ट्रेंडिंग:

>> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल

नवलपरासी खण्डः हुलाकी सडक बिस्तार कन्तविजोग

११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

सुनवल, ११ फागुन । पश्चिम नवलपरासीमा तीन खण्डमा विभाजन गरेर साढे ३६ किलोमिटर हुलाकी सडक बिस्तार भईरहेको छ तर सडक बिस्तारको सुस्तताले यात्रु र सडक छेउछाउका बासिन्दाले सास्ती खेप्दै आएका छन् । पहिलो खण्ड अन्तर्गत सदरमुकाम परासी देखि नारायणचोक सम्मको साढे १२ किलोमिटर सडक बिस्तारको लागि दिईएको म्याद गत वर्षको चैत्र मसान्तमै सकिएको हो तर हालसम्म न म्याद थप भएको छ नत ठेकेदारले कामनै पुरा गरेको छ । तीन वर्षदेखि ९० प्रतिशत काम पुरा भएकाले छिट्टै काम पुरा हुने बताउँदै आएको संघिय सरकार अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले अहिले पनि पुरानै जवाफ दोहो¥याउँदै आएको छ । यो सडक खण्ड निर्माण थालेको पनि सात वर्ष भईसकेको छ तर काम पुरा भएको छैन । बरु कालोपत्रे गरेको केहि महिनामै भत्किएर खाल्डाखुल्डी परेको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कन्चनजंगा, विरुवा शिवशक्ति जेभिले काम सक्न पटक पटक थप म्याद पाएपनि काम पुरा गरेको छैन ।
गत कार्तिक १७ गते जिल्ला प्रशासन कार्यालयमा हुलाकी सडक निर्माणमा भएको ढिलाई बारे ठेकेदार संग सर्वपक्षिय छलफल गरि अब पनि काम नगरे ठेक्का तोड्ने सहमति भयो । मंसिर मसान्त सम्ममा सदरमुकाम परासीदेखि बर्दघाटको नारायणचोक सम्मको सडक निर्माण कार्य पुरा नभए ठेक्का सम्झौता रद्द गर्ने अन्तिम चेतावनी दिईएको थियो । सम्पर्कमै नआउने र काम अलपत्र पारेर सम्र्पकविहीन भएपछि सृजित दबाबलाई मध्यनजर गर्दे ठेकेदार कम्पनीका निर्माण व्यवसायी सुरेन्द्र पाठकलाई परासी बोलाएर गरिएको छलफलमा मंसिर मसान्त सम्म काम सक्ने पाठकले प्रतिवद्धता जनाएका थिए ।

तर प्रतिवद्धता जनाएको ३ महिना बितिसक्यो बल्ल फेरि ठेकेदारले काम थालेको छ तर ठेकेदारको कामको गति हेर्दा काम पुरा गर्ने छाँटकाट छैन । सोही सडक खण्डमा चामल उद्योग सञ्चालन गर्दै आएका उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले सडकका कारण मालवाहक सवारी साधन आउजाउमा निकै समस्या भएको गुनासो गरे । ठेकेदारलाई पटक पटक समय दिएपनि काम पुरा नगरेको भन्दै उनले अब थप समय दिन नहुनेमा जोड दिए ।

जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र हुलाकी सडक योजना कार्यालयका प्रमुख सहित सरोकारवालाको टोलीले तिनै खण्डको कामको प्रगतिबारे स्थलगत जानकारी लिएको छ । निरिक्षणको क्रममा ठेकेदारले चरम ढिलासुस्ती गर्नुका साथै काम पनि गुणस्तरीय नगरेको देखिएको छ । नारायणचोक परासी खण्डमा पिच भएको केहि महिनामै ठाँउ ठाँउमा पिच भत्किएको थियो तर पुरानो काम बराबरको रकम ठेकेदारलाई भुक्तानी भईसकेको छ । अहिले पुनः ठेकदारले परासीस्थित रामग्राम नगरपालिका अगाडि बाट पुन सडक मर्मत र कालोपत्र गर्न काम थालेको छ ।

