Butwal Today

पन्थीको “आमा बाँचिराखे है” बजारमा

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

बुटवल । चर्चित सर्जक तथा लोक गायक बाबुराम पन्थीको “आमा बाँिचराखे है” गित बजारमा आएको छ । आमाको न्यानो काख र अगाध मायालाई जीवन्त रुपमा प्रस्तुत भएको मार्मिक गीत “आमा बाँिचराखे है” को आधिकारिक म्युजिक भिडियो लोकप्रिय सांगीतिक युट्युब ‘ss series’  मार्फत बजारमा आएको छ । भिडियो सार्वजनिक भएसँगै दर्शकहरुको ध्यान आकर्षित गर्न पनि सफल भएको छ । यसमा सुगम सांगीतिक क्षेत्रका प्रतिभावान सर्जकहरुको सहकार्य रहेको छ ।

गायक एवं संगीतकार बाबुराम पन्थीको मर्मस्पर्शी संगीत संयोजनले गीतलाई अझ बढी भावुक र प्रिय बनाएको छ । यसमा स्वर शब्द पन्थीको रहेको छ भाका चयन सुर्य न्यौपानेको रहेको छ । आमाको अभिनय हिउवाला गौतमको रहेको छ भने म्युजिक भिडियोमा मुख्य कलाकारका रुपमा आशिर प्रताप जंग लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ, जसले गीतको भावनालाई दृश्य मार्फत दर्शकको हृदयसम्म पु¥याउन ठूलो भूमिका खेलेको छ ।

“आमा बचिराखे है” गित हरेक सन्तान र आमाबीचको प्रगाढ सम्बन्धको कथा पनि हो । विदेश वा घरबाहिर रहेका सन्तानहरुका लागि आमाको आशीर्वाद र उपस्थिति कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई यस गीतले सन्देश दिन खोजेको छ । गुल्मी मदानेका पन्थीले “पिपल छाँयामा फेरि मन फर्कियो भुपु मायामा” भन्ने गितबाट आफ्नो सांगीतिक जग बसालेका हुन् । उनले“बटौलिमा निरमाया लाई बसाली बास” जस्ता चर्चित गितहरु पनि बजारमा ल्याई सकेका छन् । “जोर शंख फुकेर” जस्ता गितमा कारुणिक शब्द रचना गरेका पन्थीले दर्जनौ गितमा शब्द भोरेका छन । उनले लेखेका शब्द प्राय भावनात्मक र कारुणिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?