ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

पर्यटन विकास आर्थिक समृद्धिको आधार : मन्त्री न्यौपाने

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

बुटवल, ८ फागुन ।

लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनमैत्री नीति निर्माणको तयारीलाई तीव्रता दिएको छ।

यसै सन्दर्भमा बिहीबार बुटवलमा पर्यटन व्यवसायी र सरोकारवालाबीच नीति निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन नीतिलाई पर्यटनमुखी बनाउने, युवासँग रोजगारी जोड्ने र आर्थिक समृद्धिको आधार तय गर्ने खालको नीतिको मस्यौदा तयार भइरहेको जानकारी दिए।

उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ। यस नीतिले प्रदेशभर पर्यटनको समृद्धिको ढोका खोल्नेछ।” मन्त्री न्यौपानेका अनुसार, लुम्बिनी प्रदेशलाई देशकै नमुना पर्यटकीय हब बनाउने लक्ष्यसहित १२ वटै जिल्लाबाट एक वा दुई ठूला परियोजना छनोट गरी अन्य मन्त्रालयसँग समन्वय गरेर प्राथमिकताका साथ अघि बढाइने छ।

मन्त्री न्यौपानेले पर्यटन नीति निर्माणका लागि विभिन्न जिल्लाबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै पर्यटन नीतिलाई कसरी पर्यटनमुखी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुझाव लिने काम भइरहेको बताए। मन्त्री पदभार ग्रहण गर्दा पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले अहिले लुम्बिनी प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यटन नीति निर्माणमा जुटेको बताए। मन्त्री न्यौपानेले भने, “लुम्बिनी प्रदेश सातै प्रदेशमध्ये देशकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा परिचित छ, यसको प्रचारप्रसार गर्न आवश्यक छ।”

पर्यटन नीति निर्माणका सहजकर्ता पूर्वसहसचिव तथा पर्यटन विज्ञ रमेशकुमार अधिकारीले लुम्बिनीमा पर्यटनको सम्भावना, आवश्यकता र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरे। अधिकारीले पर्यटन क्षेत्रको पहिचान र विकासका लागि सबै सरोकारवालाको समान सहभागिता सुनिश्चित गर्ने नीति निर्माणको तयारी भइरहेको जानकारी दिए। उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ।” लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन वलीले पर्यटन नीति निर्माणले आर्थिक गतिविधिमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रमा व्यापक बहस आवश्यक रहेको बताए। उनका अनुसार, पर्यटन विकास भौगोलिक अवस्था अनुसारको, रोजगार सृजना गर्ने र आर्थिक समृद्धि अभिवृद्धि गर्ने खालको हुनुपर्छ।

कार्यक्रममा रुकुम पूर्वको सिस्ने हिमशृंखला, रुपन्देहीको मर्चवार क्षेत्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, राष्ट्रिय निकुञ्ज (बाँके–बर्दिया), गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल जस्ता प्रचलित एवं सम्भावित पर्यटकीय स्थलहरूको दीर्घकालीन विकासका सम्भावनाबारे छलफल भएको थियो। गुल्मी, रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार तथा पर्यटन व्यवसायीहरू सहभागी उक्त अन्तरक्रियामा पर्यटन नीतिमा समावेश गर्न सकिने विषयहरू, पर्यटन प्रवर्द्धनका लागि आवश्यक कदमहरू र पर्यटनमैत्री नीति ल्याउन आवश्यक उपायहरूबारे सुझाव संकलन गरिएको थियो।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रदेशका १२ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थल, तिनको महत्त्व र प्रवर्द्धनका सम्भावनाबारे छलफलसँगै सुझाव संकलन गरिएको थियो। यसरी, लुम्बिनी प्रदेश सरकारको उधोग पर्यटन तथा यातायात मन्त्रालय नीति निर्माणमा सक्रिय रूपमा जुटेको छ। विभिन्न जिल्लाबाट सुझाव संकलन गर्दै प्रदेशको पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रयासरत छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्य र लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजनामा बुटवलमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?