सो सडक खण्डको रामग्राम ८ मा भत्किएको कल्र्भटमा भएको दुर्घटनामा २ जनाको मृत्यु भईसकेको छ भने केहि घाईते भएका छन् । तर अहिले सम्म उक्त कल्र्भटका लागी ठेक्का सम्झौता समेत भएको छैन् । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारका जनप्रतिनिधिहरू संघिय आयोजना अन्तर्गतको सडक भएको भन्दै अरूलाई दोष देखाएर पन्छिने गरेका छन् । हुलाकि सडक योजना कार्यालय कपिलवस्तुतका प्रमुख विष्णु बाबु पाण्डेले ठेक्का रद्द गरेर पुन आह्वान गर्दा काम सम्पन्न गर्न थप समय लाग्ने भएकाले त्यसो नगरिएको जवाफ दोहोर्याउदै आएका छन् । सडकका विषयमा हुने छलफलमा पनि पाण्डेले ठेकेदारको बचाउ गर्दे आएका छन् । स्रोतका अनुसार मुख्य राजनैतिक दलकै शिर्ष नेता, मन्त्रालय र हुलाकि राजमार्ग कार्यालयका कर्मचारीकै संरक्षणमा ठेकेदारको लापरवाहीलाई मलजल भईरहेको छ ।

दोस्रो खण्ड नारायणचोक देखि त्रिवेणी सम्मको १५ किलोमिटर सडक हो । यो खण्डमा अहिले विभिन्न स्थानमा कल्र्भट निर्माणको काम भईरहेको छ तर काममा गति देखिदैन् । बज्रगुरु महालक्ष्मि जेभिले ५८ करोड ९६ लाख रूपैयाँमा उक्त सडक विस्तारको ठेक्का लिएको हो । तर चालु आर्थिक वर्षको असार मसान्त सम्म मात्र म्याद रहेको उक्त सडक विस्तार कार्यको प्रगति हाल सम्म आधा पनि छैन् ।
यसैगरी कठहवा बेलाटारी ९ किलोमिटर लामो सडक विस्तारको काम पनि सुस्त छ । उक्त सडक खण्डको तिन किलोमिटर भने कालोपत्र भईसकेको छ । कन्ट्याक प्रा.ली. काठमान्डौले ठेक्का लिएको उक्त सडक खण्डको लागत २८ करोड ९० लाख रूपैयाँ छ । तिन किलोमिटर कालोपत्र गरेर बाँकी काममा भने ठेकेदारले तिव्रता दिन सकेको छैन् । जीर्ण सडकका कारण पानी पर्ने वित्तिकै हिलाम्मे र धाम लागे धुलाम्मे हुने गरेको छ । उक्त सडक खण्डमा जीर्ण सडकका कारण दैनिक दुर्घटना हुने गरेको छ । स्थानिय मनराज यादवले धुलोका कारण सटर खोलेर व्यवसाय गर्न नसक्ने अवस्था सृजना भएको बताए । उक्त सडक खण्ड अन्र्तगत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सडक विस्तारमा ठेकेदारले चरम लापरवाही गरेपनि हुलाकि आयोजनाका कर्मचारीले चासो नदिएको गुनासो गरे ।

अनुगमन बिना भुक्तानी
हुलाकि सडक अन्र्तगत कठहवा बेलाटारी ९ किलोमिटर सडकको झन्डै ३ किलोमिटर सडक कालोपत्र भएको छ । ६ सेन्टिमिटरको पहिलो लेयर पिच भएको सो स्थानमा थप ४ सेन्टिरमिटर दोस्रो लेयर पिच हुने हुलाकि सडक योजना कार्यालय कपिलवस्तुतका प्रमुख विष्णु बाबु पाण्डेकै भनाई छ । तर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निरिक्षणको क्रममा उक्त स्थानमा ५ सेन्टिरमिटरको मात्र फस्ट लेयर पिच भएको पाईएको थियो । एक स्थानमा ८ सेन्टिमिटर भएको पाईएपनि परिक्षणका लागी लिईएको अस्फाल्ट कंक्रिट पिच (कालोपत्रको प्रकृति) को कोर कटिङ्ग (सडक पिच भएपछि गुणस्तर परिक्षणका लागी लिईने नमुना) सडकको २ सय मिटर आसपास बाटै लिईएको छ । अनुगमनको क्रममा मापदण्डको विषयमा प्रश्न उठेपनि हुलाकीले कालोपत्र भएको सडकको मुल्याङ्कनको आधारमा ठेकेदारलाई रकम भुक्तानी गरिसकेको छ । तर उक्त सडकको अनुगमन तथा कोर कटिङ्गका लागी आयोजना प्रमुख पाण्डे फिल्डमै नआएको पाईएको छ । ‘रकम भुक्तानी हुने बेलामा आयोजना प्रमुख फिल्डमै आएर हेर्नुपर्ने हो तर ठेकेदारले काम गर्ने वित्तिकै भुक्तानी गर्न हतार गरेको देखिन्छ, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले भने । ’ यादवले आयोजना प्रमुख संग प्रश्न गर्दा पाण्डे आफु फिल्डमा नआएको स्वीकार गर्दे प्राविधिकहरूले कटिङ्ग गरेर लिएर गएको नमुना हेरेको बताए । समन्वय प्रमुख यादवले यसमा प्रशस्त शंका गर्ने ठाँउ भएको बताएका छन् ।

