© २०२३
व्यवस्थापकिय कमजोरीका कारण जिल्ल्लाकै पुरानो र अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित कपिलवस्तु नगरपालिका ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस व्यवस्थित गर्न नयाँ क्याम्पस प्रमुख चयन गरिएको छ ।क्याम्पस प्रशासनद्वारा प्रभावकारी कार्य सम्पादन नहुदाँ भौतिक पुर्वाधार निर्माण र व्यवस्थापनमा समेत कमजोडी हुँदा क्याम्पसमा अध्ययनरत विद्यार्थीले सास्ती खेप्नु परेको जन गुनासो बढे पछि सञ्चालक समितीले प्राध्यापक नवराज तिवारीलाई क्याम्पस प्रमुख तोकेको हो । यस अघि क्याम्पस प्रमुख रहेका बिष्णुदेव यादवको तिन बर्षे कार्यकाल गत बैशाखमै सकिएको थियो । पछिल्लो समय क्याम्पस अव्यवस्थित हुँदा क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले पछिल्लो एक बर्ष यता तलब सुबिधा खान पाएका थिएनन ।
त्यसै गरि छात्रावास, शौचालय लगायतका सामान्य भौतिक पुर्वाधारको समयानुकुल मर्मत सम्भार नहुँदा बिद्यार्थी सास्ती भोग्न बाध्य छन । क्याम्पसमा कार्यरत १८ पुर्णकालिन र १५ अल्पकालिन प्राध्यापक गरि कुल ३३ प्राध्यापक तथा १३ क्याम्पस प्रशासन अन्र्तगतका कर्मचारी गरि कुल ४६ कर्मचारीले पछिल्लो १३ महिना यता तलब पाउन नसकेको क्याम्पसकै एक कर्मचारीले बताए । शुरुमा ५ आजिबन र ३ सय २२ साधारण सदस्य गरि ३ सय २७ सदस्य रहँदा क्याम्पस सञ्चालक समिती गठन गरिएको थियो । हाल क्याम्पसमा २५ जना आजिवन सदस्य र ६ सय ७२ साधारण सदस्य गरि कुल ६ सय ९७ सदस्य रहेका छन् । क्याम्पसमा शुरुकै बर्ष साधारण सभा र अधिबेशन हुन नसकको अवस्थामा अहिले भने असोज ८ गते क्याम्पस सभा गर्ने निर्णय गरिएको पदेन सदस्य तथा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले जानकारी दिए ।
त्रिभुवन बिश्व विद्यालयको उपकुलपति कार्यालयको योजना महाशाखाको निर्णयनुसार तिन बर्षका लागी क्याम्पस सञ्चालक समितीको अध्यक्षमा तत्कालिन तमलोपाका जिल्ला अध्यक्ष समेत रहेका रामदास गुप्तालाई छनौट गरिएको थियो । अहिले उनको कार्यकाल समाप्त भएको पाँच बर्ष पुग्दा समेत समितीको निरन्तरता यथावत छ । सो समय कपिलवस्तु बहुमुखी क्याम्पसले अध्यक्ष गुप्ता सँगै अधिबक्ता नुर मोहम्मद मुसलमान र पुर्व जिबिसका सभापति रमेश शर्माको नाम सिफारिस गरि त्रिभुवन बिश्व बिधालयमा पठाएको थियो । क्याम्पसको सिफरिस अनुसार बिश्व विद्यालयको उपकुलपति कार्यालयको योजना महाशाखाको मिती २०६७ कार्तिक २४ को निर्णयानुसार तिन बर्षे कार्यकालका लागी अध्यक्षमा गुप्तालाई चयन गरि कार्तिक २७ गते क्याम्पसलाई पत्राचार गरेको थियो ।
संचालक समितीमा अध्यक्ष गुप्ता सगै निर्वाचित सदस्यहरूमा शुरेस शर्मा, मेराज खान, मधुसुदन शरण चौधरी, बाबुराम खनाल, रुकैया खातुन, अनिता शर्मा र सुनिता गुप्ता छन । त्यसै गरि पदेन सदस्यमा प्रजिअ, जिल्ला समन्वय समितीका प्रमुख, नगर प्रमुख, त्रिभुवन बिश्व बिधालयका प्रतिनिधी, प्राध्यापक प्रतिनिधी र तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष रहेका छन भने क्याम्पस प्रमुखले सदस्य सचिवको भुमिका निर्वाह गर्ने प्रावधान रहेको छ । समितीमा रामलौटन तिवारी, बिश्वम्भरनाथ शुक्ल र परमहंशलाल श्रीवास्तब मनोनित सदस्यहरू रहेका छन । कपिलवस्तु नगरपालिका ३ क्याम्पसटोलमा १ बिगाहा ११ कट्ठा १३ धुर जग्गाको क्षेत्रफल चर्चिएको क्याम्पस २०३७ स्थापना भएको हो । क्याम्पसको गत बर्षको तथ्याङ्क हेर्दा ५ सय ४८ छात्र र २ सय ५९ छात्रा गरि कुल ८ सय ७ जनाले नियमित अध्ययन गर्दै आएको देखिएको छ । क्याम्पसको शैक्षिक सुधार र व्यवस्थापन आफनो पहिलो प्राथमिकतामा रहेको क्याम्पस प्रमुख नवराज तिवारीले बताए ।