ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सुनौलो १००० दिनः आमा र बच्चाको लागि बिशेष दिन

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर दुई बर्षको हुँदाको बेलासम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ । गर्भको अवधि २७० दिन र जन्म पश्चात दुई बर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ । बच्चाको मानसिक विकास दुई बर्षको उमेरसम्म ८० प्रतिशतले बृद्धि विकास हुुनेहुँदा गर्भ रहेदेखि बच्चाको उमेर दुई बर्षभित्र आमा र बच्चा दुबैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ । जसमा गर्भमा ५० प्रतिसतले र जन्मपश्चात दुई बर्षभित्र ३० प्रतिशत गरि दुई बर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक बृद्धि र विकास हुन्छ । त्यसैकारणले यो समय अवधिमा आमाहरूको खानपान सम्बन्धमा अत्यन्तै ध्यान दिनुपर्दछ । यस बेलामा हरेक बार खाना चार भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा बिशेष जोड दिनुपर्दछ । गर्भवतीको बेलामा गर्नुपर्ने स्वास्थ्य जाँचलाई पनि धेरै ध्यान दिनु जरुरी छ ।

१. १२ हप्तामा पहिलोपटकको अनिवार्य जाँच ।
२. १६ हप्तामा दोश्रो पटकको जाँच ।
३. २० देखि २४ हप्तामा तेश्रो पटकको जाँच ।
४. २८ हप्तामा चौथो पटकको जाँच ।
५. ३२ हप्तामा पाँचौं पटकको जाँच ।
६. ३४ हप्तामा छैंठौं पटकको जाँच ।
७. ३६ हप्तामा सातौं पटकको जाँच ।
८. ३८ देखि ४० हप्तामा आठौं पटकको जाँच ।

हरेक बार खाना ४ भनेको के हो ?

१.अन्न २. गेडागुडी ३. घीउ, तेल, माछा मासु र अण्डा ४. फलफूल, सागपात र तरकारी आदी ।

आमाहरूले खानाखाने तरिका कस्तो हुनुपर्दछ ?
बिहान खाजा, १ गिलास दुध र अण्डा ।
बिहानको खाना दालभात, तरकारी आवश्यकता अनुसार ।
दिउँसो बिभिन्न किसिमका फलफूल र तरल पदार्थ ।
दिउँसोको खाजा रोटी गेडागुडी ।
बेलुकीको खाना दालभात तरकारी आवश्यकता अनुसार मासु ।
मौसम अनुसारका फलफूल आवस्यकता अनुसार ।
आराम तथा नियमित ब्यायाम र सरसफाई गर्ने ।
लगाउने पोशाकमा समेत ध्यान दिने गर्नुपर्दछ ।

गर्भवतीले साबिकभन्दा थप एकपटक बढी खाना खानुपर्दछ । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साबिक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्दछ । र, सुत्केरी र स्तनपान गराएकी महिलालाई साबिक खानाको साथै थप दुईपटक पोसिलो खानाहरू खुवाउनु पर्दछ । सामान्यतया एक सुत्केरी महिलाबाट दिनमा झण्डै ८ सय ५० मिलिलिटर दुध बच्चालाई निस्कने हुँदा आमालाई बिशेषगरी पोषणयुक्त खानामा ध्यान दिनु आवश्यक देखिन्छ ।

सुत्केरी महिलालाई बिशेषगरीः ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला जस्तै : मेथी, गुद, काजु, बदाम, छोडा, बत्तिसा, मिश्री, सख्खर आदी खुवाउनु पर्दछ ।

बच्चाको लागि बालभिटा : ६ महिनादेखि दुई बर्षसम्मका बच्चालाई बाल भिटा दिईन्छ । खानामा मिसाएर खुवाईन्छ । बालभिटामा आईरन र भिटामिनको मिश्रण हुन्छ । बालभिटा १५ प्रकारका भिटामिनबाट तयार पारिएको हुन्छ । त्यसैले हरेक स्वास्थ्य संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत बितरण गरिएको बालभिटा सबै आमा बाबाहरूले आफ्ना बालबालिकालाई अनिवार्य खुवाउनु पर्दछ ।

सर्बोत्तम पिठोः दुई भाग अन्न दुईथरीका र दुई भाग गेडागुडी आधाआधा गरी मिसाई राम्रोसंग भुटेर मसिनो गराई पिँदेर तयार पारी सफा भाँडोमा राखेर तयार गरिएको सर्बोत्तम पिठो बच्चाहरूको लागि अत्यन्तै पोसिलो र स्वास्थ्यबद्र्धक मानिन्छ । त्यसैले हरेक आमाबाबाले आफ्नो बच्चालाई अनिवार्य रूपमा खुवाउनु पर्दछ ।

स्वास्थ्य संस्थाबाट दिईने सेबालाई अनिबार्य उपयोग गर्ने :
बच्चा जन्माउने योजनामा भएका दम्पतिले बच्चा राख्ने तिन महिना समय अवधि अगावै डाक्टर वा स्वास्थ्यकर्मीसंग भेटगरी फोलिक एसिड भन्ने एउटा महत्वपूर्ण औषधि नियमित रूपमा खान सुरु गर्ने र मासिकश्राब रोकिएको दिनदेखि ९० दिन पूरा भईसकेपछि १ डोज जुकाको औषधि Albendazole 400 mg खुवाउने । दुई डोज टी डी खोप पहिलोपटकको गर्भवतीलाई १/१ महिनाको फरकमा लगाउने । दोश्रो पटकको गर्भवतीमा १ डोजमात्र टि डी खोप लगाउने । आईरन र क्याल्सियम दिनको १/१ गोलीका दरले गर्भावस्थामा १८० गोली र जन्मपश्चात ४५ दिनसम्म ४५ गोली गरी २२५ वटा आईरन र २२५ वटा क्याल्सियम खुवाउने । ४२ दिनभित्र भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । र, घरका सम्पूर्ण सदस्यहरूले गर्भबती अवस्थाका आमाहरूलाई बिशेष स्याहार र सहयोग पु¥याउनु अनिवार्य हुन्छ । अनिमात्र सुुखी र खुसी परिवार बन्द ठूलो सहयोग पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?