ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

सरकार शितलहरबाट नागरिक जोगाउ

१५ पुष २०८०, आइतबार
१५ पुष २०८०, आइतबार

ढिलो गरि तराईमा शितलहर सुरु भएको छ । विगतका बर्षहरूमा पुसको आरम्भबाटै शितलहर सुरु हुने गरेकोमा यो बर्ष दुई साता ढिलो गरि शितलहर सुरु हुँदा तराईका नागरिक चिसोबाट प्रभावित हुन थालेका छन । चिसोकै कारण यो बर्ष तराईमा दुईजनाको मृत्यु भैसकेको छ । तराईमा हुस्सुले चिसो बढाएको छ । चिसो बढेसंगै शितलहरले तराई र तामक्रम शून्यमा झर्दा हिमालका जनता प्रभावित भएका छन । यतिबेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ । यो अवस्था बढ्दोक्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै चिसो मौसमको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । दुई दिनदेखि तराईमा बाक्लो हुस्सु र चिसो हावाले जनजीवन प्रभावित भएको छ । यतिबेला मौसम चिसो हुने समय भएपनि अकस्मात चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन । यो प्रत्येक बर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ ।

जाजरकोट भुकम्प प्रभावितहरू चिसोले सवैभन्दा बढी प्रताडित छन । सरकारले उनीहरूलाई कुनै मल्हम लगाउन सकेको छैन । सवैभन्दा बढी सुत्केरीहरू प्रभावित भैरहेका छन । उनीहरूलाई विभिन्न संघ संस्थाहरूले अस्थायी आवास बनाई दिएपनि दिर्घकालीन बासस्थानको व्यवस्थापन हुन सकेको छैन । यद्यपि हरेक वर्ष चिसो बढ्नु र त्यसबाट नागरिक प्रभावित हुनु नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ । यो बेला निशुल्क दाउरा वितरणमा सरकारको ध्यान जाओस् । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाह र ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । सरकारले चिसोबाट प्रभावितहरूलाई राहत दिने कुरामा ढिलाई नहोस् । चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षा सरकारको समेत दायित्व हो । सरकारको प्राथमिकता थुपै्र छन तर तत्कालको सरकारको कर्तब्य र दायित्व भनेको नागरिकलाई चिसोबाट बचाउनु हो । स्थानीय पालिका र प्रदेश सरकारले पनि आ–आफ्नो क्षेत्रमा चिसो प्रभावितलाई दाउराको व्यवस्था गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?