ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

तराईमा बालविवाह, हतारमा गर्ने जीवनभर पछुताउने !

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

दाङसहित तराईका जिल्लामा बालबिबाह ठूलो समस्या वन्दै गएको छ । सानै उमेरमा त्यो पनि रजस्वला नभएकै अवस्थामा पनि बालविवाह गर्ने परम्पराले भोलीका दिनमा यो ठूलो सामाजिक समस्या बन्ने देखिएको छ । पछिल्लोसमय मोबाइलका माध्यमबाट युवा युवती प्रेममा जोडिने र हतारमा विवाह गर्ने जुन परिपार्टी विकसित हुँदै गएको छ, त्यसले उनीहरूको जीवनमा बिखण्डन निम्त्याउने जोखिम बढेको छ । दाङका धेरै गाउँहरूमा अहिले बालविवाहले त्यो अवस्था निम्त्याएको छ । बेलैमा बालविवाहको समस्या नियन्त्रण गर्न सकिएन भने भोलीका दिनमा यसले ठूलो सामाजिक जोखिम निम्त्याउने देखिएको छ । तसर्थ अहिलेदेखि नै बालविवाह नियन्त्रण र न्यूनिकरणमा प्रयास गर्नु जरुरी छ । खासगरि सानै उमेरमा विवाह गर्ने र विवाह गरेको पाँच बर्षपनि नपुग्दै छुट्टिएर बस्नु परेको पीडा अहिले दाङभरी देख्न सकिन्छ । अर्कोतर्फ सानै उमेरमा बच्चाको आमा बन्दा उनीहरूले भोलीका दिनमा स्वास्थ्य जटिलताको सामना गर्नुपर्ने स्थिति पनि चुनौतिकै रूपमा बढ्दै गएको छ । एउटा उदाहरण– १४ वर्षमा विहे गरेकी माया १५ बर्षमा बच्चाको आमा बनीन । विहे भएको वर्ष श्रीमानको माया पाएर बसेकी उनको जीवनमा बच्चाको जन्मपछि श्रीमान र घरपरिवारको मेल हुन सकेन । उनी २० बर्ष नपुग्दै वैदेशिक रोजगारीको लागि दुबइ लागेकी छिन । अन्ततः छुट्टिएर बस्नुपर्ने बाध्यता आईलाग्यो । यो एक उदाहरण मात्र हो । यस्ता धेरै बालविवाहका घटना दाङमा बर्गेल्ती देखिन थालेका छन । हतारमा गरेको निर्णयले फुर्सदमा पछुताउनु पर्ने नियतीमा हजारौं बालबालिका अहिले रनभुल्ल पर्नुपर्ने अवस्था आएको छ ।

दाङलाई बालविवाह मुक्त जिल्ला बनाउनका लागि बालबिबाहलाई प्रोत्साहन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गरिनु हुँदैन । बालविवाहविरुद्धको अभियानमा तगारो बन्ने जो कोही विरुद्ध कठोर भएर प्रस्तुत हुन सकेमात्र अभियान सफल हुनेछ । अहिले बालबालिकामाथि अनेक प्रकारका हिंसाजन्य घटना बढिरहेको छ । यसका पछि बालविवाह प्रमुख कारण पनि हो । नेपालको कानुनले समेत २० बर्ष नपुगी विवाह गर्न नपाउने ब्यवस्था गरेको छ तर अहिले धमाधम बालविवाह भएका समाचार सार्वजनिक भैरहँदा रोक्ने प्रयास भएन भने त्यसले ठूलो समस्या निम्त्याउने छ । पछिल्लोसमय मोवाईलबाट सम्पर्क गर्ने, कुराकानी गर्ने, कुराकानीलाई मायामा परिणत गर्ने र हतारमा विवाह गर्ने प्रचलन बढ्दै जाँदा नियन्त्रणतर्फ प्रयास उत्तिकै जरुरी छ ।

दाङका केही पालिकाले बालबिबाह न्यूनीकरणका लागि दशवर्षे रणनीति बनाएका छन । सोही अनुसार पालिकामा सचेतनामूलक कार्यक्रम भैरहेका पनि छन । अभिभावक र बालबालिकासंगै राखेर सचेतनामूलक कार्यक्रम गरिएको छ तर फेरीपनि बालविवाह नियन्त्रणमा कमी आउन सकेको छैन । लुम्बिनी प्रदेश सरकारले पनि बालविवाह नियन्त्रणका लागि रणनीतिक अभियान चलाएको छ । अभियान अनुरूप नतिजा भने हासिल हुन सकेको छैन । खासगरी आर्थिक, सामाजिक, सास्ंकृतिक रूपले पछाडि परेको समुदायमा बालविवाह अत्यधिक रहेको छ । लुम्बिनी प्रदेश बालविवाह हुने मधेश प्रदेशपछिको पहिलो प्रदेश हुनु चिन्ताकै बिषय हो । बालबिबाह न्यूनीकरण सम्बन्धि रणनीति बनेको बर्षौ बित्यो तर समस्या हिजो मात्र नभई आजपनि उस्तै देखिन्छ । त्यसो त दाङ सहितका तराईमा बालविवाह, यौनशोषण, यौन दुराचार, बालश्रम शोषणजस्ता अपराधजन्य घटना बढेका छन । अवका दिनमा यस प्रकारका बालविवाह लगायतका समस्याजन्य हिंसा तथा दुव्र्यवहारको रोकथामका लागि ठोस कार्यक्रम तथा रणनीति जरुरी छ । बालविवाह गर्ने प्रोत्साहन गर्नेमाथि राज्यले कडा कारवाही गर्न कञ्जुस्याई नगरोस् । गाउँ गाउँमा बालविवाह गर्न सहयोग गर्नेमाथि कुनैपनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ भन्ने सन्देश सम्प्रेषण गरिनु पर्दछ । समाजकै लागि कलंक वनेको यो समस्या भोलिको पुस्ताका लागि पनि समस्या नबनोस् भन्नेतर्फ आजैबाट नियन्त्रणमा ठोस पहल गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?