ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

बिपद व्यवस्थापनमा रूपन्देही तयार

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

बर्षेनी आउने बिपदका कारण रूपन्देहीमा धन तथा जनको क्षति बढ्दै गएपछि यस बर्ष रूपन्देहीमा बिपदको व्यवस्थापन गर्न जिल्लाका सबै तह पूर्ण रूपमा तयारी अवस्थामा रहेका छन । बिपद ब्यवस्थापनमा सुरक्षा निकाय देखी स्थानिय तह र बिभिन्न सामाजिक संघ संस्थाहरू तयारी अवश्थामा राखिएका बिपद ब्यवस्थापन समितिले जानकारी दिएको छ ।
बिपद ब्यवस्थापनको लागी तयारीको अवस्थाबारे भैरहवामा आयोजित कार्यक्रममा रूपन्देहीका पालिकाहरूले आ–आफ्नो क्षेत्रमा बिपद ब्यवस्थापनको लागी बिपद ब्यवस्थापन समिति गठन गर्नुको साथै सो को लागी कोष समेत खडा गरिएको बताए । बिशेष गरि ५ नम्बर प्रदेशलाई लक्षित गरि आउन लागेको बिपद ब्यवस्थापनको लागी नितिगत सुझाव संकलनको लागी बैठक डाकिएको भए पनि उक्त बैठक पछि सुझाव संकलन भन्दा पनि तयारी अवश्थाको बारेमा केन्द्रित भएको थियो ।
बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले रूपन्देहीमा अहिले सम्म त्यस्तो बिपद नआए पनि आउन सक्ने सम्भावित बिपदको लागी समिति तयारी अवश्थामा रहेको बताए । रूपन्देहीलाई केन्द्रले बिपदको उच्च जोखिममा नराखी कम सुविधा प्रदान गरे पनि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आफ्नै भवनमा बिपद ब्यवस्थापन सामाग्री भण्डार कक्ष स्थापना गरेको बताए । बिपदको जुनसुकै बेला प्रतिकार गर्नु पर्ने अवश्था आउन सक्ने भएकोले सम्पूर्ण सुरक्षा निकायका साथै सम्पूर्ण सरोकारवालाई उनले तयारी अवश्थामा रहन समेत निर्देशन दिए ।
बिपद ब्यवस्थापनको लागि अन्य सामाग्री भए पनि अहिले बिशेष गरि बाढीमा फसेकाहरूको उद्दारको लागी रबर बोटको अभाव भएको प्रमुख जिल्ला अधिकारी रानाले बताए । उनले बिभिन्न दाताहरू संग समन्वय गरि यसको आपूर्तिको लागी प्रयास थालिएको समेत बताए । यसै गरि बिपदको पूर्वानुमानको लागी दोभानमा पूर्व सूचना प्रणली स्थापन गरि त्यसले दिएको सूचनाबाट रूपन्देहीका जोखिमयुक्त क्षेत्रलाई जोगाउन सकिने प्रयास जारी रहेको रानाले बताए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सिद्धबाबा, मायादेवी गाउपालिका कम्हरिया, हाटी बनगाईका केही क्षेत्र, सैनामैना लगायत अत्याधिक बिपदको जोखिममा रहेका क्षेत्रमा काम गर्न १ सय ७५ जना प्रहरी कर्मचारी तयारी अवस्थामा रहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह्ृदय थापाले जिल्ला प्रहरी कार्यालय मातहत रहेको १३ वटा युनिटहरूको यो जनशक्ति बिभिन्न बिपद ब्यवस्थापन सामाग्री सहित तयारी अवश्थामा रहेको बताए । रूपन्देहीमा बिशेष गरि आगलागी, बाढी र डुबानले समस्या दिने गरेको छ । बिपद ब्यवस्थापन समितिले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३÷०७३ मा आगलागीमा परि २ जनाको र हुरि बतास चट्याङ्गबाट २ जनाको गरि बिपदमा परि ४ जना मानिसको मृत्यु भएको थियो भने अन्दाजी ६ करोड ३५ लाख ७० रूपैया बराबरको क्षति भएको थियो । यसै गरि सोही बर्ष बिपदमा परि १५ जना मानिस घाईते भएको थिए । बिपदमा परि २० वटा चौपायाको मृत्यु भएको थियो भने ५५ वटा घर र २० वटा गोठमा समेत क्षति पुगेको थियो ।
आर्थिक बर्ष २०७३÷०७४ मा भने बिपदमा परि ३ जना मानिसको मृत्यु भएको थियो भने ६ जना घाईते भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उक्त आर्थिक बर्षमा ३१ वटा चौपायाको मृत्यु भएको र अन्य ५ वटा घाईते भएका थिए । यसै गरि बिपदकै कारण २ सय ६६ वटा घर तथा ११ वटा गोठमा क्षति पुगेको थियो भने अन्दाजी १४ करोड १३ लाख ५१ हजार ६ सय ८५ रूपैयाँ बराबरको क्षति भएको थियो । गत आर्थिक बर्ष २०७४÷०७५ मा बिपदका कारण ५ जना मानिसको मृत्यु भएको र अन्य ८ जना घाईते भएका थिए । यसै गरि ११ वटा चौपायाको मृत्यु भएको थियो भने १९ वटा घाईते भएका थिए । गत बर्ष २ सय ७३ वटा घर र २३ वटा गोठमा क्षति पुगि अन्दाजी ३ करोड ४३ लाख ४६ हजार ४ सय ५० रूपैया बराबरको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission