ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

मानव र सूचना प्रविधिबीचको सम्बन्ध

११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

मानिस र विज्ञान प्रविधिको द्वन्द्व चलिरहेको समयमा सूचना प्रविधिको द्रूततर विकासका कारण मानिस र प्रविधिवीचको अर्को द्वन्द्व चर्किएको छ । अहिले मानिसहरूमा दुई प्रकारका मत देखिन्छन् –प्रविधिले मानिसको जीवनलाई निर्देशित गरिरहेको र मानिसले प्रविधिलाई निर्देशित गरिरहेको । मानिसले आफ्नो आवश्यकताका लागि प्रविधिको विकास ग¥यो तर त्यही प्रविधिको दास मानिस बन्नपुग्यो । वर्तमान सामाजिक अवस्था हेर्दा मानिसलाई प्रविधिले कब्जा गरेको देखिन्छ । हाम्रो समाज र संस्कृति प्रविधिको चङ्गुलमा फसेको छ । कम्प्युटर सम्बन्धी ज्ञान नभएको मानिसलाई डाइनोसर भनिन्छ र कम्प्युटर जमानामा जन्मिएको जेड जेनेरेशन भनिने अहिलेका बालबालिकाहरू यदि १० मिनेट इन्टरनेट नहुने हो भने पानी बाहिरको माछाजस्तै छट्पटिन्छन् । मोबाइल सुनेुर चुप लाग्ने, एकै ठाउँ बस्ने, सजिलै खाना खाने, गृहकार्य गर्ने, बाबु आमालाई काम गर्न दिने बानी सानोदखि बस्दछ । जङ्कफुडको लतजस्तै मोबाइलको लत बसेको हुन्छ । पछि जब बाबुआमाले मोबाइल नियन्त्रण गर्न चाहन्छन् छोराछोरीसँग ठूलो द्वन्द्व बढ्छ । त्यतिमात्र होइन, मोबाइल हेर्न नपाएका कारण बच्चाले आत्महत्या गरेका उदाहरण छन् । अर्कोतिर मोबाइल खेलका कारण बच्चाको सिर्जनशीलता विनास हुने, एकोहोरो हुने, श्रवण शक्ति कमजोर हुने आदि शारीरिक र मानसिक समस्या बढ्ने गर्दछ । किशोर किशोरीहरूमा मोबाइलमा हेर्ने नकारात्मक साइटहरूका कारण बालविवाह, यौन शोषण, जोखिमपूर्ण सम्बन्ध जस्ता गलत बानीको विकास भै वैयक्तिक तथा सामाजिक अपराध बढेको देखिन्छ । खासगरी बालिका र महिलाहरू साइबर अपराधको शिकार हुने गरेको पाइन्छ । च्याटजिपिटि, क्वेश्चन एआई जस्ता कार्यक्रमका कारण विद्यार्थीहरूमा अध्ययन र अभ्यास गर्ने बानी हटेर सिधै ती साधनको प्रयोग गरी सारेर बुझाउन्े चलन बढेकोले उनीहरूमा अध्ययन गर्ने वानी, कक्षा कार्य गर्ने वानी र सिर्जनशीलता हटेको छ ।

केही वर्ष अगाडिसम्म हिन्दी सिरियलमा महिलाहरू भुल्ने मात्र नभै नक्कल गर्ने, बोलीचाली, लवाइ, बानी ब्यवहार पनि ती सिरियलका कलाकारले जस्तै गर्ने गरे भनेर धेरै चर्चा हुने गथ्र्यो । अचेल टिकटक, रिल्स् जस्ता भिडियो सामग्री र युट्युब भिडियो भाइरल हुने क्रम बढेको छ । सार्वजनिक सचेतनाका कार्यक्रमसमेत टिकटकमार्फत प्रशारण हुनथाले । सन्देशमूलक टिकटक भिडियो निर्माणका लागि विज्ञापन हुन थाल्यो । अचार बनाउने, खाना परिकार बनाउने, खाजाका लागि पकौडा वा परौंठा बनाउने भिडियो हेरेर बस्दै दिन बिताउने र खाने समयमा बजार गएर किनेर ल्याएर खाने धेरै मानिसहरू भेटाउन थालिएको छ । केही वर्ष अघिसम्म शहरमा पढ्न बसेका छोराछोरीलाई मोबाइल किनिदिन काईंकुईं गर्ने अभिभावकको गोजीमा ७०।८० हजार रूपैयाँ भयो भने अब भैंसी होइन, आइफोन किन्ने रहर पलाएको छ ।

मानिसले प्रविधिमाथि नियन्त्रण गरेर धेरै फाइदाहरू लिन सकेको छ । घरमै बसेर अनलाइन कोर्स गरी पिएचडीसम्म अध्ययन पूरा गर्न सकिन्छ । अनलाइन ब्यवसायबाट मनग्य कमाउन सकिन्छ । ब्यवसायको अनलाईन विज्ञापन गरी ग्राहक बढाउन सकिन्छ । पानी, बिजुलीलगायत घरमै बसीबसी मोबाइल बैंकिङ्गमार्फत बुझाउन सकिन्छ । कारोबार गर्न सकिन्छ । विधिन्न आधिकारिक वेवसाइटमार्फत ज्ञान संकलन गर्न सकिन्छ । औद्योगिक विकाससँगै बढेको प्रविधि र पछिल्लो समयमा बढेको सूचना प्रविधिका कारण विश्व एउटा गाउँ बनेको छ । विश्वब्यापीकरण बढेको छ । संसारको कुनैपनि ठाउँको ज्ञान, सेवा सुविधा प्राप्त गर्ने अवसर मिलेको छ । पेशा, रोजगार आदि क्षेत्रमा विविधीकरण बढेको छ । ज्ञान, सिप र प्रविधिको सजिलो हस्तान्तरण एवम् विस्तारका कारण इन्टरनेटसहितको मोबाइल फोन वा ल्यापटपलाई विश्वविद्यालय मान्न सकिने भएको छ । त्यहाँ भएको ज्ञानलाई त्यहीं भएका ट्युटोरियलमार्फत प्रयोग गर्न सकिने भएको छ । स्रोतसम्म पहुँच हुन सक्यो भने अब जुनसुकै समस्या समाधानका लागि धेरै दुःख गर्नु पर्दैन । जीवन सुखी भएको छ । कामहरू छिटो र सहीमात्रामा हुन सकेका छन् । जहाँ प्रविधिको पहुँच छ त्यहाँ पूर्ण प्रजातन्त्र छ किनभने प्रविधिले कसैलाई पक्षपात गर्दैन । त्यसैले सबै क्षेत्रमा यसको प्रयोग बढेको छ ।

प्राज्ञिक क्षेत्रमा विभिन्न सिकाई क्षेत्रका वेवटुल्स् छन् । उदाहरणका लागि शब्दका लागि वर्डहिप्पो डट कम, गणित विषयका लागि जियोजेब्रा आदि छन् भने विषयगत वेवसाइट र कोर्स चलाउने संस्थाहरू छन् । डाक्टरले कम्प्युटरको सहायताले मुटु लगायत जटील रोगको अध्ययन र उपचार गरिरहेका छन् । टेलिमेडिसिनको सहायताले उपचार सहज भएको छ । तथ्याङ्कको खोजी, संकलन, भण्डारण र आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । राडारले हवाइजहाज निर्देशित गर्ने मात्र होइन एउटा बसको टिकट काट्नसमेत अनलाइनको प्रयोग भैरहेको छ । अब खल्तीभरी पैसा बोकेर चोरलाई चुंग्याउनु पर्दैन, ई–पे गर्ने चलन छ । सिसि क्यामेराले चोरी एवम् अपराधलाई नियन्त्रण गरेको छ । गाडीहरूको राजमार्ग ट्रयाकिङ्ग बढेको छ । टाढाटाढा पुगेका मानिसहरूलाई हेरीहेरी कुरा गर्न सकिन्छ । सन्देश सेकेण्डभरमै जुनसुकै ठाउँमा पुग्दछ । मानिसका बुद्धिमतापूर्ण प्रयोगका कारण प्रविधि ठूलो बरदान सावित भएको छ ।

प्रविधिले मानवताविनाको मानिस बनाएको छ भनेर संक्षेपमा भन्न सकिन्छ । किनभने प्रविधिको विकास मानिसले आफ्ना लागि बनाएको हो । वास्तवमा प्रकृति, मानिस र प्रविधि नै अहिलेका विश्वका प्रमुख तत्व बनेका छन् । यीमध्ये मानिसले प्रकृतिलाई निर्देशित गर्न सक्दैन । मानिसले प्रकृतिसँग तालमेल मिलाउन जान्नुपर्छ । तर प्रविधिलाई निर्देशित गर्न मानिस सक्षम हुनुपर्छ । कुनैपनि परिवर्तनले प्रचलित पद्धतिलाई चुनौति दिएको हुन्छ । उदाहरणका लागि सुरूमा लेख्य अभिलेखीकरणको विद्वान सुकरात समेतले बिरोध गरेका थिए । उनका अनुसार लेखाइका कारण मानिसको सिर्जना मर्छ । किनभने अभिलेख भएपछि त्यसैमा भर पर्ने र नयाँ खोजी बन्द हुने उनको विचार थियो । अहिलेपनि कतिपय सन्दर्भमा प्रविधिले मानिसलाई विस्थापित गर्छ भन्ने बहस पनि चल्दछ र त्यो बहसलाई पक्ष वा विपक्षमा राखेर बहस पनि चल्छ ।

कतिपय मानिसहरू भन्छन् रोबोट मानवले कविता लेख्न सक्दैन । भविष्यमा रोबोटले कविता पनि लेख्ला तर मानवीय मूल्य वा मानवता ती कवितामा कति आउन सक्ला ? मानव जीवन कति प्राकृतिक हो र कति प्राविधिक हो ? मानिसका प्राकृतिक मूल्यलाई प्रविधिले कति विस्थापित गर्ला वा कति विकल्प दिन सक्ला ? अर्थात् मानिस कति यान्त्रिक वा प्राविधिक र कति नैतिक मूल्य–आधारित जीवन बिताउन सक्छ ? मानिसले स्वविवेक कति प्रविधिमार्फत् प्रतिनिधित्व गर्न सक्ला ? मानवीय एवम् सामाजिक मूल्यहरूलाई प्रविधिले प्रतिनिधित्व गर्न कति सक्ला ? कतिपय मानिसहरूले भन्ने गरे जस्तै प्रविधिलाई निरपेक्ष रूपमा यो वा त्यो धारबाट वकालत गर्ने गर्नाले प्रविधिको सदुपयोग र मानवीय प्राकृत मूल्यको सम्मान हुन सक्दैन । तसर्थ प्रविधिलाई विलासी ब्यवसायिक पुँजीवादी दृष्टिकोणबाट नभै नैतिकता र मानवपनबाट निर्देशित गर्ने क्षमता अहिलेको आवश्यकता होे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?