ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

सेनादिवसमा नुवाकोट पदयात्रा

नेपाली सेनाको अगुवाईमा साईन रेसुङा डेभलमेन्ट बैक, बुटवल उपमहानगरपालिका, तिनाउ गाउपालिकाको सहयोगमा कर्णेल उजिरसिह थापाको पूर्णकदको मुर्ति नुवाकोटमा राखिदै ।
२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

बुटवल, २४ फागुन । सेना दिवसको अवसरमा नेपाली सेनाले नुवाकोट गढीमा ऐतिहासिक पदयात्रा सम्पन्न गरेको छ । श्री मध्य पश्चिम पृतनाद्घारा २६१ औ सेना दिवसको अवसरमा जितगढी– नुवाकोटगढी ऐतिहासिक पदमार्गमा पदयात्रा गरेको हो ।

एक कार्यक्रमका बिच मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सुनिल श्रेष्ठ, रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर भन्सार कार्यालयका प्रमुख नारद गौतम, गरुड दलका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने, मध्यपश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी नारायण थापा, सालझण्डी ब्याटल स्कुलका सहायक रथी कृष्ण जिसीसहित पदयात्रा शुभारम्भ गरिएको थियो ।

सेनाले प्रत्येक वर्ष आआफ्नो क्षेत्रका रहेका सामरिक महत्व र ऐतिहासिक पर्यटकिय क्षेत्रमा रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यसैक्रममा शुक्रबार बुटवलको जितगढी किल्लादेखि नुवाकोटसम्मको पदमार्गमा पदयात्रा गरेको हो । यो मादमार्ग अन्तरगत निर्माणमा सेनाबाट सहयोग भएको थियो। करिब ४.१५ किमि दुरी १ घण्टा १५ मिनेटमा पूरा गरिएको थियो। २२० मिटरदेखि ८०० मिटरको चढाई गरिन्छ । बुटवल माबिको शुभारम्भमा १ किलोमिटर कंक्रिटबाट बनेको सिढिको बाटा र त्यसभन्दा माथि भने प्राकृतिक पैदलमार्ग रहेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको सामरिक महत्व बोकेको जितगढी किल्ला र नुवाकोटगढीको एकिृकृत विकासमा जोड दिदै विभिन्न योजनाहरु अघि बढाएको बताए । आगामी वर्ष यस क्षेत्रको विकासमा करिब ६ करोड बजेट गोल घर बनाउने र जितगढी तिनाउ नदि किनारमा आरती केन्द्रका लागि योजना आयोगमा सिफारिस गरिएको बताए ।

यसैगरि नेपाली सेनाले नुवाकोट मन्दिरमा चढ्ने सिढी र रेलिङ निमार्ण गरेर हस्तान्तरण गरिएको छ भने । नेपाली सेनाको अगुवाईमा साईन रेसुङा डेभलमेन्ट बैक, बुटवल उपमहानगरपालिका, तिनाउ गाउपालिकाको सहयोगमा नुवाकोटगढीमा कर्णेल उजिरसिह थापाको पुर्ण कदको मुर्ति स्थापना गरिने भएको छ । करीब १५ लाख लागतमा उजिरसिह थापाको पूर्णकदको मुर्ति तयार भैसकेको र चैत महिनामा स्थापना गरिने गरुड दलका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले बताए ।

गतवर्ष दिवसको दिनमा मध्यपश्चिम पृतना र २२ नं बाहिनीबाट दिवसमा बुटवलमा १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड गरिएको थियो । तत्कालिन पृतनापति उपरथि यामप्रसाद ढकाल र तत्कालिन बाहिनी सहायक रथि नवराज गुरुङबाट यस क्षेत्रका सामरिक महत्वका गढी संरक्षणको महत्वपूर्ण अभियान थालनी भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?