ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

युवा पुस्तामा विदेश मोह : सुनसान बन्दै गाउँघर

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

हरेक नेपाली युवाहरूको अन्तिम गन्तव्य सोध्यो भने तुरुन्तै जवाफ पाइन्छ, विदेश । पढाइका लागि होस् या रोजगारी लागि उनीहरूले विदेश नै रोज्न थालेका छन् । नेपालमा बसेर कुनै किसिमको प्रगति गर्न नसकिने कुराले युवापुस्ताको मथिङ्गललाई राम्रैसँग गाँजेको पाइन्छ । कुनै पनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । राज्यले युवाहरूको जोस, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति शून्य हुन्छ । एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ । युवाशक्तिको अभावमा मुलुकको कुनै पनि क्षेत्रमा विकास हुन सकेको छैन । त्यतिमात्रै होइन गाउँघर पनि शून्यप्रायः देखिन थालेका छन् भने चहलपहल निकै घटेको छ ।

बेरोजगारी समस्या, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिका कारणले १८ देखि ३० वर्षसम्मका युवाहरू रोजगारीको सिलसिला तथा अध्ययनको सिलसिलामा विदेशिने क्रममा छन् । कक्षा ११÷१२ पास गरिसकेपछि नेपालबाट प्रत्येक दिन रोजगारी र अध्ययनको सिलसिलामा औसत २ हजार ५ सयदेखि ३ हजारसम्म युवा जनशक्ति रोजगारी तथा अध्ययनको सिलसिलामा युरोप एवं मलेसिया, खाडी मुलुक लगायतका देशहरुमा जाने गरेका छन् भने अध्ययनको सिलसिलामा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापानजस्ता सम्पन्न मुलुकहरुमा जाने गरेको सरकारी तथ्याङ्कहरुले देखाउँछन् । खुल्ला सिमाना भएका कारण दोस्रो देशमा र सो देश भएर युद्धग्रस्त मुलुक र श्रम स्वीकृति नभएका देशहरुमा विदेशिनेहरु पनि धेरै छन् । जसको प्रत्यक्ष प्रमाण अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने प्रत्येक दिनको बाक्लो भीडले जनाउँछ ।

युवाहरूलाई आफ्नै देशमा रोक्न राज्यले कुनै किसिमको तयारी गरेको देखिदैन । नागरिकहरूलाई रोजगारी दिने कुनै स्पष्ट योजना देखिदैन । प्रजातन्त्रको करिब ३४ बर्षको दौरानमा एउटा पनि नयाँ उद्योगधन्दा खोलिएको छैन । बरु भएका उद्योगहरू समेत राजनितिक हस्तक्षेपको कारणले बन्द भएका छन् । एकातिर यही युवावर्गले विदेशी भुमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निरासा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्था छ । मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले स्पष्ट योजना बनाउनेतर्फ ध्यान दिन नसक्नु नेपाल र नेपालीको लागि विडम्बना नै भन्नुपर्छ । नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकासगर्न जरुरी छ । प्राकृतिक स्रोत र साधनले भरिपुर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुन परेको हो । थुप्रो संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगार दिइ मुलुकलाई समृद्धिको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु आवश्यक छ ।

स्वार्थले निर्लिप्त भएका राजनीतिक दलहरू र तिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भाबनालाई लत्याएको अवस्था छ । समयको माग र नागरिकहरूको चाहना बुझ्न नसक्ने राज्य जनताका समस्याहरूमा पूर्णतः बेखबर रहेको देखिन्छ । अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनीतिक अभ्यासमा अभ्यस्त छ । हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था केही व्यक्ति र समूहको लागि मात्र दुहुनो गाई भएको छ । आम नागरिकहरूको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गइरहेको अवस्था छ । गाउँका घरहरू क्रमशः सुनसान बन्दै गइरहेका छन् । मुलकमा तीब्र राननीतिक परिवर्तन त भयो । तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन । राजनीतिले देश बनाउने होइन । देश त नागरिकहरूले बनाउने हो भन्ने यथार्थलाइ बुझ्न अब राज्यले ढिला गर्नु हुँदैन । अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ। नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका संभावनाका क्षेत्रहरूमा योजनाकासाथ कार्यक्रमहरू तय गरी नवीन जोश तथा जाँगरका सम्वाहक युवाहरूलाई स्थान दिइनु पनि आवश्यक छ ।

विभिन्न आकांक्षाहरु राखी विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खाल्नका लागि कृषि र पशुपालनमा आधुनिक तरिकाले व्यबसाय गर्नको लागि राज्यले योजना बनाउन आबस्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुश्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । किनकी यस्तोे कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री, त्यो पनि आयातित गैरखाद्य वस्तुमा बढी खर्च हुने गरेको छ । र, यसको अर्को दुःखद पाटो पनि छ । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि हामी भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ जसले गर्दा यहाँबाट विप्रेषण भारत जाने गरेको छ ।

युवावर्गको जोस, जाँगर र सीपलाइ सहि ढंगले उपयोग नगरेसम्म देश विकासको कल्पना “आकाशको फल आँखा तरी मर” भनेजस्तै देखिन्छ । युवाहरूलाई आफ्नै देशमा आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनै पनि युवा रहरले विदेश जादँैन । स्वदेशमा नै काम, दाम र मामको व्यबस्था भएमा विदेशी भूमिमा श्रम वेच्न युवाहरू जाँदैनन् । उनीहरूको विदेश मोह स्वतः भंग हुन्छ । विदेशको भूमीमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा पूर्णविराम नलागेमा केहि वर्षमै देशको हरेक क्षेत्र नराम्रोसग थला पर्ने निश्चित छ । यसरी बिदेशिने युवाहरूलाई आर्थिक उन्नतिको मेरुदण्डको रुपमा रहेको कृषिमा आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरुलाई सीप र क्षमतामा विकास गरी सीप र क्षमता अनुसारको काममा युवालाई स्वदेशमै रोजगारी दिलाई उनीहरुका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ ।

राज्यले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर युवाहरूलाई सहज र सरल योजना पनि दिन सकिरहेको छैन । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुन् या नसिकेका हन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि ढिलासुस्ती नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यावहारिक योजना ल्याई हाम्रा युवाहरुलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउदै देशमा पनि केहि गर्न सकिन्छ भन्ने कुरामा निर्धक्क गराउनु पर्ने अहिलेको आवश्यकता देखिएको छ । उजाडिँदै गएका गाउँघरका वस्तिहरुमा आशाका सुनौला किरणहरु छर्न कत्तिपनि ढिलाइ गरिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?