ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

राप्ती उपक्षेत्रियको काम रिफर सेन्टर

३० श्रावण २०७५, बुधबार
३० श्रावण २०७५, बुधबार

राप्ति उप क्षेत्रिय अस्पताल नाम मात्रैको उप क्षेत्रिय बनेको छ । अहिले पनि अस्पताल रिफर सेन्टरको रूपमा परिचित छ । अहिले पनि अस्पतालले उपकरणको अभाव, विशेषज्ञ डाक्टरको अभाव जस्ता कारण देखाउँदै कोहलपुर मेडिकल कलेज तथा भैरहवा मेडिकल कलेजमा बिरामीहरू रिफर गर्दै आएको छ ।
महेन्द्र हेल्थ सेन्टर, महेन्द्र अस्पताल हँुदै राप्ति उप क्षेत्रिय बनेको अस्पतालले अझै पनि जिल्ला तथा अञ्चल अस्पतालहरूमा बिरामी रिफर गर्दै आएको छ । तर अस्पताल प्रसाशन भने रिफर सेन्टरको रूपमा अस्पताललाई मान्न तयार छैन । अहिले पनि अस्पतालमा आईसियुको व्यवस्था नहँुदा सामान्य सुत्केरीलाई अप्रेसन गर्नुपरेमा कोहलपुर लैजानुपर्ने बाध्यता रहेको छ । बिशेषज्ञ डाक्टरको अभावमा घोराहीकै केही निजि अस्पतालमा बिरामीहरू रिफर गरिँदै आएको अस्पतालले मृगौला खराब भएका बिरामीलाई गरिने डाईलासीस सेवा समेत अहिले बन्द गरेको छ ।
राप्ति उपक्षेत्रिय अस्पतालका निमित्त मेसु डा. जनार्दन पन्थी भने अपवादको रूपमा रिफर गर्ने गरेको बताउँछन् । बिरामीलाई सघन उपचार कक्षमा उपचार गर्नुपर्ने भएमा मात्रै रिफर गर्ने गरिएको उनले बताए । “बिरामीको अवस्था क्रिटिकल छ भने मात्रै रिफर गर्छौं होईन भने यही नै उपचार हुन्छ” निमित्त मेसु डा.पन्थीले भने । सबै रोगका विशेषज्ञ डाक्टरहरू नहँुदा त्यस्ता बिरामीहरूलाई मेडिकल अधिकृतहरूले बाहिर जाने सल्लाह दिने गरेको सेवाग्रहीहरू बताउँछन् । राप्ति क्षेत्रकै ठूलो अस्पताल राप्ति उपक्षेत्रिय अस्पतालमा दैनिक साढे ४ सय बिरामीहरू आउने गरेका छन् । तर ती बिरामीको २५ प्रतिशत रिफर हुने गरेको जानकारहरू बताउँछन् ।
मेसु पन्थीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ओपिडिमा ८० हजार ६० जना, इमरजेन्सिमा ३४ हजार २९ जना, प्रसूति तर्फ ४ हजार ६ सय १७ जनालाई सेवा प्रवाह गरिएको छ ।
प्रसूति सेवा लिन आउने बिरामीहरूको अप्रेसनलाई जोडेर ठूला अप्रेसन १ हजार ३ सय ४१, मध्यमखालका २ हजार ८१ र सामान्य २ हजार ८१ जनाको अप्रेसन गरिएको उनले बताए । साथै अस्पताल स्रोतका अनुसार गएको आर्थिक वर्षमा २ हजार ३ सय ९९ जना लक्षित वर्ग तथा समुदायका व्यक्तिले निःशुल्क स्वास्थ्य सेवा पाएको समेत रेकर्डमा छ । “झण्डै सवा लाख मानिसको उपचार गरेका छौं भने यसलाई रीफर सेन्टर भन्न मिल्दैन” मेसु पन्थीले भने । तर दरवन्दी अनुसारका डाक्टरहरू नहुदा विरामीले सास्ती खेप्नु परेको उनको भनाइ छ । अस्पतालमा विशेषज्ञ डाक्टरहरू नभएका कारण घोराहीकै निजी अस्पतालमा त्यो सेवा पाईन्छ भने विरामीलाई टाढा पठाएर दुःख दिन नहुने उनको तर्क छ ।
राप्ति उपक्षेत्रीय अस्पतालमा १ सय २१ जनाको दरबन्दी भएपनि अहिले जम्मा ७९ जनाको पदपुर्ति भएको राप्ति उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर जनार्दन पन्थी बताउँछन् । ‘विशेषज्ञ चिकित्सकहरूको २० जनाको दरबन्दी भएपनि जम्मा ९ जनाको मात्रै पदपुर्ति भएको छ । बाँकी ११ जनाको पदपुर्ति हुन सकेको छैन । त्यस्तै मेडिकल अधिकृतको १८ जना मध्ये ६ जना मात्रै रहेका छन् भने नर्सिङ स्टाफ ३५ मध्ये ३४ जनाको पदपूर्ति भइसकेको छ । अन्य ४८ जनामध्ये ३० जनाको पदपूर्ति भएको छ’, निमित्त मेसु पन्थीले जानकारी दिए । पन्थीका अनुसार अहिले अस्पतालमा आन्तरिक स्रोततर्फ ६२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा न्युरोलोजिष्ट, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, न्युरो सर्जन, डेण्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट र युरो सर्जनको दरबन्दी खाली रहेको छ । त्यसैगरी उपक्षेत्रीय अस्पतालमा सरुवा भएर आएका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट हरीबहादुर केसी हाजिरै नभएर काजमा रहेका छन्, भने मेडिकल जर्नलिष्ट पनि काजमा विर अस्पतालमै अलमलिरहेका छन् ।
फरक प्रसंगमा अस्पतालका निमित्त मेसु डा.जनार्दन पन्थीले आफ्नो कारणले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्यौलमा नपर्ने बताएका छन् । प्रतिष्ठान र आफ्नो बीचमा कुनै विवाद नरहेको भन्दै प्रतिष्ठानका पदाधिकारीले हचुवाको भरमा काम गर्न खोज्दा धेरै विवाद देखिएको उनले बताए । दाङका सरोकारवालाले कुरा नबुझेका कारण समस्या उत्पन्न भएको भन्दै उनले स्वास्थ्य मन्त्रालयको पत्र विना अस्पताल हस्तान्तरण नगर्ने आफूले अडान मात्र लिएको बताए । प्रतिष्ठानका पदाधिकारीलाई उपक्षेत्रीय अस्पताल जिम्मा लगाएको भए अस्पतालबाट सबै सरकारी चिकित्सकहरू बाहीर जाने वातावरण बन्नेवाट आफूले जोगाएको समेत डा पन्थीले दाबी गरे । दाङमा प्रतिष्ठान ल्याउन आफ्नो पनि धेरै ठूलो भूमिका रहेको बताउँदै डा. पन्थीले यसको माया मलाई भन्दा धेरै चिन्ता कसलाई होला ? उनले प्रतिप्रश्न गरे । “हामीले भनेजस्तो भर्खरै स्थापना भएको प्रतिष्ठान आजको आजै दौडेर हिँड्दैन, स्वास्थ्य मन्त्रालयमा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भनेर चिट्ठी बनीसकेको र पुरानै वा नयाँ जो आउनुहुन्छ, उहाँहरूले पत्र ल्याएर आएमा मैले सहजै हस्तान्तरण गरेर जाने तयारीमा छु” पन्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?