साथै सोहि सडक खण्ड अन्र्तगत बाँकि सडक पिच गर्नेका लागी प्रयोग गरिने निर्माण समाग्रिको गुणस्तरीयतामा पनि प्रश्न खडा भएको छ । अनुगमनको क्रममा प्रश्न गर्दा पाण्डेले पटक पटक गुणस्तर प्रमाणित गरेर मात्रै निर्माण समाग्रि प्रयोग गरेको दाबी गरे पनि स्थानिय तहका प्राविधिकहरूले निरिक्षण गर्ने क्रममा उक्त निर्माण समाग्रि मापदण्ड अनुसारको नभएको पाईएको प्रतापपुर गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘हामिले गुनासो आएपछि हाम्रा प्राविधिकहरूलाई स्थलगत रूपमा हेर्न पठाएका थियौ, प्राविधिकहरूका अनुसार उक्त समाग्री मापदण्ड अनुसारको छैन्, यादवले भने ।’ सडक पिच गर्नुपुर्वको बेसकोर्सको तयारीका लागी राखिएको निर्माण सामाग्रीमा बढि धुलो भएको पाईएको छ । सडकको भार थेग्ने बेसकोर्सनै गुणस्तरीय हुनुपर्छ । बेसकोर्समा ननप्लास्टिक मेटेरियल (क्रसरबाट निस्किएको शुद्ध समाग्री अर्थात माटो नमिसिएको निर्माण समाग्री) हुनुपर्नेमा फाईन (धुलो) बढि भएको मेटेरियल देखिन्छ अब उहाँहरूले कसरी प्राविधिक रूपमा परिक्षण पास गराउनुभयो सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले भने । ’

आयोजना प्रमुख पाण्डेले स्थलगत कामको अनुगमन नगरी प्राविधिक कर्मचारीको भरमा भुक्तानी दिने र कामको प्रगती बारे रिपोर्टिङ्ग गर्ने गरेको सरोकारवालाहरूको भनाई छ । हुलाकि सडक अन्र्तगत पर्ने स्थानिय तहहरू रामग्राम, सरावल, प्रतापपुर तथा सुस्ताका जनप्रतिनिधिहरूले हुलाकि सडक खण्डले काम गर्ने क्रममा कुनै समन्वय नगर्ने गरेको तथा आयोजना प्रमुखलाई नै आफुहरूले नचिन्ने गुनासो समेत गरेका छन् । जिसस प्रमुख यादवले हुलाकि राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुखको चरम लापरवाही देखिएको बताउदै छानविन गर्नुपर्नेमा जोड दिए । अनुगमन पछि प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले पनि सडकमा गुणस्तरको प्रश्न देखिएको बताए । ‘प्राविधिक रूपमा थप परिक्षण गर्नुपर्ला तर हाम्रो हिसाबले ति सामाग्री मापदण्ड अनुरूपका छैनन् प्रजिअ पन्थीले भन्नुभयो । ’
आयोजनाले उक्त सडक खण्डमा हाल सम्मको कामको प्रगतीको आधारमा भुक्तानी गरिसकेको छ । भौतिक प्रगती अनुसारको रकम आयोजनाले तत्काल भुक्तानी गर्ने गरेको छ । नारायणचोक परासी सडक खण्डको २५ करोड १९ लाख रकम मध्ये १८ करोड २१ लाख भुक्तानी भईसकेको छ । यसैगरी नारायणचोक त्रिवेणीको ५८ करोड ९६ लाख मध्ये १६ करोड ९० लाख भुक्तानी भईसकेको छ । यसैगरी कठहवा बेलाटारीको २८ करोड ९० लाख मध्ये ८ करोड ५७ लाख भुक्तानी भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%