ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

लुम्बिनी प्रदेशको वित्तीय प्रगति : लक्ष्यअनुसार उपलब्धि कमजोर

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

बुटवल, १५ मंसिर ।

लुम्बिनी प्रदेश सरकारले पछिल्ला तीन आर्थिक वर्षमा आन्तरिक आम्दानी वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १२ करोड ८६ लाख राजस्व संकलन भएको प्रदेशले २०८१/८२ मा ५ अर्ब ६४ करोड ५९ लाख जुटाउन सफल भयो । तीन वर्षमा करिब डेढ अर्ब रुपैयाँले राजस्व वृद्धि भए पनि लक्ष्यअनुसारको उपलब्धि अझै कमजोर देखिन्छ ।

२०७९/८० मा ७ अर्ब २८ करोड ९४ लाखको लक्ष्य रहेकामा ४३.३६ प्रतिशत मात्र संकलन भएको थियो । २०८०/८१ मा ८ अर्ब ६८ करोड ८१ लाखको लक्ष्यविरुद्ध ४६.७० प्रतिशत मात्रै राजस्व उठ्यो । पछिल्लो वर्ष २०८१/८२ मा १० अर्ब ९३ लाख ५७ हजारको लक्ष्य रहेकोमा ५१.६३ प्रतिशत मात्र राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । राजस्व संरचनामा सवारीसाधन कर ३२.८८ प्रतिशतसहित प्रमुख स्रोत बनेको छ भने वन क्षेत्रबाट ७.३२ प्रतिशत योगदान रहेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्वको दायरा बढाउन सरकार निरन्तर काम गरिरहेको बताए । उनले प्रदेशकै कानुनी जटिलता, संघीय ऐनसँगको दोहोरोपन तथा स्रोत परिचालनमा कमजोरीले लक्ष्यअनुसार राजस्व संकलनमा अवरोध पुगेको स्वीकार गरे । कार्कीका अनुसार आवश्यक परे कानुन संशोधनमार्फत राजस्व वृद्धि गर्ने र आन्तरिक आम्दानीको दायरा बढाउनेतर्फ सरकार प्रतिबद्ध छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज आर्यालले दिगो आन्तरिक राजस्व विकासका लागि अझै धेरै काम गर्नुपर्ने बताए । उनी वन, पर्यटन तथा यातायात क्षेत्रमा राजस्व सम्भावना ठूलो भए पनि दीर्घकालीन संरचनागत सुधारको अभावले लक्ष्य पूरा हुन नसकेको बताए । उनले पर्यटन कर व्यवस्थापन, कृषि उत्पादनको बजार प्रणाली सुधार तथा सवारी कर प्रणाली व्यवस्थित गरे राजस्व उल्लेख्य रूपमा बढ्न सक्ने उल्लेख गरे ।

बजेट खर्च दर हेर्दा २०७९/८० मा खर्च ७०.९४ प्रतिशत थियो भने २०८०/८१ मा ६५.३९ प्रतिशतमा झरेको थियो । २०८१/८२ मा खर्च दर पुनः वृद्धि हुँदै ७२.९ प्रतिशत पुगेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । संघीय संरचना लागू भएको प्रारम्भिक वर्षहरूको तुलनामा यो प्रगति सकारात्मक रहेको उनको भनाइ छ ।

पूर्व योजना आयोग उपाध्यक्ष डा. नकुल केसीका अनुसार राजस्व तथा खर्चका केही सूचकमा सुधार भए पनि समग्र अवस्था सन्तोषजनक छैन । उनले स्रोत पहिचान, कर प्रणाली सुदृढीकरण तथा पर्यटन–यातायात क्षेत्रमा रहेको राजस्व चुहावट रोक्न सरकार कमजोर रहेको टिप्पणी गरे ।

विशेषज्ञ तथा सरोकारवालाहरूले लुम्बिनी प्रदेशको राजस्व वृद्धि र वित्तीय सबलीकरणका लागि पर्यटन, कृषि, वन तथा उद्योग कर प्रणाली आधुनिक बनाउने, खर्चको परिणाममुखी कार्यान्वयन गर्ने, डिजिटल कर प्रणाली अपनाउने तथा कानुनी अस्पष्टता हटाएर अधिकार प्रयोगमा स्पष्टता ल्याउने आवश्यक रहेको बताए । आन्तरिक आम्दानी क्रमशः बढ्दै जाँदा पनि लक्ष्यअनुरूपको उपलब्धि न्यून रहेकाले आगामी वर्षहरूमा प्रदेशले दिगो, पारदर्शी र प्रभावकारी आर्थिक प्रणाली निर्माणतर्फ दृढतापूर्वक अघि बढ्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?