© २०२३
जडीबुटी उत्पादनको लागि हवको रुपमा रहेको प्रदेश नम्बर ५ का ६ वटा जिल्लाबाट बार्षिक अरवौ रुपैयाँको कारोबार हुने गरेको पाइएको छ । नेपाल जडीबुटी व्यवसाय संघ(जवान)को तथ्यांक अनुसार यि जिल्लाहरुबाट मात्रै बार्षिक दुई अरव भन्दा बढिको जडिबुटीको कारोकार हुने गरेको हो । नेपाल जडीबुटी व्यवसाय संघ का महासचिव टंक प्रसाद शर्माका अनुसार गत आर्थिक बर्ष ०७३÷०७४ मा कुुल ४५ प्रजाति जडीवुटीहरुको कारोवार भएको भएको छ । जसबाट २ अर्ब २ करोड ५३ लाख ३७ हजार रुपैयाँ बरावरको कारोवार भएको छ । यस भन्दा पहिला आर्थिक बर्षमा ०६७÷०६८ मा कुल ५३ जातिका ६७४४६३८ के.जी जडीबुटी उत्पादन भई विक्रि वितरण भएको छ । आ. व. ०७२÷०७३ मा ४४ प्रजातिका कुल ४५१४५०४ के.जि र आ. व. ०७३÷०७४ मा कुल ५४ प्रजातिका ३९३०००६ के.जीजडीबुटी उत्पादन भई विक्रि वितरण भएको पाइएको हो ।
प्रदेश नम्बर ५ का बाँके, दाङ्ग, प्युठान जिल्ला र प्रदेश ७ का कैलाली, कञ्चन पुर, सुर्खेत जिल्लमा नेपाल जडीबुटी उत्पादक व्यवसायीक संघले औषधी तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल व्यापार एकिकृत रणनीति कार्यान्वयन परियोजना लागु गरेको छ ।
सोही अनुसार उक्त परिणममा जडीबुटी उत्पादन भएको हो । जसमा, रिठा, तेजपात, टिमुर, काउलो बोक्रा, पखानवेद, जटामसी मार्क, पदमचाल, चुत्रो बोक्रा, कुटकी, बिषफैज लगायत जडीबुटी उत्पादन भई विक्रि वितरण हुदै आएका छन् ।
बाँके, कैलाली, कञ्चन पुर जिल्लामा जिल्लामा मेन्था, क्यामोमाइल, कुरिलो खेती गरिदै आइएको छ भने दाङ्ग जिल्लामा मेन्था, क्यामोमाइल, टिमुर, तेजपात, सुर्खेतमा टिमुर, तेजपात, चिउरी, प्युठान जिल्लामा टिमुर, तेजपात खेती हुदै आएको छ ।
संघका केन्द्रीय अध्यक्ष नाबुव अन्सारी का अनुसार वजारमा प्रतिष्पर्धी बढ्नको लागि राष्ट्रिय र अन्तराष्ट्रिय व्यापारिक सन्धि, सम्झौता फेरवदल हुनु, सरकारी तवरबाट जडीवुटी मैत्री कानूनको स्थापना नहुनु पछिल्लो समयमा जडीबुटी उत्पादन विक्रि वितरणमा चुनौतिको रुपमा खडा भएको छ । उनी भन्छन्–‘ दुई छिमेकी राष्ट्रहरुमा सरकारी सहयोग र व्यवसायिकरण मैत्री नियम कानूनले प्रतिष्पर्धी बढ्न नसक्नु, लागत मूल्यका कारणले प्रतिष्पर्धी बन्न नसक्नु, अन्तराष्ट्रिय वजारको मापदण्ड थपिदै जानु पनि हाम्रो लागि चुनौतिको विषय हो । ’
यसको साथै स्रोतलाई मूल्य अभिवृद्धि, उत्पादकमूलक उद्योगहरु सञ्चालन गर्न सकिने अवसर पनि रहेको उनी बताउछन् । जडीबुटीको खेती बाट रोजगारीको अवसर सिर्जना गर्न सकिनेका साथै, खेति विस्तार गर्न सकिने, उत्पादन वृद्धिसँगै जडीवुटीको देश भनेर पहिचान गराउन सकिने संभावना रहेको छ । यस्तै उनी थप्छन् –‘ संघीय संरचनामा समृद्धिको आधार, राजश्व वृद्धि लक्षित वर्गको आर्थिक वृद्धि गर्न सकिने, खेर गइरहेको भूमिलाई माटो, हावा, पानी सुहाउँदो खेति गर्न सकिने प्रचुर सम्भावना रहेको छ । ’विश्व बजारमा जजडीबुटी विस्तार गर्न सकिने , दातृ निकाय, सरकारी, नीजि क्षेत्र साझेदारीमा कार्यान्वय गर्न सकिने संभावना पनि रहेको छ ।
जडीबुटीको विकासको लगि प्रदेश सरकार वा केन्द्रले जडीवुटी क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन हुन नसक्नु चुनौतिको रुपमा रहेको छ । त्यसलाई बैज्ञानिक कर व्यवस्थापन गर्नुपर्ने, उद्योग स्थापनाका लागि सहुलियतको ब्वस्था हुनुपर्ने, साइटिस बाहेकका सुगन्धित तेलहरुको निर्वाधरुपमा कारोवार गर्न पाउनु पर्ने, किसान, ब्यापारी, उत्पादक, संकलक, व्यापारी तथा उद्योगीहरुका लागि सहुलियत ऋणसँगै बिमाको व्यवस्था हुनुपर्ने लगायतका मागहरु रहेको नेपाल जडीबुटी उत्पादक व्यवसायी संघ जवानका अध्यक्ष अन्सारीको भनाई रहेको छ ।
व्यवसायिक ज्ञान अभिवृद्धिका लागि उद्यमशिलता तथा व्यवसायिक तालिमहरुको व्यवस्था, उच्च मूल्य जाने प्रकृति प्रद्धत प्रकृतिका जडीवुटीहरुको व्यवसायिक खेती गर्न तर्फ प्राथमिकता, जडीवुटी क्षेत्रको प्राविधिक जनशक्तिको विकास गर्नुपर्ने उनको भनाई छ । यस्तै जडीवुटी वस्तुको मूल्य वृद्धिका लागि अध्ययन अनुसन्धान हुनुपर्ने जडीवुटी प्रवद्र्धन केन्द्रको स्थापना , जडीवुटी वस्तुको मूल्य वृद्धिका लागि अध्ययन अनुसन्धान हुनुपर्ने , जडीवुटी क्षेत्रको प्राविधिक जनशक्तिको विकास गर्नुपर्ने, प्रदेश स्तरमा कम्तीमा एकवटा जडीवुटीमा आधारित उद्योगको स्थापना, खेतिमूलक जडीवुटीलाई कृषि क्षेत्रमा राख्नुपर्ने तथा जडीवुटी पकेट क्षेत्रको घोषणासँगै राज्यबाट प्रवद्र्धन गर्नुपर्ने माग रहेको छ ।
वजारको मागमा आधारित तथा उच्च मूल्य जाने जडीवुटी जन्य वस्तुहरुको उत्पादनमा विविधिकरणका साथै गुणात्मक वस्तु उत्पादन तर्फ प्राथमिकीकरण, दिगो वजार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म वजार सम्वन्ध निर्माणको कार्य पनि प्रदेश सरकारले गर्नुपर्ने उनको भनाई रहेको छ।