© २०२३
दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ मा जंगली जनावरले आंतक मच्चाएको छ ।
केही समय पहिले छिल्लीकोटका बिभिन्न स्थानमा बंदेल र भालुले किसानलाई दुखदिने गरेको थियो भने त्यो क्रम अहिले वडाका बिभिन्न ठाउमा फैलीएको छ । जंगली जनावर बंदेल आंतक रोक्न बिभिन्न उपाय पनि किसानहरुले अपनाएका छन् ।
तुलसीपुर १९ को छिल्लीकोटमा स्थानीय किसानले बदेल आतंक रोक्न आगो वालेर रातभर वारीमै बस्ने गरेको भएपनि तुलसीपुर १९ कै पत्थरपुरमा भने फरक तरीका अपानाईएको छ बंदेल भगाउनलाई । रातको समयमा बारीमा जाँदा किराकांटीका साथै जनावरको पनि डर हुने, पटक पटक बारीमा जान पनि समस्या हुने भएकाले बंदेल भगाउन गाई, बाख्रालाई प्रयोग गरीने कोले (घण्ट) प्रयोग गरीएको स्थानीय खिम बहादुर वलीले बताएका छन् । लामो डोरी गराएर बारीमा बाँसको पोल गाडी त्यसमा बिच बिचमा कोले बाँधेर घरबाट डोरी चलाएर बजाउने गरीएको छ । रातको समयमा यस्तो गरेमा आवाज सुनेर बंदेल भाग्ने गरेको वलीले वताए ।
एक कट्ठा जतिको मकै एकै रातमा समुहमा आएको बंदेलले सखाप पार्यो त्यसैले बंदेल धपाउनलाई बंदेल आउने बाटोमा बाँस गाडेर त्यहाँ डोरी बाँधी बिच बिचमा कोले राखेर घरबाट डोरीलाई हल्लाएमा सबै कोले यकैसाथ बज्ने भएकाले बंदेल भाग्ने गरेको वलीले बताए । उनले तिन वटा कोले बारीमा राखेको र ति कोले बजाउनलाई एक सय मिटर लामो डोरी प्रयोग गरेको बताएका छन् । यसो गरेदेखी बंदेल आउन छोडेको पनि उनले बताए । यस्ले रातको समयमा बंदेल र दिउसोमा केही हद सम्म बादर भगाउन सहयोग मिलेको पनि बताए । बाँदर बारीमा आई हालेमा यक्कासी यो वजाई दिएमा बाँदर भाग्ने गरेको भएपनि रुखमा बसेको समयमा भने नभाग्ने उनले बताए । बदेलले तुलसीपुर १९ को छिल्लीकोट, भित्री स्यालापानी, पकर्रे, भित्रि सक्राम लगाएतका ठाउको मकैबालीमा नोक्सानी पुर्याएको छ ।