ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

ह्दयविदारक सवारी दुर्घटना

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

पाल्पा र कपिलवस्तुमा दुई दिनको अन्तरालमा भएका दुर्घटनाले ठूलो मानवीय क्षति गरेको छ । मंगलवार साँझ पाल्पाको मस्याम नजिक चिरिसमा र बुधबार राती कपिलवस्तुको सुरई नाका पुलमा भएको दुर्घटनाले २० जनाको मृत्यु भएको छ । दर्जनौ घाईते भएका छन् । दुवै दुर्घटनामा लापरवाही देखिएको छ । मस्यामको चिरिसमा भएको दुर्घटना क्षमता भन्दा बढी यात्रु राखेका कारण भएको छ भने सुरई नाकामा भएको दुर्घटना ब्रेक फेल भएर भएको भनिएपनि चालकको लापरवाही देखिएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारमा पर्ने बज्रपातको कल्पनासम्म पनि गर्न सकिदैन । सवारी साधनको भीड, यात्रुको चाप, सडकको दुरावस्था र चालकको लापरवाहीले दुर्घटना नियन्त्रण भन्दा पनि बढ्दै गएको छ । एकै दिनको अन्तरालमा भएको दुर्घटनाले आम नेपाली सर्वसाधारणलाई शोकमा डुबाएको छ । मानिसको इहलिला कतिखेर कहाँ सकिने हो निश्चित छैन । कतै गन्तब्यमा गैरहेको यात्रु अकालमा दुर्घटनाको शिकार बन्छ । विगतमा दशै र तिहारको बेलामा सवारी दुर्घटनाका बिभत्स घटनाहरू समेत भएको अझै स्मरणमा छन् । नेपालमा धेरै दुर्घटना दशैं र तिहारकै बीचमा हुने गरेको पाइएको छ तर पाल्पा र कपिलवस्तु दुर्घटनाले कुनै समय, तिथि र बार हेर्दैन भन्ने पुष्टी भएको छ । त्यसो त लापरवाही नगर्ने हो भने धेरै दुर्घटना नियन्त्रण गर्न सकिन्छ । जस्तो मस्यामको चिरिसमा भएको दुर्घटनामा क्षमता अनुसारको यात्रु लिएर गन्तब्यमा गएको भए जीप दुर्घटना हुने थिएन । उकालो बाटो त्यसमाथि क्षमता भन्दा दोब्बर लोड दुर्घटनाका कारक थियो । उता सुरईनाका दुर्घटनामा चालकले गन्तब्यमा प्रस्थान गर्नुअघि राम्रोसंग इञ्जिनको परिक्षण गर्नुपथ्यो । त्यो नगरिएकै कारण बिभत्स दुर्घटना भयो । ती दुई दुर्घटनाबाट कैयनको अनाहकमा ज्यान गयो भने कैंयौ गम्भिर भएको विर्सन सकिदैन् । कतिपय दुर्घटनाका कारण कैयौं परिवारको भविष्य अन्धकारमा रुमल्लिएको पनि धेरै उदाहरण छन । तसर्थ सम्वन्धित निकायले दुर्घटना नियन्त्रणका उपायका लागि पहल गर्नु जरुरी छ ।

मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, ट्राफिक नियम कानुनको अधिकांशले जानीजानी दुरूपयोग गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु जस्ता कारणले दुर्घटनाको संख्या वृद्धि भएको छ । तराई र पहाडमा हुने दुर्घटनाको प्रकृतिमा केही फरक देखिन्छ । खासगरी तराईमा हुने दुर्घटना बढ्दै गएको छ । त्यसको नियन्त्रणमा ट्राफिक प्रहरीको ध्यानाकर्षण पनि हुँदै आएको छ । फेरीपनि दुर्घटनाको ग्राफ बढिरहेको छ । मूख्य समस्या मदिराको प्रयोग मूख्य कारण हो । यद्यपि पाल्पाको मस्याम चिरिस र कपिलवस्तुको सुरईनाका दुर्घटना मानवीय कमजोरीका कारण भएको भन्दा अत्युक्ति नहोला । दुईवटा दुर्घटनाले सम्वन्धित परिवारमा रुवावासी भएको छ । दुर्घटनाका कारण उत्पन्न पारिवारीक बिछोडले पीडा थपेको छ । गत महिना भालुबाङमा भएको दुर्घटना चालकको गंभीर लापरवाहीकै कारण भएको थियो । हरेक बर्ष ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण अभियान सञ्चालन गर्दछ । तर, ती अभियानले दुर्घटना नियन्त्रण हुन सकेको छैन । दशैं तिहारको बेला बजार अनुगमन गरेजस्तो दुर्घटना नियन्त्रण अभियानलाई पनि औपचारिक नगरियोस् । आगामी दिनमा हुने सवारी दुर्घटनाका विभत्स घटना रोक्न सवारी सञ्चालक, यातायात व्यवसायी, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्न अति जरुरी छ । दुवै दुर्घटनाका मृतकप्रति हार्दिक श्रद्धाञ्जली । घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?