ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

पूर्वीय संस्कार सिकाउन संस्कृत शिक्षा अनिवार्य

४ चैत्र २०८०, आइतबार
४ चैत्र २०८०, आइतबार

शिक्षाको मुख्य उद्देश्य त्यो हो– जसले मानवलाई सभ्य, सुसंस्कृत अनि समुन्नत बनाउन सहयोग पु¥याउँछ । आत्मविश्वासी र स्वावलम्बी बनाउँछ तर शिक्षाको आधुनिकीकरण गर्ने नाममा हामीले आफ्नो मौलिकपन गुमाउँदै गयौं । हामी आफ्नो पूर्वीय संस्कार र संस्कृति बिर्सिएर अरूको देखासिकीमा रमाउन थाल्यौं । जसका कारण हामी कागजका फूलजस्ता भयौं । शिक्षा आँखाको ज्योति हो । यो बिना मानवको जीवन अन्धकारमय हुन्छ । मानव जीवनलाई सफल र समुन्नत बनाउनका लागि हाम्रा मौलिक संस्कार र संस्कृतिलाई शिक्षासंग जोड्नु अत्यन्तै आवश्यक देखिन्छ । औपचारिक शिक्षा प्रदान गर्ने मूल थलो विद्यालय हो । विद्यालय शिक्षाको पाठ्यक्रम, उक्त पाठ्यक्रमलाई विद्यार्थीसम्म पु¥याउने शिक्षकमा हुनुपर्ने संस्कार एवं विद्यालयको समग्र शैक्षिक वातावरणको प्रभाव विद्यार्थीहरूमा पक्कै पर्छ । हाम्रा प्राचीन मौलिक संस्कार एवं संस्कृति समेटिएका पाठ्यक्रम र पाठ्यपुस्तकहरू विद्यार्थीको झोलामा छैनन् । केवल अङ्ग्रेजी भाषामा लेखिएका वृहत् ठेलीहरू जबरदस्त बोक्न बाध्य बनाइएको छ । नीति, आदर्श र हाम्रा भव्य संस्कृतिका ग्रन्थहरू न त शिक्षकको दैनिक पाठयोजनामा परेका छन् न त विद्यार्थीहरूको घर परिवारमा पढाइएको छ । यस धर्तीमा जन्म दिने मातापिता, आफू जन्मिएको माटो र असल ज्ञान दिने गुरु संसारमा सबैभन्दा पूजनीय हुन्छन् भन्ने हाम्रो पुूर्वीय शिक्षालाई नयाँ पुस्ताका विद्यार्थीहरूमा पु¥याउन नसक्नु पक्कै पनि हाम्रो कमजोरी हो । बिहान प्रातः कालमा उठ्ने, मातापिताको चरण स्पर्श गरेर दिनको सुरुवात गर्ने, आफ्ना इष्टदेवको स्मरण गर्नेजस्ता कुराहरू पाठ्यक्रममा समेटिन नसक्नु हामी सबैको दुर्भाग्य हो । वाल्मीकि रामायणमा भनिएको पनि छ :

अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात्, हे ! लक्ष्मण ! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन । किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।
विद्यालयको पाठ्यक्रमबाट संस्कृत विषयलाई अनिवार्य विषयका रूपमा समावेश नगरिनु बरु पाश्चात्य धर्म, दर्शन, संस्कृतिको अनुसरण गर्न प्रोत्साहित गर्नुले पनि भयावह अवस्था सिर्जना गरेको हो भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन । हाम्रो प्राचीन भाषा संस्कृतलाई निकम्मा र हाम्रा मौलिक परम्पराहरू तुच्छ र औचित्यहिन छन् भन्ने दुष्प्रचार गर्ने प्रवृत्ति पनि यहाँको माटोको हितमा छैन । विदेशीहरूले हाम्रो भव्य संस्कृतिका विरुद्ध गरेका कुप्रचारहरू हाम्रा लागि अत्यन्तै मधुर लाग्नुले हाम्रो यात्रा क्रमशः अधोगतितर्फ उन्मुख भएको पुष्टि हुन्छ । असल गुरु र मित्रको ज्ञानले आफूमा भएका आधा अवगुण नष्ट हुन्छन्, त्यसैले शिक्षासँगै सङ्गतमा पनि ध्यान दिऊँ । असल शिक्षक र मित्रले असल व्यवहार, अनुशासन, नियत र सर्वहितको कार्यमा लाग्न उत्साहित गराउँदछन् । असल गुरु र असल मित्रले गलत ढङ्गका आचारविचारलाई हटाई राम्रो जीवन उपयोगी मार्गमा पाइला चाल्न सिकाउन तनमनले लागेका हुन्छन् । कुनैपनि देशलाई कमजोर बनाउँदै त्यसको अस्तित्व समाप्त पार्नु छ भने अणु र एटम बमको प्रयोग गर्नुपर्दैन । त्यहाँको भाषा र संस्कृतिमाथि प्रहार गरे पुग्छ । अहिले नेपाली संस्कृतिको जननी पूर्वीय संस्कृतिका विरुद्धमा जे भइरहेको छ; समय सापेक्षताका लागि होइन स्वार्थपूर्तिका लागि भइरहेको छ । संसार हाक्ने पूर्वीय दर्शनका हकदारलाई पश्चिमी दासहरूले पैसाकै आड भरोसामा हामीलाई पिडा दिइरहेका छन् । शासनसत्ता र कुत्सित राजनीतिको बुई चढेर हाम्रो आस्थामाथि प्रहार गरिएको छ ।

पूर्वीय सभ्यताको जननी संस्कृत भाषा, संस्कृति अनि साहित्यलाई हामीबाट खोसेर उनीहरूले आफ्नो बैभव बनाइरहेको सन्दर्भ निकै डरलाग्दो देखिन्छ । यहाँ हामीलाई उल्टै अंग्रजीको हाउगुजी देखाएर दास बनाइरहेछन् । यो कुरोको चिरफार हुन ढिलो भइसकेको छ । हामी त यति ठूलो भ्रममा छौं नि, अंग्रेजी जान्नु भनेको महाज्ञान जान्नु हो भने अंग्रेजी नजान्नु भनेको गँवार हुनु हो, केहि नजान्नु हो । हामीलाई यस्तो बेकारको भेडो बनाउनका लागि उनीहरूको ठूलो लगानी छ । व्यवस्थित लगानी छ । रहस्यको गहिरो राजनीति छ । माहोल यस्तो बनाइएको छ कि हामी अंग्रेजीको हाउगुजीले त्रस्त छौं र आफ्ना नानीबाबुलाई अंग्रेजीमात्रै जान्ने बनाउन ध्याउन्नमा दिनरात लागिपरेका छौँ । हाम्रा मौलिक पर्वहरू र संस्कृति भन्दा आयातित पर्व एवं सँस्कृतिको मोह गर्ने विद्यार्थी बनायौं । आखिर आफ्नोजति बिर्सिएर अरूकै पछि दौडन अभ्यस्त बनायौं ।
अहिलेको पाठ्यक्रमले विद्यार्थीहरूमा आध्यात्मिक चेतना प्रवाह गर्न सकेको देखिदैन । आध्यात्मिक चेतना प्रवाह गर्न नसकेकै कारण तथा भौतिक सुख सुबिधालाई सर्वस्व मान्न लगाईएका कारण पछिल्लो पुस्ताका युवाहरूमा विदेशमोह बढ्दै गएको देखिन्छ । कोहीपनि युवा स्वदेशमा बसेर यहीँको माटोलाई सिंगार्ने सोच नराख्नु, आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिको माया गर्नुको साटो अपब्याख्या गर्ने प्रवृतिले देशको राष्ट्रियता, स्वाधीनता नै खतरापूर्ण अवस्थामा पुगेको छ । हाम्रै माटोमा रहेका औषधीय गुणले युक्त विभिन्न प्रकारका जडीबुटीहरूको व्याख्या गरिएको आयुर्वेद , शरीर र मनलाई जोड्न सिकाउने योगशास्त्र, पूर्वीय आदर्श एवं भव्य परम्पराका साक्षीका रूपमा रहेका पौराणिक सन्दर्भहरू, विश्वले नै उत्कृष्ट दार्शनिक ग्रन्थका रूपमा स्वीकार गरेको श्रीमद्भागवत् गीताजस्ता सामग्रीहरूलाई विद्यालयको पाठ्यक्रममा समेट्न सकियो भनेमात्रै ऋषिमुनिहरूले स्थापना गरेको गुरुराष्ट्र नेपालले गुमाएको छविलाई पुनः स्थापित गर्न सक्छ, अन्यथा आफ्नोपन गुमाएको पराधीन र कमजोर राष्ट्रमै सीमित रहने पक्कै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?