगरे आम नागरिकले सास्ती पाउने क्रम नघटने उपप्रमुख गुप्ताको तर्क थियो ।
पछिल्लो समय अस्पतालको सेवा प्रवाहमा आम नागरिकको जनगुनासो बढेको बताउदै आफुहरुले सेवा प्रवाहलाई व्यवस्थित बनाउन तत्कालै कडाई गर्ने अस्पताल व्यवस्थापन समितीका संयोजक समेत रहेका कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । अस्पतालमा औषधीको उपलब्धता नभएको बिषयमा भने उनले सरकार उपलब्ध गराउनु पर्ने निशुल्क औषधी समयमै उपलब्ध नगराउदा समस्या आएको आरोप लगाए । “सरकारले निशुल्क औषधी उपलब्ध नगराउदाँ समस्या आएको हो । नगरपालिकाले जिम्मा पाएको मध्यको औषधी उपलब्ध गराएका छौ । सबै औषधी नगरपालिका मार्फत उपलब्ध हुनु पर्ने भन्दै आम नागरिकमा भ्रम छर्ने कार्य सरासर गलत हो ।” सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?