ट्रेंडिंग:

>> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

गण्डक पीडितप्रति सरकारको चासो

२८ श्रावण २०७५, सोमबार
२८ श्रावण २०७५, सोमबार

दशकदेखि नारायणी नदी (गण्डक) बाट क्षति भएको क्षतिपूर्ति पाउनु पर्ने माग प्रति सरकारले चासो देखाएको छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले गण्डक पीडितले पाउनु पर्ने क्षतिपूर्तिका लागि सरकारले नै पहल नगरेको जनाउँदै सभामा माग गरेपछि सिंचाई मन्त्रालयले क्षतिपूर्तिबारे चासो लिएको हो ।  गण्डक पीडितले विभिन्न माग राखी ३१ दिनसम्म गण्डक ब्यारेज बन्द गराएर भारतीय पश्चिमी गण्डक नहरमा अनसन बस्दै आन्दोलन गरेका थिए । गण्डक पीडितको माग सम्बोधन गर्न तत्काल उत्तर प्रदेश सरकारका अधिकारीहरूले विहार सरकारसँग अनुरोध गरेका थिए । तत्पश्चात गण्डक पीडित र भारतीय पक्षसँग २०६५ असार महिनामा भएको २१ बुँदे सम्झौता अनुसार गण्डक क्षेत्रमा नदीले किसानको जग्गा कटान, डुबानले भएको बाली क्षतिको विवरण संकलन भएको थियो ।

२०५० साल देखि २०६५ सालसम्मको जग्गाको क्षति र बालीनालीको क्षतिपूर्तिको सर्वेक्षण सिंचाई डिभिजन कार्यालय सेमरीले तयार गरि सरकारलाई पठाएको थियो । संकलन गरिएको लगत अनुसार गण्डक क्षेत्रका साविकका १३ गाविसका बासिन्दाले २ अर्ब ९३ करोड भन्दा बढि क्षतिपूर्ति पाउनु पर्ने हो । सो क्षतिपूर्ति पाउनका लागि गण्डक पीडितले पटक–पटक आन्दोलन, ज्ञापन र सरकार समक्ष डेलिगेसन धाउँदै आएका छन् ।
केही राजनीतिक कारणले रोकिएको सो क्षतिपूर्तिबारे सिंचाई मन्त्रालयसँग राष्ट्रिय सभा सदस्य हरिजन सभामा चर्को रूपमा उपस्थित भएका थिए । ‘मन्त्रालयले कि क्षतिपूर्तिका लागि पहल गर्न प¥यो कि पाइँदैन भनेर जवाफ दिनु प¥यो, संसदमा हामी गफ गर्न आएको होइन,जनताको समस्या हल गर्नका लागि आएको हो,’ हरिजनले भने । उनले मन्त्रालयले क्षतिपूर्ति भारतसँग माग गर्ने प्रक्रिया अगाडि बढाएको बताए । सांसद गण्डक क्षेत्रकै बासिन्दा हुन् । उनी सिंचाई जल उपभोतmा महासंघका महासचिव भएर पनि काम गर्दै आएका थिए । गण्डक पीडितको क्षतिपूर्तिबारे अहिले जिल्ला प्रशासन कार्यालय र सिंचाई डिभिजन कार्यालयसँग विवरण पुनः माग गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए । उनका अनुसार गृह भन्दा बढि जिम्मेवारी सिंचाई डिभिजनको रहेको छ । तर पनि सो विवरणका लागि प्रशासनले पनि लेखि पठाउने छ, उनले भने–‘त्यसका लागि नेपाल भारत संयुतm बैठकमा पनि कुरा उठाईदै आइएको छ । चाँडै नै सिंचाई मन्त्रालयले माग गरेको कागजात, लगत विवरण पठाईदिने प्रजिअ लामिछानेले बताए । जिल्लाबाट पुनः लगत विवरण गए पनि सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतीय पक्षसँग कुरा अगाडी बढाउने प्रजिअ लामिछानेको भनाइ थियो । गण्डक आन्दोलन हुँदाको बखत सोही क्षेत्रका साँसद ह्देश त्रिपाठीको पार्टी तत्कालिन तमलोपा आन्दोलनकारीको विरुद्धमा रहेको थियो ।
गण्डक पीडितकै समस्या उठान गरि २०७० सालको सभासदको निर्वाचनमा काँग्रेसबाट देवकरण कलवार (सन्तु) पनि चुनाव जितेका थिए । तर उनले पनि आफ्नो ४ बर्षको अवधिमा गण्डक पीडितको माग पुरा गराउन सकेनन् । जस्को कारण उनले हार ब्यहोर्न प¥यो । तर अहिले पनि गण्डक पीडितको माग पुरा नहोस् भनी षडयन्त्र गरेको आरोप लाग्ने नेता त्रिपाठी प्रतिनिधि सभामा साँसद छन् । हरिजन राष्ट्रिय सभामा गण्डक पीडितको आवाज उठाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission