ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

दाङमा भ्रष्टाचार सम्बन्धी उजुरी वर्सेनि बढ्दै

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

दाङ, १५ मङ्सिर ।

दाङमा भ्रष्टाचार सम्बन्धी उजुरी वर्सेनि बढ्दै गएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल, सम्पर्क कार्यालय नेपालगंजले बिहीबार दाङको घोराहीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि जिल्ला स्तरीय अन्तत्र्रिmयामा भ्रष्टाचारसँग सम्बन्धित उजुरी अख्तियारमा पर्ने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ ।

कार्यालयको क्षेत्राधिकारभित्र रहेका ४ जिल्ला दाङ, बाँके, रोल्पा र बर्दिया मध्ये दाङ र बाँकेको चालु आर्थिक वर्षको मंसिर १० गतेसम्म १ सय ५८ वटा उजुरी अख्तियारमा परेका छन् । रोल्पाको ७१ र बर्दियाको ६५ वटा गरी ४ जिल्लामा ४ सय ५२ वटा उजुरी अख्तियारमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल, सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको घोराही उपमहानगरपाकिाका १७ वटा, तुलसीपुर उपमहानगरपालिकाकोे १० वटा, राजपुर गाउँपालिकाको ११ वटा, दंगीशरणको ९ वटा, गढवा ७ वटा र लमहीको ७ वटा, शान्तिनगरको ५ वटा, बबईको ४ वटा, बंगलाचुलीको ३ वटा र राप्तीको ३ वटा गरी ७६ वटा तथा स्थानीय तहले हेर्ने गरेका प्रदेश तर्फका १६ वटा, संघीय शिक्षा, विज्ञान तर्फका ९ वटा, प्रदेश भौतिक पूर्वाधार तर्फका ६ वटा तथा अन्य ५१ वटा गरी १ सय ५८ वटा उजुरी परेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जिल्लामा गत आर्थिक वर्षको १ सय ९ वटा, चालु आर्थिक वर्षको ८२ वटा गरी १ सय ९१ वटा उजुरी परेकोमा गत आर्थिक वर्षको ९ वटा र चालु आर्थिक वर्षको २४ वटा गरी ३३ वटा फछ्र्यौट भएकोमा सय वटा गत आर्थिक वर्षको र ५८ चालु आर्थिक वर्षको उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय तहहरुमा हुने गरेका काम कारवाहीलाई लिएर आउने गरेको भ्रष्टाचारजन्य उजुरीमा सार्वजनिक खरिद र निर्माणमा, उपभोक्ता समिति सम्वन्धमा, प्रशासनिक कार्यसम्वन्धी, तालिम र क्षमता विकास सम्वन्धमा, सेवा प्रवाहसम्वन्धी, सार्वजनिक जग्गाको अतिक्रमण, नक्कली शैक्षिक प्रमाणपत्र र लाईसेन्ससम्वन्धी, शिक्षा, दिवा खाजा, कृषि क्षेत्रसम्वन्धी, विषय क्षेत्रगत सम्वन्धी, राजश्व चुहावट क्षेत्रसम्वन्धीलगायत उजुरी बढी मात्रामा अख्तियारमा पर्ने क्रम रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल, सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख अधिकारीले बताए ।

उनका अनुसार, गलत ईस्टिमेट र मूल्यांकन प्रतिवेदन तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने नगराउने, आवश्यक भन्दा धेरै सामाग्रीहरू खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिमा कार्यविधि पालना नगर्ने, समितिवाट गरिने निर्माण कार्यमा सरोकार नदेखिने व्यक्ति समितिको सदस्य हुने, समितिले जिम्मा लिएको काम अर्को पार्टी वा निकाय वा व्यक्तिलाई दिने÷ गराउने जस्ता गुनासासहितको उजुरी पर्ने गरेको छ ।

प्रशासनिक कार्यमा कर्मचारी नियुक्तिमा मिलेमतो, नजिकका र आफन्तलाई विना प्रतिस्पर्धा नियुक्ति दिईने, निर्णय प्रक्रियामा सहभागी नगराउने, सहभागीता, समन्वय, सञ्चार र सार्वजनिकीकरण नगर्ने तथा तालिम र क्षमता विकास सम्वन्धमा कार्यविधि पालना नगर्ने, ज्येष्ठता, योग्यता र क्षमताको आँकलन र आधारविना अपारदर्शी तरिकाले क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, सेवा प्रवाहमा टोकन प्रणाली वा समताको आधारमा सेवा प्रवाह नगर्ने, नागरिक सेवा बडापत्र, नियम, कानुन र कार्यविधिको पालना नगर्ने गरेको गुनासो र कारणसहित अख्तियारमा उजुरी पर्ने गरेका छन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव टीकाराम पाण्डेले स्थानीय तहले स्थानीय माग र आवश्यकताको आधारमा बजेट तथा कार्यक्रम तर्जुमा लगायत योजनाको पहिचान, छनौट, कार्यान्वयन र अनुगमनका समबन्धमा स्पष्ट कानून÷कार्यविधि बनाई कार्य गर्ने गराउनेलगायत सुझाव कार्यान्वयनमा ल्याउन केन्द्रित हुनुपर्ने बताए । उनले सार्वजनिक खरिद ऐन÷नियमसँग सामञ्जय हुने गरी सबै स्थानीय तहले लगात अनुमान र स्फेसिफिकेसन, म्याद थप र भेरिएसन स्वीकृत लगायतका विषय व्यवस्थापनका लागि खरिद नियमावली तयार गरी सोही अनुसार मात्र कार्य गर्ने गराउने काममा स्थानीय तह लाग्नुपर्ने सुझाव आएको जानकारी गराए ।

करारमा कर्मचारी राख्ने प्रकृयालाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ र योग्यता प्रणालीमा आधारित बनाउन करारमा कर्मचारी भर्ना सम्बन्धी कार्यविधि÷मापदण्ड बनाएर लागू गर्ने, विभिन्न योजना वा ठेक्काहरुमा भेरिएसन आदेश स्वीकृत गर्दा प्रचलित कानूनको परिपालना गर्ने गराउने गरी प्रत्येक योजना वा ठेक्काको लागि छुट्टाछुट्टै भेरिएसन आदेश स्वीकृत गर्ने गराउने सुझाव स्थानीय तहका लागि रहेको बताए ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था (बजेटमा पुँजीगत खर्चको रुपमा विनियोजन भएको रकम चालुमा रकमान्तर गर्न नपाइने) र स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था (कार्यपालिकाले वार्षिक बजेटको अधीनमा रही कुनै शीर्षकबाट पुँजीगत शीर्षकमा पच्चिस प्रतिशतमा नबढाई रकमान्तर गर्न सक्ने) पूर्ण रुपमा कार्यान्वयन गर्ने सुझाव रहेको बताए ।

आयोजित कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख, प्रतिनिधि, कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले विद्यमान अवस्थामा कार्यसम्पादन गर्दा भोग्नु परेका समस्या र समाधानका लागि सुझाव समेत दिए ।
अख्तियारले गर्दै आएको र सम्पादित कामको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट सहसचिव टीकाराम पाण्डे र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको तर्फबाट कार्यालय प्रमुख अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?