© २०२३
चतुुुुर्भुुुुज आत्रेय
हाम्रो देशको आर्थिक अवस्था पछिल्लो समयमा सुुध्रिएर जाला भन्ने हामीलाई लागेको थियो । हाम्रो आर्थिक स्थिति किन सुध्रिन सकेन ? अब यसका कारणहरु खोतल्ने बेला आएको छ । देशका ठूला दुुई कम्युनिष्ट पार्टीहरु एउटै घोषण पत्र र एउटै चुनाब चिन्हबाट उठेर जसरी एकढिका बनी राजनीतिमा सह्रानीय काम गरेका थिए जसको प्रभाब देशमा अब अग्रगतिको सुनौलो अभियान सुुरु हुने भयो भन्नेमा जनता धेरै आशाबादी थिए । खोई त त्यो अभियान ? जनताको यही प्रश्न छ । यसो त सोही समयमा सर्वसत्ताबादका होहल्ला र अनावश्यक टीका टिप्पणी कम्युनिष्टको बारेमा व्यापकमात्रामा नभएका होइनन् । यस्ता हल्ला अहिले पनि चलिरहेका छन् । तर जनता ती होहल्लाको पछि लागेर सरकारको खुट्टा तान्ने पक्षमा छैनन् । जनता आफ्नै विवेकका मालिक बनेको हुनाले अनावश्यक हल्लाबाजी गर्नेहरुको दाल गलेन । कम्युनिष्ट सरकार बनेर छाड्यो । यसर्थ होहल्लाका पछि नलागेर चुनाबमा जनताले स्वबिबेक प्रयोग गरी जसरी कम्युनिष्टहरुलाई एकल सरकार चलाउने अबसर दिएका थिए यसमा सरकारमा जाने कम्युनिष्टहरुले जनताको गुुन सम्झन पर्छ । जनताप्रति आभार हुनै पर्दछ ।
जनताप्रति आभार हुुनु भनेको जनताका दैलो दैलोमा गई धन्यबाद आभारी छु भन्दै हिँड्न भनिएको होइन । जनताप्रति आभार हुनुपर्छ भनेको जनताको भलाई हुने काम गर्नुपर्छ भनेको हो । जनताको हितमा ध्यान जानुपर्छ भन्न खोजिएको हो । सरकार र जनताकाबीच एकता हुनुपर्छ भनिएको हो । सरकार र जनताकाबीच पारस्परिक एकताका कुरा गर्दा यी दुबै पक्षकाबीच पारस्परिक विश्वासको पनि कुरा आउँदछ । एकले अर्कोलाई विश्वास गर्ने वातावरण तयार गर्नुपर्दछ भनिएको हो । जनता नेताहरुप्रति आश्वस्त भएर यिनले हाम्रो भलाई गर्नेछन्, देशबाट घुसखोरी कमिसनतन्त्र समाप्त हुनेछ, जनतामा शान्ति सुरक्षाको स्थिति राम्रो हुुनेछ, गरीब दीनहीन निमुखाका छोराछोरीहरु पनि डाक्टर इन्जिनियर प्राध्यापक हाकिम हुने अबसर पाउनेछन्, माफियातन्त्र र नेतातन्त्रको पुरानो बोलबाला र बिगबिगी अब देशमा रहनेछैन, जताततै राम्रैराम्रो हुनेछ, सुन्दर र शान्त नेपालको परिकल्पना साकार हुनेछ भनेर नै कम्युनिष्ट सरकारलाई जनताले रोजेका हुन् । तर, यतिखेर सरकारप्रति जनताको असन्तुुष्टिका टिप्पणीहरु सुन्न थालिएको छ । हो, प्रतिपक्षमा बस्नेहरु त सरकारप्रति आक्रामक र असन्तुलित हुनु स्वभाविकै हो । तर एकचोटी कम्युनिष्ट सरकारलाई हेरौँ न त भनेर मत खसालेका तठस्थ व्यक्तिहरु पनि सरकारसित रुष्ट हुन थालेका छन् । सरकारका काम गराइहरुबाट वाक्क र दिक्क बन्न थालेका छन् ।
