ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

अध्यक्षले कुटे इन्जिनियर  !

२९ श्रावण २०७५, मंगलवार
२९ श्रावण २०७५, मंगलवार

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका एक इन्जिनियरलाई गाउँपालिका अध्यक्षले लछारपछार गर्दै कार्यालयबाट लखेटेको आरोप लागेको छ । गाउँपालिकाका अध्यक्ष दिपक भन्ने बैजु प्रसाद गुप्ताले भने अनुसार काम इन्जिनियर शोभाकान्त रौनियारले नगरिदिँदा लछारपछार गरिएको हो । गाउँगाउँमा हिलो भएको ब्यापक आलोचना हुन थाले पछि गाउँलेको विरोध थाम्न गाउँपालिकाले निर्णय गरि ग्राभेल हाल्ने योजना अनुसार काम भएको थियो । त्यसमा अध्यक्ष गुप्ताले भनेको आधारमा इन्जिनियरले बढि सामग्रीको सिफारिस नगरिदिँदा इन्जिनियर माथि त्यस्तो व्यवहार गरेको स्थानीयहरू बताउँछन् । आठ ट्रिपर मात्र बाटोमा ग्राभेल खसेकोमा अध्यक्ष गुप्ताले ३२ ट्रिपर ग्राभेल खसेको भनेर प्रतिवेदन दिन दबाब दिएको पीडित इन्जिनियर रौनियारको भनाइ छ ।
अध्यक्षले इन्जिनियर रौनियारलाई तथानाम भन्दै अन्तमा तँ जस्तो इन्जिनियर चाहिँदैन भन्दै समातेर कार्यालय बाहिर लगेका थिए । प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलको कार्यकक्षमा प्रमुखले इन्जिनियरलाई दुब्र्यवहार गर्दा प्रशासकिय अधिकृत मुकदर्शक बनेका थिए ।
इन्जिनियरलाई बाहिर निकाली रहेको बेला उपाध्यक्ष पवित्रा कोहाँर आइपुगेकी थिइन् ।
उनले अध्यक्ष र प्रशासकिय माथि खनिँदै के यही सिस्टम हो ? कर्मचारीलाई दुब्र्यवहार गर्ने ? भन्दै इन्जिनियरको पक्ष लिएकी थिइन् ।
आफूले चौध बर्ष देखी सरकारी सेवामा रहेको र यस्तो दुब्र्यवहार भएको यो पहिलो पटक भएको इन्जिनियर रौनियारले सुनाए । उनले आफूले अध्यक्ष गुप्ता विरुद्ध उजुरी दिने बताए । गाउँपालिका कर्मचारीहरूले सो घटनालाई लिएर जिल्ला प्रशासनमा आएका छन् । तर अहिले पनि इन्जिनियर रौनियारलाई उजुरी नदिनका लागि विभिन्न निकायबाट दबाब आउने गरेको छ ।
कर्मचारी माथि जनप्रतिनिधिबाट भएको यो दुब्र्यवहारको घटना प्रति निजामती कर्मचारीहरूको साझा संगठन सिबिएको ध्यानाकर्षण भएको जनाएको छ । ‘जनप्रतिनिधि हँुदैमा जंगली राज्य चलाउन पाइँदैन,’ सिविएका जिल्ला अध्यक्ष अमजद अंसारीले भने–‘कर्मचारीलाई भ्रष्टाचार गर्न दबाब दिइने र नमानेमा कर्मचारीलाई नै दुब्र्यवहार गर्ने,कुटपिटको प्रयास गर्ने त्यस्ता जनप्रतिनिधिलाई जनता समक्ष नाँगो पार्नु पर्छ ।’ कानुन अनुसार कारवाहीका लागि सिविएले कदम चाल्ने अध्यक्ष अंसारीले जनाए । जनप्रतिनिधी भन्दैमा साँढे जस्तो राजा होईन् । उनीहरूका लागि पनि नियम कानुन छ ।
जनप्रतिनिधिले कर्मचारीलाई स्पष्टिकरण सोध्ने,जवाफ माग्ने, छलफलमा बस्ने, बोर्डबाट निर्णय गर्ने सबै विकल्प छाडेर यो कुकृत्य गर्दा एउटा गुण्डा र गाउँपालिका अध्यक्षमा के फरक भयो, एक प्रत्यक्षदर्शी कर्मचारीले भने, यो त अति नै भयो, यस्तै घटना भई राख्ने हो भन्ने कुन कर्मचारी पाल्हीनन्दन गाउँपालिकामा बस्न मान्छन् ?
यता घटना सुन्नमा आएको तर उजुरी भने नआएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । लिखित रूपमा उजुरी आएमा कानुन अनुसार कारबाही प्रकृया अगाडी बढाइने बताएका थिए । यता गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले आफूले इन्जिनियरलाई नकुटेको दाबी गरे । उनले बुटवल टुडेकर्मीलाई भने– तपाईंलाई कस्ले भन्यो ? मैले कसैलाई केही गरेकै छैन ।’
सिधै चार गुणा बढि सामग्रीको बिल पास गराएर भ्रष्टाचार गर्न खोजिएको आरोप स्थानीयले लगाएका छन् । मर्मत सम्भारको नाँउमा लाखौ रुपियाँ घोटाला गर्ने प्रयास भइरहेको थियो । तर इन्जिनियरले भ्रष्टाचारमा संलग्न हुन नमाने पछि उनी माथि नै घटना घटेको कुराले गाउँपालिकालाई नै लज्जाबोध गराएको कर्मचारीले भन्न थालेका छन् । पाल्हीनन्दनको यो पहिलो उदाहरण मात्रै होईन कानुन मिच्दै काम गर्ने प्रवृति हाबी भएकोले गाउँपालिका र अध्यक्ष विरुद्ध २७ वटा मुद्दा दर्ता भएका छन् । यो पनि एउटा मुद्दा थपिने भयो, कार्यालयका एक कर्मचारीले भने, मुद्दा पर्नेमा जिल्ला भरिको स्थानीय तह मध्ये पाल्हीनन्दन पहिलो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission