ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

प्रविधिजन्य हिंसा रोक्न संवेदनशीलता आवश्यक : मन्त्री तिमिल्सिना

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

कपिलवस्तु, १६ मंसिर ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुँदै गएको सन्दर्भमा प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताएका छन् ।

“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मायादेवी गाउँपालिकाको समन्वयमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मायादेवीको पकडीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले प्रविधिबाट हुने हिंसा रोक्न सचेत हुनु पर्ने बताए ।

सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले देशभरका करिब १ करोड ६० लाख नागरिक प्रविधिको पहुँचमा रहेकाले प्रविधिका कारण हुन सक्ने लैङ्गिक हिंसाको जोखिम बढ्दो अवस्थामा भएकाले सबैको सजगता आवश्यक रहकोमा उनको जोड् थियो । कपिलवस्तु जिल्लामा पनि ६५ प्रतिशत महिलाहरु हिंसामा परेको तथ्याङ्क देखिएकाले सबैले आफैंबाट हिंसा विरुद्धको अभियान थाल्नु पर्नेमा उनले जोड दिए ।

“घरेलु हिंसा र मानव बेचबिखनका घटना रोक्न हामीले समयमै ध्यान पुर्याउन नसके अझै भयावह अवस्था आउँछ । शैक्षिक रुपान्तरण बिना हिंसा न्युनीकरण हुन असम्भव हुन्छ । त्यसैले शिक्षा सुधार र सचेतना प्रवाहमा सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ”, उनले भने ।

१६ दिने अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा लैङ्गिक हिंसा न्युनीकरणका लागि अन्तक्र्रिया आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका निमित्त प्रदेश सचिव दिवाकर भण्डारीको भनाइ थियो । कार्यक्रम मार्फत आफू आफ्नो पालिकामा लैङ्किक हिंसा रोक्ने अभियानमा प्रतिबद्ध रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमानले बताए । प्रविधि प्रयोगका कारण हुने लैंगिक हिंसा रोक्न पालिकाले विद्यालयस्तरमा डिजिटल साक्षरताको सचेतना कार्यक्रमलाई प्राथमिकता दिएको उनले स्पष्ट पारे ।

प्रविधिका कारण हुने हिंसाका स्वरुप र आयामहरु बदलिएकाले सबैले हिंसा विरुद्ध ऐक्यवद्धता जनाउनु पर्ने मन्त्रालयकी बरिष्ठ महिला विकास अधिकृत एवं महिला समुत्थान परियोजनाकी व्यवस्थापक सम्झना सुवेदीले बताइन् । दिवसीय कार्यक्रमले मात्रै हिंसा रोक्ने कार्य हुन नसक्ने बताउँदै सबै तहका सरकार शैक्षिक सुधारका लागि गम्भिर हुनु पर्नेमा प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरीले जोड दिए ।

हिंसा रोक्ने अभियान आफैंबाट सुरु गरे मात्रै सम्भव हुने लुम्बिनी प्रदेशका पुर्व मन्त्री सहसराम यादवले बताए । कुनै पनि हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति कार्यान्वयन गर्न सबै पक्षले सहयोग गर्नु पर्नेमा प्रजिअ जनार्दन गौतमले जोड दिए । कार्यक्रममा मन्त्री तिमिल्सिना सहितका सहभागीले लैङ्किक हिंसा हुन नदिन सामूहिक रुपमा लिखित प्रतिबद्धता जनाएका थिए ।

उदघाटन कार्यक्रमपछि कार्यक्रमका सहभागीबिच लुम्बिनी प्रदेशको लैङ्गिक हिंसा, सो का कारणहरु र हिंसा रोक्न खेल्न सकिने भूमिका बारे प्रस्तुतिकरण छलफल तथा अन्तक्र्रिया गरिएको थियो । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, वडाध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेय, पालिकाका शिक्षा शाखा प्रमुख माधव घिमिरे, प्रहरी उपरीक्षक सन्तोष आचार्य, कालिकाका अशोक लम्सालले लैङ्किक हिंसा रोक्न सबैले भूमिका खुल्न आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?