सरकारप्रति जनताको विश्वास गुुम्यो भने देशमा के उत्पात हुन्छ ? यो भनिरहन पर्दैन । २००७ सालमा राण सरकारप्रति जनताको विश्वास गुम्यो । राणाशासन उखेलियो । २०१५ सालको आम निर्वाचनमा दुुई तिहाई मत प्राप्त गरेर बनेको जननिर्वाचित काँग्रेस सरकारलाई राजा महेन्द्रले सजिलैसित बर्खास्त गर्न सके । आफुले अत्यधिक बहुमत दिलाएर जिताएको सरकारको जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हाल्दा, कैयन मन्त्रीहरुलाई जेलमा कोच्दा जनता सडकमा उत्रिएर यस कार्यको बिरोध गरेनन् । यसको कारण खोज्न अन्त जानुुपर्दैन । जनता र सरकारकाबीच पारस्परिक विश्वासको कमीलाई बुुझेर राजाले फाइदा उठाएका हुन् । नेताहरुको रवैयालाई जनताले नरुचाएको कारणलाई राम्रोसित बुुझेका कारणले नै राजा महेन्द्रले पुस १ गतेको कालो दिन नेपाली जनतामाथि लादेका हुन् । त्यसबेलाको सरकार र जनताकोबीचमा पारस्परिक सम्बन्ध राम्रो नदेखिएका राजा महेन्द्रले त्यही मौकाको फाइदा उठाई सीमित प्रजातन्त्रको हत्या गरी निर्दलीय पञ्चायती व्यवस्था भनिने कुव्यवस्था मुलुकमा थोपरियो जसलाई फाल्न नेपाली जनतालाई ३० वर्ष लाग्यो । यसबीच सयौं युवाहरुले ज्यान गुमाउनु पर्यो । हजारौं व्यक्तिहरुले जेलका चिसा छिँडिमा कैद काट्नुपर्यो, कयौं व्यक्ति तथा नेताहरु देश छोडेर निर्वासित अथवा भुमिगत जीवन विताउनु पर्यो । त्यसपछि ०४६ यता बनेका संसदीय सरकारका पालामा पनि दुुई प्रमुुख राजनीतिक घटक कांग्रेस र एमालेका अनावश्यक खिचातानी र देश बिरोधी सन्धि सम्झौताहरुले जनतालाई रुष्ट र आक्रोशित बनाउँदा जनता र तत्कालीन सरकारकोबीचमा पारस्परिक विश्वास नरहेको ठम्याएर ज्ञानेन्द्रले अर्को बबाल जन्मनउँदा देशलाई कती सास्ती भयो र त्यो अवस्थालाई सपार्न छिमल्न र ब्यबस्थित गर्न देश र जनताले कति क्षति व्यहोर्नुु पर्यो । सरकारमा बस्नेहरुले देशमा घटेका यी सबै परिघटनाहरुलाई राम्ररी केलाएर मनन् गरेर काम गर्नु पर्दछ ।
देशको घटनाक्रम र इतिहासलाई सिंहावलोकन गर्ने र पछिसम्मको भविष्य हेर्न सक्ने दुरदर्शि क्षमता नेतामा हुनुर्दछ नत्र सरकार हाँक्न सकिन्न । जनतालाई चित्त बुुझाउन सकिँदैन । जनतामा सरकारप्रति आक्रोश बढ्न थाल्दछ र वर्वाद हुन्छ । यस्तो स्थितिमा नेताहरु त जान्छन् जान्छन् लोकतन्त्र नै भुुट्न लागेको हाँडीका मकै उछिट्टीएर अगेनामा परे झैं हुन्छ । त्यसैले सरकारले चालेका सबै कदमहरु जनताको व्यापक हितमा छन् भन्ने कुुरा जनतालाई प्रष्ट थाहा हुुनुुपर्यो । जनताको अहितमा हुुने काम गर्नुु भएन । कम्युनिष्ट सरकारले राम्रै काम गरेको छ, हाम्रै काम गरेको छ भन्ने जनतालाई आभास हुनुुपर्यो । सरकारले त्यो आभास जनतालाई दिन सक्नुपर्यो । यदि जनतालाई सरकारप्रति बिश्वास र भरोसा रह्यो भने अरु शक्तिको दाल गल्दैन, देशमा राष्ट्रिय एकता पनि बलियो हुन्छ । बलियो राष्ट्रिय एकता भए देशको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अक्षुुुण्णता तथा बाहिरी हस्तक्षेपबाट देशलाई जोगाउन सजिलो हुन्छ । कमजोर राष्ट्रियता देखे भने वरपरकाले पनि हेप्छन् । देशको मानमर्यादा इज्जत घट्दछ । त्यसैले अब पनि हामी पहिल्यैजस्तै गरिबी र दीनहीन भएर हेपिएर, खुम्चिएर निसास्सिएर हतप्रभ भई चाउरिएर थन्किने हो कि ? आउने दिनहरुमा झन् पछि झन् फुक्दै र फराकिलो बन्दै जाने हो यसमा हामीले दोस्रो प्रश्न रोज्नुु परेको छ । देश रहे हामी रहन्छौँ, देशको इज्जत र गरीमा बढे हाम्रो पनि गरीमा बढ्दछ । यो कुरालाई कसैले पनि भुल्नुु भएन ।